भर्खरै :

शीतलनिवासमा त गाईजात्रै भयो

प्रधानमन्त्री बन्ने होडमा शीतलनिवास राष्ट्रपति भवनमा गाईजात्रा नै भयो । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार केपी ओली र शेरबहादुर देउवा दुवै जना बहुमत सांसदहरूको हस्ताक्षरसहित शीतलनिवासमा पुगे । केपी ओलीको दाबीअनुसार आफ्नो पक्षमा १५३ जना र देउवाको दाबीअनुसार आफ्नो पक्षमा १४९ जना सांसदहरू रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार संसद्मा २७५ जना सांसदहरूको बन्दोबस्त छ । को कहाँ लागेका कारण अहिले संसद्मा २७१ जना सांसदहरू छन् । तर, प्रमको निम्ति ओली र देउवाले दाबी गरेअनुसार सांसदहरूको सङ्ख्या ३०२ पुगेको छ । यसबाहेक अरु दलका सांसदहरू त बाँकी नै छन् ।
आफूले राष्ट्रपतिसमक्ष लगेका सांसदहरूको हस्ताक्षरसहितको नामावली कुन नेताले नक्कली पेश गरे भन्ने कुरा जताततै चर्चाको विषय बनेको छ । सांसदहरूको नक्कली हस्ताक्षर नेता केपी ओलीले पेश गरेका हुन् या अर्का नेता देउवाले लगेका हुन् ? समयले छिनोफानो गर्नेछ । ओली पक्षको दाबी छ, एमालेको १२१ र जसपाको ३२ गरी १५३ आफ्नो पक्षमा छ । देउवा पक्षको दाबी छ, नेका, एमाओवादी केन्द्र, जसपा, एमालेका माधवकुमार नेपाल पक्षधरको गरी १४९ सांसदहरू आफ्नो पक्षमा छन् । प्रम ओलीले राजीनामा दिएका छैनन् । उनले राजीनामा दिन नपर्ने बताएका छन् । तर, राजीनामा नदिंदै नयाँ प्रम कसरी बन्छन् ? कहीं नभएको जात्रा राष्ट्रपतिको भवनमा देखिएको छ । सरकारी पक्ष र प्रमुख प्रतिपक्षले बहुमत पु¥याउन नसकेर अल्पमतको सरकार बनिरहेको देशमा दुवै नेताले बहुमत पु¥याएर कस्तो राजनीति गर्न लागेका हुन् ? यसमा सत्तापक्षका नेता ओली गिर्ने हुन् वा प्रमुख विपक्षी नेता देउवा गिर्ने हुन् ? सरकारको नेतृत्व गर्ने नाममा नक्कली काम गरेर आफ्नो इज्जत र प्रतिष्ठामा दाग पु¥याउने काम गर्ने ?
दुवै पक्षको बहुमत कसरी पुग्छ ? आफ्नो पक्षको भनेर सांसदहरूको नामावलीको सूची लगेर पनि कहिल्यै आधिकारिक हुन्छ ? आधिकारिकताको निम्ति राष्ट्रपति भण्डारीले कानुनविज्ञहरूसँग परामर्श गर्ने बताएकी छिन् । आधिकारिकता पाउनको लागि सांसदहरू आफै राष्ट्रपति कार्यालय पुगेर हस्ताक्षर गरेर समस्या समाधान गर्ने पो हो कि ! प्रम बन्न दुवै पक्षले आधिकारिकता पाउने छैन । यसमा सांसद सङ्ख्या कुन पक्षको बढी र कमको होइन । बहुमत पु¥याउन सांसद सङ्ख्या १३६ भए पुग्छ । प्रम बन्ने नाउँमा सरकार र दलको नेतृत्व बोकेका जिम्मेवार नेताहरूले यसरी केटाकेटी पारामा प्रदर्शन गर्नु ठीक होइन । जिम्मेवार नेताहरूको यो के चाला हो ? यस्ता नेताहरूको भरमा पनि सुखी नेपाली समृद्ध नेपाल हुन्छ ? हस्ताक्षरसहितको सांसदको नामावली पेश गरेर नेताहरूले कस्तो बहादुरी देखाउन खोजेका हुन् ? यो लाजमर्दाे दृश्य भएन र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *