भर्खरै :

‍‍‍‍‍‍‍‍‍‍ जून १७ मा बिहान शनचौ १२ मानववाहक अन्तरिक्ष यान प्रक्षेपण हुँदै

जून १६ तारिख च्यूछ्वान उपग्रह प्रक्षेपण केन्द्रमा शनचौ १२ मानववाहक अन्तरिक्ष यात्रासम्बन्धी पत्रकार सम्मेलनको आयोजना भएको छ ।
चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका निर्देशकका सहायक ची छिमिङले दिनुभएको जानकारी अनुसार, जून १७ मा बिहान ९ बजेर २२ मिनेटमा शनचौ १२ मानववाहक अन्तरिक्ष यानको प्रक्षेपण हुनेछ ।
शनचौ १२ मानववाहक अन्तरिक्ष यात्री ने हाइशङ, लिउ पोयाङ र थाङ हुङपोलगायत तीन जना हुनुहुन्छ । चाइ चकाङ, वाङ याफिङ र ये क्वाङफू तयारी अन्तरिक्ष यात्री समलग्न हुनुहुन्छ ।
तीनजना यात्रीहरूमध्ये ने हाइशङले शनचौ ६ र १० मानववाहक अन्तरिक्ष यात्रा र लिउ पोमिङ शनचौ ७ मानववाहक अन्तरिक्ष यात्रामा भाग लिनुभएको छ । याङ हुङपो पहिलोपटक अन्तरिक्ष यात्रा गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *