भर्खरै :

अक्सिजन प्लान्ट

देशमा निषेधाज्ञा छ । अफिसमा बिदा छ । व्यापार व्यवसाय ठप्प छ । घरमा मात्र कति बस्नु ? अब त सङ्क्रमितहरू पनि कम हुन थालेका छन् भनी साथीहरू मास्क प्रयोग नगरी साँझपख घुम्न थाले ।
कुराकानीको सिलसिलामा राजनले भने, “भक्तपुर नगरपालिकाप्रति जनविश्वास भएकै हो । ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट स्थापना गर्न करीब एक करोड बीस लाख सहयोगको अपेक्षा गरेको त पाँच करोडभन्दा बढी सहयोग प्राप्त भयो । शुभकार्यको लागि अझै सहयोगी हातहरू बढ्दै छन् । अब त आईसीयू र भेन्टिलेटरको पनि व्यवस्था गर्छ होला है ?”
राजनको कुरामा सहमति जनाउँदै हरिले आफ्नो विचार पोखे, “अक्सिजन प्लान्ट सुरू भयो । त्यो पनि बिस्तारै गर्छ । यो सब नगरपालिकाको पारदर्शिता, इमानदारिता र सेवाभावको उपज हो ।
वीरेले उनीहरूको भनाइसँग फरक मत राखे, “अरूले डर, धम्की, लोभलालच देखाएर सहयोग लियो । भनपाले जनतासँग खुसीसाथ सहयोग लियो । दुवै पक्षले सहयोग त जनतासँगै लिएको हो नि होइन र ?”
वीरेलाई सम्झाउँदै समिरले भने, “अब के गर्ने त, वीरे ? आफूसँग अक्सिजन प्लान्ट छैन । अक्सिजनबिना बिरामीलाई बचाउन नसकिने । सरकारले आवश्यक मात्रामा अक्सिजन दिन सकेन । विश्वमा कोभिड–१९ को महामारीले गर्दा पर्यटकहरू आएनन् । भनपाको आम्दानी कम भयो । यो योजना समस्यालाई अवसरको रूपमा लिएको हो । जनतासँग लिएको पैसा जनताकै स्वास्थ्यको लागि उपयोग गर्छ भने त्यो पनि जनताकै सेवा हो । हामीले राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने बानी बसाल्नुपर्छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले बिरामीको जीवन बचाउँछ । आखिरमा ज्यानभन्दा ठुलो के छ र ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *