छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान
- कार्तिक ७, २०८३
स्वास्थ्य, शिक्षा र सम्पदा क्षेत्रमा उपलब्धि भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिकामा हालका जनप्रतिनिधिहरूले पद बहाली गरेको चार वर्ष पूरा भएको अवसरमा शुक्रबार अनलाइन गोष्ठी भयो । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी अनलाइनमार्फत भएको गोष्ठीमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले चार वर्षको अवधिमा नगरपालिकाले हासिल गरेको उपलब्धिको चर्चा गर्नुभएको थियो ।
पदावधिको ८० प्रतिशत समय व्यतित भएको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले निर्वाचनको बेला नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमार्फत जनतालाई दिएको वचन पूरा गर्दै नगर र नगरवासीको हितमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले विशेषतः कोभिड–१९ महामारीको क्रममा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य, कोभिड नियन्त्रण र रोकथामको लागि गरेका प्रयास र हासिल गरेका उपलब्धिबारे चर्चा गर्नुभयो ।
“कोरोनाबाट जनता प्रभावित हुनथालेपछि सुरुकै समयमा भक्तपुर नगरपालिकाले ७५ शøयाको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरेको थियो । घरमा एकान्तवास बस्न नमिल्ने नगरवासीहरूका लागि उचित वातावरणसहित आइसोलेसन केन्द्रको व्यवस्था र विदेशबाट आएकाहरूको लागि घर वा होटल क्वारेन्टिनको व्यवस्था गरी जनतालाई रोग सङ्क्रमण हुनबाट बचाउने प्रयास गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।
जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै दैनिक माइकिङ, टोल—टोलमा साबुन पानीले हात धुने व्यवस्था, विशेष टोलीद्वारा फोहर सङ्कलनको व्यवस्था, आवश्यक स्वास्थ्य परामर्शको लागि चिकित्सकहरूको नाम सार्वजनिक गर्दै जनतालाई सक्दो सहजता प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो ।
“जनजीवन सामान्य अवस्थामा फर्किन नपाउँदै पुनः कोरोनाको दोस्रो लहरबाट हामी नराम्ररी प्रभावित भयौँ । विभिन्न ठाउँमा कोभिडको दोस्रो लहरको प्रहारसँगै भक्तपुरवासीहरूको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले ५० बेडको आइसोलेसन र २५ शøयाको एचडीयू (आइसीयूभन्दा कम र सामान्य भन्दा माथिको सेवा) सञ्चालनको तयारी ग¥यौँ । २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्यायौँ, जुन अहिले नगरवासीहरूको लागि ठुलो राहत भएको छ”, उहाँले भन्नुभयो ।
देशभर बढ्दो अक्सिजनको अभावबीच भक्तपुर नपाले नगरवासीलाई सहज स्वास्थ्योपचारको निम्ति गरिरहेको पहलबारे नगर प्रमुख प्रजापतिले भन्नुभयो, “अक्सिजन दिनुपर्ने सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारसँग अक्सिजनको लागि बारम्बार आग्रह ग¥यौँ । २०७८ वैशाख २७ गतेदेखि दैनिक ३० सिलिन्डर र वैशाख २८ गतेदेखि दैनिक ८० सिलिन्डर अक्सिजन ग्यास ख्वप अस्पतालको लागि प्रदान गर्ने सीसीएमसीले निर्णय ग¥यो । हाम्रो निम्ति त्यो निकै खुसीको कुरा हो । तर, त्यो निर्णयअनुसार हामीले कहिल्यै अक्सिजन पाएनौँ । १०–२० सिलिन्डर अक्सिजनले मात्रै हाम्रा नगरवासीहरूलाई बचाउन मुस्किल हुने देखिएपछि हामीले विभिन्न कम्पनीहरूमार्फत आपूर्ति व्यवस्था मिलाउँदै आएका छौँ ।
उहाँले भन्नुभयो, “अक्सिजनको सहज आपूर्ति नहुने, अक्सिजनविना बिरामीहरूलाई बचाउन नसकिने, निजी र सरकारी अस्पतालमा आईसीयूको खोजीमै बिरामीको ज्यान गइरहेको स्थितिलाई ध्यानमा राखेर भक्तपुर नगरपालिका ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा पुगेको छ र सो प्लान्ट राख्ने प्रक्रिया अगाडि बढाइएको छ ।”
२०७२ सालको भूकम्पपश्चात् भक्तपुर नगरपालिकाले सम्पदा पुनः निर्माण र संरक्षणको क्षेत्रमा हासिल गरेका उपलब्धिबारे उहाँले भन्नुभयो, “२०७२ सालको भूकम्पले भक्तपुर नराम्ररी प्रभावित भएको थियो । १२० भन्दा बढी सम्पदामा आंशिक र पूर्ण क्षति भएको थियो भने ८ हजारभन्दा बढी घर आंशिक र पूर्ण क्षति भएको थियो । हामी निर्वाचित भएर नगरपालिकामा बहाली हुँदा पुनःनिर्माणको ठुलो चुनौती हाम्रोसामु थियो । त्यसलाई ध्यानमा राखेर नगरपालिकाले सम्पदा र निजी घर पुनःनिर्माणलाई जोड दिँदै आएको छ । हालसम्ममा २३ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्योछेँ, ३ वटा प्रवेशद्वार, ८ वटा पोखरी, ७ वटा इनार, ८ वटा सत्तल, ७ वटा ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा गरी कुल १०८ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदाहरू जीर्णोद्धारको क्रममा छन् । भूकम्पबाट क्षतिग्रस्त निजी घरहरूमध्ये लाभग्राही सूचीमा सूचिकृत झन्डै ४० प्रतिशत घरहरूको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाँकी निर्माणाधीन अवस्थामा छन् ।”
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “चालू आर्थिक वर्ष २०७७÷७८ को पूरै अवधि कोभिड महामारीकै बीच बित्यो । यो वर्ष नगरपालिकाको आन्तरिक र बाह्य स्रोतबाट गरी ८० वटा योजनाहरू सञ्चालनमा रहेकोमा १८ वटा योजनाहरू सम्पन्न भएका छन् भने ६२ वटा योजनाहरू चालू अवस्थामा छन् । यही आ.व.मा विश्व प्रसिद्ध ङातापोल्हँ मन्दिर जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भार्वाचोदेखि च्याम्हासिंहसम्मको भक्तपुरको मूल सडकमा ढुङ्गा छपाइ कार्य, भक्तपुर नपा ४ स्थित चपाल भैरव द्यो छेँ पुनः निर्माण, भक्तपुर ५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा ६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा ७ स्थित गय् भिंद्यो पुल र हनुमानघाटस्थित छिपा ताँको पुनः निर्माण, सडक बत्तीको व्यवस्थालगायतका कार्यहरू सम्पन्न भएका छन् । साथै अन्य धेरै सम्पदाहरूको पुनःनिर्माण एवम् जीर्णोद्धार कार्य भइरहेको छ ।”
“कोभिडको प्रभाव कम भई जनजीवन सामान्य अवस्थामा पुगेको बेला नगरपालिकाको आयोजनामा अन्तर नगर खेलकुदलाई निरन्तरता दिँदै २०७७ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न सफल भयौँ । देशका २२ वटा नगरपालिकाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । सोही अवसरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा ५९ वटा विद्यालयका १,८१८ खेलाडीहरूले सहभागिता जनाएका थिए ।” उहाँले भन्नुभयो ।
शिक्षा क्षेत्रमा भक्तपुर नपाले हासिल गरेको उपलब्धिबारे उहाँले भन्नुभयो, “कोभिडको कारण शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भयो । भौतिक उपस्थितिमा कक्षा सञ्चालन सम्भव नभएको बेला अनलाइनमार्फत कक्षा सञ्चालनमा जोड दिएका छौँ । विद्यार्थीहरूको शैक्षिक स्तर खस्कन नदिन विभिन्न वैकल्पिक विधिद्वारा कक्षा सञ्चालनको व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूलाई आग्रह गर्दै आएका छौँ । एसईई परीक्षालाई ध्यानमा राखी भर्चुअल कक्षालाई निरन्तरता दिँदै आएका छौँ । कक्षा ८ को परीक्षासम्बन्धी सरोकारवालाहरूबीच छलफल अगाडि बढाएका छौँ । उच्च शिक्षा हासिल गर्न चाहने गरिब विद्यार्थीहरूमध्ये यो वर्ष ११९ जना विद्यार्थीहरूका लागि प्रतिविद्यार्थी रु. ५ लाखसम्मको शैक्षिक ऋण स्वीकृति भएको जानकारी गराउन चाहन्छौँ । विद्यार्थीहरूलाई स्थानीय विषयवस्तुबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमध्ये ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित कलेजहरूमध्ये उत्कृष्ट घोषित भएको छ । यो हामी सबैको निम्ति खुसीको कुरा हो ।”
कार्यक्रममा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply