सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
नेपालमा बिहीबारसम्म कोभिड–१९ बाट कुल सङ्क्रमित ४,२२,३४९ र मृत्यु ४२५२ पुग्यो । यसमध्ये काठमाडौँ उपत्यकामा कुल सङ्क्रमित १,९४,४७६ र मृत्यु १४१३ पुग्यो । बाक्लो जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा कुल सङ्क्रमित र मृत्यु सङ्ख्या नेपालकै आधाआधीमा छ । तर, यहाँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, शुक्रराज सरुवा रोग केन्द्र, भक्तपुर अस्पताललगायतमा बिरामीलाई आवश्यक अक्सिजन आपूर्ति भइरहेको छैन । राजधानीबाहिर बाँके, भैरहवा, रूपन्देहीलगायतका अस्पतालहरूमा पनि अक्सिजनको अभाव छ ।
सीसीएमसीले निर्धारण गरेअनुसारको अक्सिजन अस्पतालमा उपलब्ध छैन । भक्तपुर अस्पतालका चिकित्सकहरूले सीसीएमसीबाट तोकिएको अक्सिजन कोटा प्राप्त नहुँदा आईसीयूका बिरामीलाई बचाउनै मुश्किल भएको बताउँदै छन् ।
बुधबार सीसीएमसीले केही अस्पताललाई तोकेको कोटा र सीसीएमसीद्वारा उपलब्ध अक्सिजन सिलिन्डरको तथ्याङ्क यस्तो छ – वीर अस्पताललाई ३०० अक्सिजन सिलिन्डर आवश्यक थियो । त्यहाँ आफ्नै प्लान्टको १५० र आपूर्ति ३० सिलिन्डरमात्र उपलब्ध भयो । त्रिवि शिक्षण अस्पताललाई अक्सिजन ३०० सिलिन्डर आवश्यक थियो । तर, सीसीएमसीले निर्धारण गरेको १५० सिलिन्डरमध्ये आपूर्ति १०० मात्रै भयो । सिभिल अस्पताललाई अक्सिजन १०० सिलिन्डर आवश्यक थियो । तर, सीसीएमसीले ६० सिलिन्डरमात्र निर्धारण ग¥यो भने आपूर्ति ३० सिलिन्डरमात्र भयो । नेपाल प्रहरीको अस्पताललाई अक्सिजन ३०० सिलिन्डर आवश्यक थियो, तर सीसीएमसीले १०० सिलिन्डरमात्र निर्धारण ग¥यो भने आपूर्ति आफ्नै प्लान्टबाट ८० र आपूर्ति ७० मात्र भयो । भक्तपुर अस्पताललाई अक्सिजन २०० सिलिन्डर आवश्यक थियो । तर, सीसीएमसीले ५० सिलिण्डरमात्र निर्धारण ग¥यो भने आपूर्ति शून्य भयो । राष्ट्रिय आयुर्वेदिक अस्पताललाई अक्सिजन १०० सिलिन्डर आवश्यक थियो । तर, सीसीएमसीले २५ सिलिन्डरमात्र निर्धारण ग¥यो भने आपूर्ति २५ नै भयो । सीसीएमसीले अस्पतालमा सङ्क्रमितको आवश्यकतानुसार अक्सिजन उपलब्ध गराएन ।
अक्सिजनको अभावमा देशैभरिका अस्पतालले बिरामीका आफन्तलाई ‘अक्सिजन अभावमा बिरामी मृत्यु भएमा अस्पताल जवाफदेही नहुने’ व्यहोरामा औँठाछाप लगाउन लगाई उपचार गर्दै छन् । महामारीको बेला सरकारको उपस्थिति नभएको हो । सरकारमा भएका र अब सरकारमा जाने तयारी गरिरहेका सत्ता पक्ष र प्रतिपक्षका पार्टी नेताहरू कुर्सी हत्याउने दाउपेचमा छन् । तर, ‘स्थायी सरकार’ का सचिव, विभागीय प्रमुख र सम्बन्धित अधिकारीहरू के गर्दै छन् ? उनीहरूले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी अस्पतालहरूमा समयमै अक्सिजन र अन्य स्वास्थ्य सामग्री पु¥याउन जरुरी छ । अक्सिजन अभावमा बिरामी मृत्यु हुँदा पनि सरकारी अधिकारीहरूले आपूर्ति सहज नगर्नु निन्दनीय हो ।
यो स्थितिमा सुधार नभएमा नेपालमा आगामी भदौको मध्यसम्म मृत्यु सङ्ख्या ४२ हजार पुग्ने अनुमान गरिएको छ । बुधबारसम्म कुल मृत्यु ४,२५५ र सक्रिय सङ्क्रमित १ लाख नाघिसक्यो । घरमा अलग बसेका ९४ हजार सङ्क्रमितबाट परिवार र छिमेकीलाई सर्ने सम्भावना बढ्दो छ । किनभने, बाक्लो बस्तीका सङ्क्रमितहरूको घरमा अलग अलग कोठा र शौचालयको व्यवस्था थोरैको मात्र छ ।
यतिबेला एक करोड ९० लाखभन्दा बढी नेपालीले कोभिड–१९ रोकथाम खोप पाएका छैनन् । भारतबाट प्राप्त कोभिशिल्डको दोस्रो खोप निषेधाज्ञाको निहुँमा सर्वसाधारण जनतालाई सरकारले दिइरहेको छैन ।
६० देखि ६५ वर्षका नेपालीलाई खोप सुरु नै गरिएको छैन । सरकारसँग भण्डारणमा भएको खोप लगाउन बाँकी नेपालीलाई दिनेतर्फ ‘स्थायी सरकार’ का अधिकारीहरू जिम्मेवार भएर लाग्नु जरुरी छ । सङ्क्रमितहरू अक्सिजन र स्वास्थ्य सामग्री अभावमा मृत्यु भएमा ‘स्थायी सरकार’ का अधिकारीहरू जिम्मेवार हुनेछन् । ‘स्थायी सरकार’ दाबी गरेका अधिकारीहरूले काठमाडौँको राष्ट्रियस्तरका सरकारी अस्पताल र प्रदेशस्तरका अस्पतालहरूमा धेरै अगाडि नै अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने थियो । त्यति पनि सोचेर काम गर्न नसकेकाहरूले ‘स्थायी सरकार’ को दाबी गर्नु झूट हो ।
Leave a Reply