सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
भारतको केरलामा त्यहाँका स्वास्थ्यकर्मीहरूले केन्द्र सरकारबाट प्राप्त ७३,३८,८०६ डोज खोपलाई ७४,२४,१६४ जनालाई दिएर रिकर्ड नै बनाएका छन् । त्यसलाई लिएर त्यहाँको राज्य सरकारले मात्र नभई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत स्वास्थ्यकर्मीहरूको कुशलताको प्रशंसा गरेका छन् । त्यसको निम्ति त्यहाँका स्वास्थ्यकर्मी र नर्सहरूले डोजमा कमी गरेका भने थिएनन् । पाँच एमएलको हरेक शीशीमा खोपको दस डोज हुने गर्छ । त्यसको अर्थ एक शीशीबाट १० जनालाई खोप दिन सकिने हुन्छ । खोप दिने क्रममा खोपको मात्रामा कमी नहोस् भनी खोप निर्माता कम्पनीहरूले ०.५५ देखि ०.६ एमएल औषधि बढी हालिदिएको हुन्छ । एक शीशीको खोप एकैपटक दिने बेलामा ११ वा १२ जनासम्मलाई खोप दिन सकिने बताइएको छ । एउटा योजनावद्ध र व्यवस्थित खोप योजनामार्फत बढीभन्दा बढीलाई खोप दिने उद्देश्यले त्यहाँ त्यसो गरिएको बताइएको छ ।
आज हाम्रो देश नेपालले पनि निकै कम मात्रामा मात्र खोप प्राप्त गरिरहेको छ । आउँदा दिनमा पनि नेपालले एकैपटक पर्याप्त खोप पाउने अवस्था छैन । त्यसैले सीमित मात्रामा प्राप्त हुने खोपको पनि अधिकतम उपयोग गर्नेमा केरलाबाट हामीले पनि सिक्ने कि ?
Leave a Reply