भर्खरै :

इजरायललाई संरा अमेरिकाको समर्थनले कसरी प्यालेस्टिनी अस्तित्व मेटिँदै छ ?

इजरायलद्वारा गाजा क्षेत्रमा नरसंहार भइरहेको परिप्रेक्ष्यमा युद्धविरामको समाचारलाई स्वागत गर्नैपर्छ । मे १० देखि हामीले उक्त भयानक आक्रमण देखिरहेका थियौँ । इतिहासको आधारमा भन्न सक्छौँ, रक्तरञ्जित गतिविधि छोटो अवधिको लागि मात्र रोकिएको हो, यसभन्दा पहिलेका युद्धविरामहरूझैँ यो पनि तोडिनेछ ।
मे २, २०२१ का दिन इजरायलको जेरूसेलम जिल्ला अदालतले १७ बालबालिकासहित ५८ जना मानिस रहेका १३ प्यालेस्टिनी परिवारलाई जेरूसेलमको नजिकै रहेको ऐतिहासिक बस्ती शेख जर्राबाट विस्थापित गर्ने फैसला ग¥यो । शेख जर्रामा इजरायलले यहुदी आप्रवासीहरूको लागि बस्ती विस्तार गरिरहेको छ । ती प्यालेस्टिनी परिवारले इजरायली सरकार र अदालतको उक्त फैसलालाई ‘बलपूर्वकको जातीय विस्थापन’ भन्दै दशकौँदेखि विरोध गर्दै आएका थिए । त्यसको एक हप्तापछि नै सेनाबाट सुरक्षा पाएका आप्रवासी यहुदीहरूले अनेक तरिकाले ती प्यालेस्टिनी परिवारलाई दुःख दिने, उनीहरूको घरमा तलासी लिने र हायलकायल पार्ने गतिविधि गरे । त्यसैकारण, ‘शेख जर्रालाई बचाऔँ’ भन्ने आवाज विश्वव्यापीरूपमा उठेको हो । कानुन तोडेर मनपरी गर्ने इजरायलको लगातारको गतिविधिको क्रममा मे १० का दिन अल अक्सा मस्जिदमा हमला गरेर इजरायलले अत्याचारलाई चुचुरोमा पु¥यायो ।
शेख जर्राको प्यालेस्टिनी बस्ती विस्थापनलाई लिएर नै गाजाबाट प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन – हमासले इजरायली सरकारलाई प्रतिरोध गर्ने चेतावनी दिइरहेको थियो । हमासलाई संरा अमेरिकाले आतङ्कवादी सङ्गठनको सूचीमा राखिरहेको छ । तर, त्यसले प्यालेस्टिनी जनताको अधिकार रक्षाको लागि चालिरहेको गतिविधिका कारण हमास प्यालेस्टिनीहरूको माझ लोकप्रिय बन्दै गएको छ । त्यसैले हमासले बलपूर्वकको इजरायली अतिक्रमण अन्त गर्नुपर्ने माग ग¥यो । सोही दिन इजरायलले गाजापट्टिविरुद्ध ‘अपरेसन गार्जियन अफ वाल्स’ सुरु ग¥यो र एक दिनपछि हमासले ‘अपरेसन स्वर्ड अफ जेरूसेलम’ घोषणा ग¥यो ।
यसैबीच, जोर्डन नदी वारपार रहेका र भूमध्यसागर किनारामा रहेका प्यालेस्टिनीहरूको विरोध सुरु भयो, त्यसमाथि इजरायली प्रहरी, विशेष बल र यहुदी आप्रवासीहरू घातक तरिकाले दमनमा उत्रे । दमनका ती तरिकाहरूमा भित्र धातु तर बाहिर रबर कोट गरिएका गोलीहरू, विष्फोटक पदार्थ र ‘स्कुङ्क’ भनिने रासायनिकरूपमा तयार गरिएको ढलको पानीजस्तो पदार्थ प्रयोग गरी प्यालेस्टिनीहरूको स्वामित्वमा रहेको सम्पत्तिको विनाश, प्यालेस्टिनी ज्यानको हताहती गरियो र सयौँ पक्राउ भए ।
मे २५ को घटनामा गाजापट्टिमा २४८, पश्चिम किनारामा २६ जना र इजरायलभित्र एक गरी २७५ जना प्यालेस्टिनी मारिए । गाजापट्टिमा मारिएका २४८ मध्ये ६६ जना बालबालिका थिए र इजरायली आक्रमणमा ६२०० जना अरू घाइते भए । इजरायलतर्फ १३ जनाको मृत्यु भएको जानकारी दिइयो ।
इजरायली आक्रमणमा गाजापट्टिमा प्यालेस्टिनीहरूका घर, व्यापार, सञ्चारगृह र स्वास्थ्य सेवाका पूर्वाधारहरू कुनैलाई पनि छुट्याइएन, सबै ध्वस्त पारिदियो । समग्रमा अहिले गाजापट्टिमा ६ वटा बहुतले भवनका साथ १८ हजार आवासहरू ध्वस्त भएपछि ९१ हजार जनता विस्थापित भएका छन् । तीमध्ये एक बहुतले भवनमा एसोसिएटेड प्रेस र अलजजिराको कार्यालय थियो भने अर्को भवनमा गाजाको लागि कोभिड–१९ को जाँच र खोप कार्यक्रमको कार्यालय थियो ।
संरा अमेरिकाले जारी गर्ने परिचयपत्रको गहिराइको तुलनामा प्यालेस्टिनको अस्तित्वको लागि यो माथिको क्षतिको सङ्क्षिप्त बयान केही पनि होइन । तर, हामीले देखेको यस्तो भयानक हत्याकाण्ड फेरि नहोस् भनी सुनिश्चित गर्न हामीले इजरायली अपराधको पछाडि रहेको अमेरिकी समर्थनको भूमिकालाई अनदेखा गर्न मिल्दैन । इजरायललाई अमेरिकी समर्थन यस नरसंहारपछि पनि टुटेको छैन । संरा अमेरिकाले कूटनीतिक सहयोगको नाममा इजरायललाई वार्षिक ३.८ अर्ब अमेरिकी डलर सहयोग प्रदान गरिरहेको छ ।
सन् २०१४ मा संरा अमेरिकाले इजरायलको रक्षाको लागि २१९ वटा सङ्घीय र राज्य विधेयकहरू पारित गरेको छ र तीमध्ये ५० वटा त अझै पनि कार्यान्वयनमा छन् । तीमध्ये केही विधेयकको माध्यमले संरा अमेरिकाले पहिलोपटक प्यालेस्टिनको समर्थनमा पारित गरेको प्रस्तावलाई पनि संशोधन गरेको छ । अमेरिकी सरकारमात्र होइन व्यापक उद्योगहरू सञ्चालन गर्ने असङ्ख्य अमेरिकी व्यवसायहरू (सार्वजनिक र निजी, चन्दामूलक र नाफामूलक) नगद योगदानको माध्यमले इजरायलको चालु बस्ती विस्तारको उपनिवेशवाद अगाडि बढाइरहेको छ ।
यसकारण, १९८९ मा प्यालेस्टिनमा जन्मेको जो कसैलाई जस्तै मलाई पनि पीडाजनक र आश्चर्य नहुने विषय बनेको छ । संरा अमेरिकाले जारी गरेको मेरो रोजगार अनुमतिपत्रमा ‘१९४८ अगाडिको प्यालेस्टिन’ भनेर उल्लेख गरिएको छ । त्यसको आसय यस्तोलाग्छ त्यसपछिदेखि प्यालेस्टिनको अस्तित्व नै रहेन । मलाई थाहा छ अमेरिकी अनुमतिपत्रमा प्यालेस्टिनीहरूका लागि देशको नाम अरू पनि हुनसक्छ जस्तो कि ‘इजरायल’, ‘जोर्डन’ वा ‘राज्यविहीन’ ।
यो अनुमतिपत्र वा परिचयपत्रजस्तै संरा अमेरिकाको सबै प्रकारको समर्थन र सहयोग इजरायली नीति विस्तारको लागि हो । सरा अमेरिकी विशेष परिचयपत्र प्रणालीले प्यालेस्टिनमा मात्र होइन यहाँ संरा अमेरिकामा पनि प्यालेस्टिनीहरूको परिचय मेट्नमा सक्रिय भूमिका निभाइरहेको छ ।
उत्तिकै महत्वपूर्ण कुरा, हामीले सम्झनैपर्ने तथ्य जब जब पछिल्लो भिडन्तमा उडेको धुलो जमिनमा पर्दै जान्छ, तब प्यालेस्टिनीहरू जबरजस्ती इजरायली सरकारको नीति मातहत चल्न र यहुदी इजरायलीहरूको प्रभुत्व स्वीकार्दै जान बाध्य हुन्छन् । हालैको ‘ ह्युमन राइट’ वाचको प्रतिवेदनले पनि यस तथ्यलाई औँल्याएको छ । यो पनि उत्तिकै सत्य हो कि कथित युद्धविराम लागु भएको एकदिन पछि नै जेरूसेलमको अल अक्सा मस्जिदमा नमाज पढ्न गएका प्यालेस्टिनीमध्ये २० जनालाई इजरायली सेनाले घाइते बनायो । फेरि अर्को दिनदेखि ऐतिहासिक प्यालेस्टिनभित्र रहेका सहरहरूमा सम्भावित विरोध प्रदर्शनलाई रोक्ने नियतका साथ प्यालेस्टिनीहरूको व्यापक धरपकड गरियो । गाजाको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको कुरा र इजरायल–प्यालेस्टिन वार्ता पुनः जागृत गर्ने कल्पना सोचेजस्तो सहज नहुनेमात्र होइन, सफलै नहुने देखापर्छ ।
अगाडि बढ्नको लागि अझ समतामूलक यथार्थका लागि बलियो कदम आवश्यक हुन्छ । प्रत्येक पटक इजरायलको हितविपरीतको कुनै प्रस्ताव वा बुँदा अर्को चरणको वार्ताका लागि छाडिन्छ । यस्तै प्रक्रियामार्फत ७३ वर्षदेखि इजरायलले हरेक वार्तालाई आफ्नो पक्षमा पार्ने र प्यालेस्टिनमाथि इजरायली कब्जालाई वैध बनाउने तथा प्यालेस्टिनको अस्तित्व वा परिचय नै मेट्ने कार्य गर्दै आएको छ । ‘संरा अमेरिकाले प्यालेस्टिनीहरूको अस्तित्वलाई मान्यता दिन थालनी गरेदेखि नै यही प्रक्रिया चलिरहेको छ । संरा अमेरिकाले प्यालेस्टिनीहरूमाथिको अन्याय र मानव अधिकार उल्लङ्घनलाई संरा अमेरिकाले स्वीकार गरेदेखि नै यो प्रक्रिया थालनी भएको थियो ।’ संरा अमेरिकी रिपब्लिकन सिनेटर अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले स्वीकार गरेकी छिन् । ‘यहुदीवाद भनेको एक किसिमको जातिवाद र जातीय विभेद हो’ भनी १९७५ मा संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले प्रस्ताव नै ३३७९ पारित गरेदेखि नै यो प्रक्रिया थालनी भएको हो । अहिले असफल भइसकेको शान्ति प्रक्रियामा आउनका लागि इजरायलले १९९१ मा संयुक्त राष्ट्र सङ्घको उक्त प्रस्ताव फिर्ता हुनुपर्ने माग गरेको थियो । यहुदीवाद र जातिवादी शासनमाथि प्रतिबन्ध लगाउनुको साटो शान्तिको नाममा त्यसैलाई सहायता गरेदेखि नै प्यालेस्टिनीहरूको परिचय मेट्ने प्रक्रिया सुरु भएको थियो । अब प्यालेस्टिनीहरूको परिचय मेट्ने कार्य बन्द गरिनु वा सच्याइनुपर्छ । यसमा जति ढिलो हुन्छ त्यति नै युद्धको सम्भावना बढ्दै जान्छ ।
-How American support for Israel erases Palestinian identity ?
– MR online, May 27, 2021
अनुवाद :प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *