भर्खरै :

मेलम्ची खानेपानी सुरुङको काम गुणस्तरहीन

मेलम्ची खानेपानी विकास समितिले असार १ गतेदेखि साउन मसान्तसम्म मेलम्चीको खानेपानी बन्द गर्ने निर्णय गरेको छ । मेलम्चीको खानेपानी सुरुङ्ग मर्मत सम्भार गर्नुपर्ने कारण देखाई उक्त खानेपानी सेवा बन्द गरिएको हो । सुरुङ्गमा पानी सुकाएपछि विज्ञहरूले सुरुङ्गको निरीक्षण गर्नेछन् र त्यसको आधारमा आवश्यकताअनुसार मर्मत सम्भार गरिनेछ । खानेपानी सेवा सुलभ गराएको दुई महिना बित्न नपाउँदै यति चाँडो सुरुङ्गको मर्मत सम्भार किन आवश्यक भयो ? यसले थाहा हुन्छ, सुरुङ्ग मार्गको काम पक्की छैन या कच्ची छ । निर्माण सामग्री या निर्माण कार्य कच्ची भएकै कारण सुरुङ्गमा पानी छोडेको केही दिनमै मान्छे बगायो र निधन भयो ।
सुरुङ्ग बनाउँदै गर्दा सुरुङ्ग अवलोकन गर्ने एक जनप्रतिनिधिले भनेका थिए, सुरुङ्गको काम गुणस्तरहीन भएको हुँदा खानेपानी उपभोग गर्न पाउँछ कि पाउँदैन, लामो समयसम्म सुरुङ्ग टिक्ने छैन या चाँडै बिग्रिने छ । साँच्चै पानी छोडेको केही दिनमै सुरुङ्गभित्र कमजोरी देखियो । अहिले फेरि मर्मत सम्भार गर्न सुरुङ्गमा पानी छोड्ने काम बन्द गरियो । सुरुङ्गभित्रको काम ४५ दिनमा सकिने र १५ दिन पानी छोड्न समय लाग्ने भन्दै दुई महिनाको लागि खानेपानी सेवा बन्द गरिएको हो । सुरुङ्ग मर्मत गदैगर्दा कति समय लाग्ने हो, त्यो यकिन छैन । कतै सुरुङ्ग ठाउँठाउँमा भत्केर खानेपानी सेवा नै बन्द हुने हो कि !
सुरुङ्ग बनेसँगै लगत इस्टिमेटअनुसार काम भइरहेको छ कि छैन, बरोबर अनुगमन गर्नुपथ्र्यो । अनुगमन नभएकै कारण काम गुणस्तरहीन हुन्थ्यो । कति योजनाको अनुगमन भए पनि काम गुणस्तरीय छ छैन मलतब राख्दैन । अनुगमन टोली पनि ठेकेदारको चक्करमा फस्छ र पैसा खाएर जस्तो काम गरे पनि वास्ता गरिँदैन । योजना राम्रो भए पनि काम गुणस्तरीय भएन भने लामो समय टिक्दैन । खर्च गरेर पनि फल नपाउँदा देशको पैसा बेठाउँमा पर्छ । अरबौँ रकम बराबरको सो योजना सुरुकै दिनमा बिग्रनु र पछि फेरि मर्मत गर्न बाध्य पर्नु भनेको गुणस्तरहीन काम नै हो ।
ठेक्कामा भएका अधिकांश काम गुणस्तरहीन हुन्छ, भइरहेको छ । योजनाको काम जे भए पनि नाफा कुम्ल्याउने उद्देश्यले काम हुने हुँदा ठेक्कामा भएको काम गुणस्तरहीन बनेको हुन्छ । कति योजनाको काम त काम नसकिँदै बिग्रिएको हुन्छ । सडक पीच भएको साता दिन बित्न नपाउँदै उप्केको खबर हामी बरोबर सुन्छौँ, पढ्छौँ । मेलम्ची खानेपानी सेवा उपलब्ध गराउन गरिएको निर्माण कार्य गुणस्तरहीन भएको कुरा अहिले मर्मत सम्भार गर्न लागेबट थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *