नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
राजनीति देश र जनताको सेवा गर्न हो । गाउँ, ठाउँ र समाजलाई आदर्शोन्मुख बनाउन, राजनीति देश र जनताको निम्ति हो भनी देखाउन असल र इमानदारीपूर्वक काम गर्ने नागरिकहरूले राजनीति गर्नुपर्छ । समाजमा भइरहेको गलत काम, विकृति, अपराधिक क्रियाकलाप अन्त्य गर्न राजनीति नगरी सुखै छैन । सही राजनीतिको विकास नभएसम्म, सही व्यक्तिले राजनीति नगरेसम्म, देशका नागरिक सच्चा र इमानदार नभएसम्म भ्रष्टाचार हट्दैन, ढिलासुस्ति हटाउन सक्दैन, घूस लिने काम छोड्दैन । यसकारण, राजनीतिबाट भाग्नु हुँदैन । राजनीतिमा लाग्नु हुँदैन भन्नु हुँदैन । असल या सचेत नागरिकहरू राजनीतिबाट भाग्नु भनेको गलत, अपराधिक व्यक्तिको हातमा राजनीति छोड्नु हो । अपराधिक, कमिसनखोर, कालाबजारी, शोषक, सामन्त, जमिनदार, षड्यन्त्रकारीहरूको हातमा राजनीति पुगेमा या उनीहरूको नेतृत्वमा राजनीति गएमा देशमा कसरी विधिको शासन हुन्छ ? कसरी सुशासन हुन्छ ?
कुनै पनि दलका सच्चा नेता र कार्यकर्ताहरू राजनीतिबाट भाग्दैनन्, राजनीति गर्न डराउँदैनन् । बरु, उनीहरू जनतालाई जागरुक बनाउन, अभिप्रेरित बनाउन अग्रसर हुन्छन्, जनताको घर आँगन पुग्छन् र जनतालाई सचेत र सङ्गठित गर्छन् । यो हरेक असल नेता र कार्यकर्ताको काम हो, जिम्मेवारी हो । शोषक, सामन्त, जमिनदार, पुँजीपति, षड्यन्त्रकारीहरू बहुमत जनताको पक्षमा राजनीति गर्दैनन्, काम गर्दैनन् । बरु, तिनीहरू श्रमजीवी वर्गका जनता या शोषित पीडित जनतामाथि लामो समयसम्म रजाइँ गर्न, शासन चलाउन जनता भिडाउने काम गर्छन्, लोभलालच देखाउँछन्, झूटको खेती गर्छन् । उनीहरू बहुमत जनताको पक्षमा कहिले पनि परिवर्तन चाहँदैनन् । यसकारण, राजनीति सही ढङ्गले गर्नुपर्छ ।
हरेक राजनीतिक कार्यकर्ता देशभक्त हुनुपर्छ । देश र जनताप्रति समर्पित हुनैपर्छ । देश र जनताप्रति जिम्मेवारीबोध नभएका कुनै पनि नेता र कार्यकर्ता देशभक्त हुँदैनन्, जनसेवक हुँदैनन्, जनताका प्रिय नेता र कार्यकर्ता हुँदैनन् । देशभक्त नेता र कार्यकर्ताहरू देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्छन् । आफ्नो देशमा हुने कुनै पनि शक्ति राष्ट्रको थिचोमिचो, दमन, दबाब, अतिक्रमण, नाकाबन्दीको विरोध गर्छन् । कुनै देशभक्त राष्ट्रप्रमुखहरू आफ्नो भूमि मिचेको टुलुटुलु हेरेर बस्दैनन् । तिनीहरू असमान सन्धि र सम्झौता गर्दैनन् । विदेशी हस्तक्षेप स्वीकार्दैनन्, विदेशी शक्ति राष्ट्रको इसारा या उठबसमा बस्दैनन् ।
राजनीतिक शिक्षा दिन, शिक्षा जनतामाझ पु¥याउन दलका नेता कार्यकर्ताहरू निरन्तर खटिरहनुपर्छ । देश जोगाउने काममा, जनताका हक अधिकारबारे सुसूचित पार्न हरेक समुदायका व्यक्तिहरू लागिरहनुपर्छ । शिक्षकले विद्यार्थीलाई देश विदेशबारे बताउनुपर्छ । राजनीतिक कार्यकर्ताले जनतालाई बताउनुपर्छ । यस्तो कुरा वर्गीय र पेशागत सङ्गठनका सदस्यहरूलाई मात्र होइन कर्मचारी, साहित्यकार, चिकित्सक, नर्स, कलाकार, सङ्गीतकार, लेखक, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, गायक, खेलाडी सबै क्षेत्रका समुदायमाझ पु¥याउनुपर्छ । राजनीतिक शिक्षाको कमीले सर्वसाधारण जनता लोभलालचमा फस्छन्, कसैको लहैलहैमा जान्छन् ।
सच्चा नेताहरू सिद्धान्त र विचारको राजनीति गर्छन् । पुँजीपति र सामन्त वर्गको पक्षमा राजनीति गरे पनि सच्चा नेताहरू दलको सिद्धान्त र विचार छोड्दैनन् । तर, सत्तासीन दलका नेताहरू सिद्धान्त र विचारको मतलब राख्दैनन् । सत्तामुखी राजनीति गर्छन् । उनीहरू पद र भागबन्डाको राजनीतिमा भुलिरहेका हुन्छन् । उनीहरूको ध्यान, चाहना, उद्देश्य नै जसरी भए पनि सत्तामा पुग्नु हो, सत्तामा पुगेर सेवा सुविधा लिनु हो, राजस्वमा दाइँ गर्नु हो, पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउनु हो । सत्तासीन नेताहरू देशभक्त, दूरदर्शी र जनताप्रति जिम्मेवार नभएकै कारण देशमा विदेशी शक्ति राष्ट्रको थिचोमिचो बढेको हो, नेपाली भूमि मिचेको हो, नेपाल–भारत सीमामा भारतीय पक्षले एकतर्फीरूपमा बाँध तथा तटबन्ध निर्माण गरेको हो । नेपालको भूमि कालापानीमा बसेका भारतीय सेनाहरू अझै फर्केका छैनन्, फर्काउने मनसाय देखिँदैन । अझ लिपुलेक र लिम्पियाधुरासम्म भारतले आँखा गाडेको छ । यो भारतको हदैसम्मको अतिक्रमण हो, नेपालको सार्वभौम देशमाथिको हस्तक्षेप हो । नेपाल सरकारको कमजोरीले गर्दा देशको भूमि साँगुरिँदै गएको हो ।
भारतले नेपाललाई एक एक पाइला गरेर घेर्दै गएको छ । भारतले नेपाल प्रवेश छिर्ने बाटो कोर्दै नेपालीलाई अल्पमतमा पार्न भारतीय नागरिकहरू नेपाली नागरिक बन्दै छन् । यो अहिले तुरुन्तै देखिने लक्षण होइन, तीन चार दशक समय बितेपछि चाल पाउने हो । यसकारण, देशका शासकहरू दूरदर्शी हुनुपर्छ, देश र जनताप्रति समर्पित हुनुपर्छ भनिएको हो । विदेशीहरू नेपाल छिरेर नेपाली नागरिकता लिने र नेपाली भूमिमा भारतीय सेना बसिरहने कुरा नितान्त गम्भीर कुरा हो । यस विषयमा देशका सबै दल र नागरिकहरू सचेत हुनुपर्छ ।
राजनीतिक शिक्षा दिन, शिक्षा जनतामाझ पु¥याउन दलका नेता कार्यकर्ताहरू निरन्तर खटिरहनुपर्छ । देश जोगाउने काममा, जनताका हक अधिकारबारे सुसूचित पार्न हरेक समुदायका व्यक्तिहरू लागिरहनुपर्छ । शिक्षकले विद्यार्थीलाई देश विदेशबारे बताउनुपर्छ । राजनीतिक कार्यकर्ताले जनतालाई बताउनुपर्छ । यस्तो कुरा वर्गीय र पेशागत सङ्गठनका सदस्यहरूलाई मात्र होइन कर्मचारी, साहित्यकार, चिकित्सक, नर्स, कलाकार, सङ्गीतकार, लेखक, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, गायक, खेलाडी सबै क्षेत्रका समुदायमाझ पु¥याउनुपर्छ । राजनीतिक शिक्षाको कमीले सर्वसाधारण जनता लोभलालचमा फस्छन्, कसैको लहैलहैमा जान्छन् ।
शोषण, दमन, अन्याय, अत्याचारविरुद्ध नलडिकन समाजका मानिसले कसरी न्याय र समानता पाउँछन् ? समाजका सबै मानिसको राजनीतिक, सांस्कृतिक स्तर उठाउन नसकेकै कारण जनताबीच भिज्न नसकेकै कारण अपराधिक क्रियाकलाप बढ्न थालेको हो । हत्या, हिंसा, चोरी, चकारी बढ्न थालेको हो । अतः मजदुर र किसानहरूको राज्य व्यवस्था स्थापना गर्न या समाजवादी व्यवस्था स्थापना गर्ने बाटो कोर्दै जानुपर्छ । समाजवाद कहिले स्थापना होला र श्रमजीवी वर्गको सेवा होला भनी चुप लागेमा त्यो सपना झन् टाढा पर्छ र सरकार जहिल्यै तिनै शोषक, सामन्त र पुँजीपति वर्गको हातमा रहिरहनेछ ।
Leave a Reply