जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरूप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरूपको भाइरसलाई ट्रयाक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नको लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ ।
सोमबार, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले भाइरसको प्रारम्भिक अनुसन्धानको आधारमा यस नयाँ स्वरूपलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । यस भाइरसको नयाँ स्वरूपलाई डब्लूएचओले पहिला अन्य मुलुकमा समेत फैलिएका बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका नयाँ स्वरूपको भाइरसकै कोटीमा राखेर अनुसन्धान अघि बढाएको छ ।
“हामीलाई यो भाइरसको नयाँ भेरिएन्टका बारेमा धेरैभन्दा धेरै जानकारी चाहिएको छ,” डब्लूएचओकी विज्ञ मारिआ भान कर्खोभले बताउनुभयो । “हामीले थप अनुक्रमित (सिक्वेन्सिङ) गर्नु जरूरी छ र यसलाई भारत एवं अन्य मुलुकका विवरणसँग भिडाउनुपर्दछ ताकि यसबाट यो भाइरस कति फैलिएको छ भन्ने थाहा पाउन मद्दत पुगोस् ।”
भाइरसको स्वभाव नै निरन्तर रूप परिवर्तन गरिरहनु हो, र बढ्दो सङ्क्रमण वा फैलावटले नयाँ नयाँ स्वरूपमा रूपान्तरण हुन मद्दत गर्दछ ।
भाइरसले नयाँ स्वरूप धारण गरे वा नगरेका बारेमा भारतमा भाइरसको आनुवंशिक अनुगमन सुरू गर्न ढिलो भइरहेको थियो । अर्थात् यो कोरोनाभाइरस कति सङ्क्रामक वा घातक हुँदै छ भन्ने बुझ्ने प्रयास भएको देखिन्न ।
यी नयाँ स्वरूपमा बदलिएका (म्युटेड) कोरोना भाइरसका भेरिएन्टका भिन्नता वा विशेषतालाई अनुगमन गर्न जरूरी हुन्छ किनकि नयाँ स्वरूपमा बदलिएका भाइरसले मानिसको प्रतिरक्षा प्रणालीलाई बढी क्षति गर्ने, पुनः सङ्क्रमित गर्ने वा खोपहरू कम प्रभावकारी बनाउने सम्भावना हुन्छ । अहिलेको लागि डब्लूएचओले के कुरामा जोड दिएको छ भने कोभिड–१९ का खोपहरू नयाँ भेरिएन्टबाट सङ्क्रमित व्यक्तिलाई पनि रोगबाट रोकथाम गर्न र मृत्युबाट बचाउन प्रभावकारी छ ।
भारतीय वैज्ञानिकहरूको भनाइमा उनीहरूका काममा प्रशासनतन्त्रले उत्पन्न गराएको अवरोध र सरकारी निकायहरूबाट महत्वपूर्ण तथ्याङ्कहरू उपलब्ध गराउन भइरहेको हिच्किचाहट चुनौतीपूर्ण छ । भारतले कूल सङ्क्रमितको करिब १ प्रतिशत तथ्याङ्कमात्र सिक्वेन्सिङ गरिरहेको छ र कोरोना भाइरस जिनोमको विश्व डेटाबेसमा यस सिक्वेन्सिङको नतिजा पनि सबै राखेको छैन ।
सिक्वेन्सिङ पर्याप्त नभएको अवस्थामा त्यहाँ प्रशस्त छिद्रहरू हुन्छन् र त्यसकारण भाइरसका अझ चिन्ताजनक नयाँ स्वरूप (म्युटेसन) त्यतिकै फैलिदै जान्छन्, एमआईटी र हार्बर्ड विश्वविद्यालयकी अनुसन्धाता अलिना चान बताउनुहुन्छ ।
क्याम्ब्रिज विश्वविद्यालयमा क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवीन्द्र गुप्ता भन्नुहुन्छ, “यसमा भाइरसका सबै विशेषताहरू अन्तरनिहीत छन् र यसबाट हामी पक्कै चिन्तित हुनुपर्दछ ।”
गत वर्ष तटीय महाराष्ट्र राज्यमा पहिलोपटक फेला परेको नयाँ संस्करणको कोरोनाभाइरस सर्भे गरिएका २७ राज्यमध्ये १९ मा फेला परेको छ । यसैबीच, बेलायतमा पहिलोपटक फेला परेको एउटा भेरिएन्ट भने ४५ दिनभित्र भारतमा घट्दोक्रममा देखिएको छ ।
भारतीय स्वास्थ्य अधिकारीहरूले कोभिड–१९ तीव्र गतिमा फैलिनुमा नयाँ भेरिएन्टमात्र जिम्मेवार रहेको भनिहाल्न नहुने भन्दै सावधान गराएका छन् । विज्ञहरूले धार्मिक सभा–समारोह र राजनीतिक दलका भिडभाडयुक्त चुनावी सभाका कारण पनि कोरोनाभाइरस तीव्र गतिमा फैलिएको औँल्याएका छन् ।
भेल्लोरस्थित क्रिस्चियन मेडिकल स्कुलका सूक्ष्मजीव अध्ययन गर्ने डा गङ्गादीप काङले पहिल्यै कोभिड–१९ सङ्क्रमित भएका व्यक्तिलाई नयाँ भेरिएन्टले पुनः सङ्क्रमित बनाइरहेको छ वा छैन भन्ने अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “यस बारेमा मानिसले किन त्यति महत्व दिइरहेका छैनन् भन्ने मैले बुझ्न सकेको छैन ।”
भारतमा सिक्वेन्सिङका प्रयत्नहरू अस्तव्यस्त हुने गरेका छन् । चानको भनाइमा भारतबाट जिसेडमा प्रतिएक हजार सङ्क्रमितमध्ये ०.४९ सिक्वेन्समात्र अपलोड गर्ने गरिएको छ । संयुक्त राज्य अमेरिकामा प्रति एक हजारमा करिब १० अपलोड हुने गरेको छ जबकि बेलायतले प्रति एक हजारमा ८२ सिक्वेन्स अपलोड हुने गरेको छ ।
अघिल्लो वर्ष भारतीय सरकारी संस्थाहरूलाई सम्भव भएसम्म देशभित्रै उत्पादित वस्तु खरिद गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आदेश दिनुभएको थियो । यो असम्भव प्रमाणित भयो, किनभने सिक्वेन्सिङसँग सम्बन्धित सबै सामान विदेशबाटै आयात गर्नुपर्ने थियो, जसका कारण धेरै कागजी प्रक्रियामा जानु परेको थियो, जेनोमिक्स तथा इन्टिग्रेटिभ बायोलोजीका निर्देशक अनुराग अग्रवालले बताउनुभयो ।
Leave a Reply