भर्खरै :

सङ्कटको बेलाको मित्र असल मित्र

नेपालमा कोरोना महामारीको सङ्क्रमण अलि कम देखिए पनि सङ्क्रमणको जोखिम अझै कायम छ । यो महामारी तराईबाट प्रवेश गरी पहाड हुँदै हिमालतिर सर्दै गएको देखिन्छ । तेस्रो चरणको कोरोनाको सङ्क्रमण आउन सक्नेतर्फ स्वास्थ्यविज्ञहरूले सावधानी गराइरहेका छन् । यसबाट बच्न नेपाली जनता सचेत र सजग हुनु आवश्यक छ । यो महामारीले विश्वका अन्य देशमा पसेर धनजनको क्षति गरिरहेको छ । नेपालमा पनि कोरोना महामारीले सताइरहेको बेला, जनधनको क्षति भइरहेको बेला मित्र राष्ट्र चीनले नेपाली जनतालाई कोरोना महामारीबाट बचाउन १७ चैत २०७७ मा ८ लाख डोज भ्याक्सिन सहयोग ग¥यो । २० हजार अक्सिजन सिलिन्डर पनि सहयोग ग¥यो । छिमेकी मित्र राष्ट्र चीनले विश्वका सयौँ गरिब देशहरूलाई भ्याक्सिन सहयोग गरिसकेको छ । यसरी चीन नेपाललगायत विश्वलाई परेको सङ्कटको बेलाको असल मित्र बनेको छ र कहिल्यै तिर्न नसकिने गुण लगाएको छ । मानिसको ज्यानमा पनि व्यापार गर्ने, नाफा हेर्ने अमेरिकी साम्राज्यवादलगायतका पश्चिमी पुुँजीवादी देशहरूले बढी नाफा लिनको लागि भ्याक्सिन बाहिर सहयोगको रूपमा पठाएका छैनन् । चीनको सहयोगले उनीहरूलाई नैतिक दबाब पर्दै छ ।

भनपाको ख्वप अस्पताललाई दिने भनिएको आर्थिक सहयोग सरकारले नदिएपछि जनताको लागि जनताले नै विश्वास गरेर भनपालाई सहयोग गरे । भनपाको काम र सेवाले खुसी भएका, विश्वास भएका भक्तपुरलगायत देशका विभिन्न क्षेत्र र विदेशमा गई बसेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घ संस्थाहरूले समेत खुला हृदयका साथ जनताको सेवाको लागि ५ करोडभन्दा बढी आर्थिक तथा भौतिक सहयोग गरे । भनपाले पनि जनताबाट पाएको अपार माया र सहयोगको परिणाम तत्काल अक्सिजन प्लान्ट जडान गरेर उत्पादन थालिसकेको छ ।

नेपाल मजदुर किसान पार्टीको आफ्नो चुनावी घोषणा पत्रअनुसार भक्तपुर नगरपालिकाले देश र जनताको निःस्वार्थरूपले सेवा गरिरहेको छ । जनताको सेवा गरिरहेका स्थानीय निकायलाई झन् सहयोग गर्नुपर्ने हो । तर, भक्तपुर नगरपालिकालाई केन्द्र र प्रदेश सरकारले दिने भनिएको आर्थिक सहयोग पनि गरेका छैनन् । अन्य नगरपालिकालाई सहयोग गरिएको छ । भक्तपुर नगरपालिकालाई हिजो सामन्ती व्यवस्थामा जस्तो व्यवहार गरिएको छ । नेमकिपा पैसा, पद भनेपछि तीन हात उफ्रेर जाने, ¥याल काढ्ने, मरिहत्ते गर्ने पुँजीवादी दल होइन । नेमकिपा गलत काममा, जनतालाई दुःख हुने काममा, राष्ट्रलाई घात गर्ने राष्ट्रघाती काममा कसैको अगाडि झुक्दैन, भीख माग्दैन भन्ने कुरा देशभक्त नेपाली जनतालाई थाहा छ । नेमकिपाको यस्तो लामो इतिहास छ । यो पार्टी कुनै कालाबजारी, तस्कर, भ्रष्टाचारी, कमिसनखोर, राष्ट्रघातीहरूको सहयोगबाट चलेको पार्टी होइन । यो दलको सही नेतृत्व, सिद्धान्त, विचार र व्यवहारमा चलेको पार्टी हो । भनपाको ख्वप अस्पताललाई दिने भनिएको आर्थिक सहयोग सरकारले नदिएपछि जनताको लागि जनताले नै विश्वास गरेर भनपालाई सहयोग गरे । भनपाको काम र सेवाले खुसी भएका, विश्वास भएका भक्तपुरलगायत देशका विभिन्न क्षेत्र र विदेशमा गई बसेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घ संस्थाहरूले समेत खुला हृदयका साथ जनताको सेवाको लागि ५ करोडभन्दा बढी आर्थिक तथा भौतिक सहयोग गरे । भनपाले पनि जनताबाट पाएको अपार माया र सहयोगको परिणाम तत्काल अक्सिजन प्लान्ट जडान गरेर उत्पादन थालिसकेको छ । भेन्टिलेटर, आइसीयूलगायतका स्वास्थ्य उपकरणको व्यवस्था चाँडै हुने विश्वास गरिएको छ ।
नेमकिपाको लोकप्रियता बढ्ला भनेर उनीहरूले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति दिने आँट गर्न सकिरहेका छैनन् । शासक दलहरूले १०÷१५ वर्ष अगाडि नै ख्वप विश्वविद्यालयको स्वीकृति दिएका भए आज कोरोनाले यति भयावह रूप लिनसक्ने थिएन, जनधनको क्षति हुने थिएन । त्यसबाट धेरै देश र जनताको सेवा पुग्ने थियो । चीन, उत्तर कोरिया, क्युवा, भियतनामलगायतका देशले बेलैमा नियन्त्रण गरेर जनताको सेवा गरेका थिए ।
गत वर्ष नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालको आँगन भारतमा पहिलो चरणको कोरोना महामारी भित्रिनासाथ नेपालमा पनि छिट्टै आउन सक्ने सम्भावना भएकोले त्यसलाई बेलैमा रोक्न सरकार र शासक दलहरूलाई उपाय र सुझाव दिएका थिए । त्यसलाई रोक्न सरकारले आफ्ना कार्यकर्ताहरू पनि परिचालन गर्न भनेका थिए । तर, वास्ता गरिएन । त्यसको फल आज नेपाली जनताले दुःख भोगिरहेका छन् । नेमकिपाले सुरुदेखि नै कोरोना महामारीबाट बच्न र बचाउन आफ्ना जनप्रतिनिधि, कार्यकर्ताहरू परिचालन गरेर जनतालाई सचेत पार्ने काम गरिरहेका छन् । उनीहरूले क्लोरिन छरेका छन्, घर घरमा गएर मास्क र साबुन वितरण गरेका छन्, हात धुन टोल – टोलमा, चोक – चोकमा पानी ट्याङ्की र साबुनको व्यवस्था गरेका छन् । वडा – वडामा गएर, घर घरमा गएर पीसीआर परीक्षण गरेका छन् । चारजना चिकित्सकहरूलाई २४ घण्टा परिचालन गरेर कोरोना पीडित जनतालाई प्रोत्साहनस्वरूप घरमै होम आइसोलेसनमा बसेर अवस्थाअनुसारको सल्लाह र औषधि खान परामर्श सेवा दिएका छन् । यसबाट पीडित जनताले धेरै राहत महसुस गरेका छन् । घरमा बस्ने वातावरण नभएका, अलि बढी उपचार, सुविधा सेवा आवश्यक भएका कोरोना पीडित जनतालाई भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको आइसोलेसन केन्द्रमा विभिन्न सुविधाका साथ निःशुल्क उपचार भइरहेको छ । भनपाको यस्तै सहयोग र विश्वासबाट विभिन्न ठाउँ र जिल्लाका बिरामीहरूले पनि खुसीका साथ खुला हृदयले सहयोग गरिरहेका हुन् ।
अक्सिजन सिलिन्डरको अभावमा धेरै जनधनको क्षति भएपछि छिमेकी मित्र राष्ट्र चीनले सद्भावस्वरूप दिएको २० हजार अक्सिजन सिलिन्डर लुछाचँुडी गरेजस्तै अक्सिजन सिलिन्डर लगे, लुकाए । केही सांसदहरूले आफ्नो फोटो प्रदर्शन गरी वितरण गरेको सामाजिक सञ्जालमा आएको थियो । तर, नेमकिपाका सांसदहरू त्यस्तो कामबाट सधैँ सचेत छन् । उनीहरूले शासक दलका सांसदलाई पाठ सिकाए र बत्तीको काम गरे । मित्र राष्ट्र चीनको विकास र शान्तिको निम्ति चीनको संस्थाबाट जेठ १९ गते नेमकिपालाई प्राप्त १ लाख थान एन ९५ मास्कलगायतका स्वास्थ्य सामग्रीहरू नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाललगायतका नेताहरू मेचीदेखि महाकालीसम्मका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा गएर वितरण गरिरहेका छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको रक्षा गर्न युद्ध मैदानमा जाने, लड्ने सिपाही र स्वास्थ्य सङ्कटको बेलामा देश र जनताको सेवामा खट्ने सुरक्षाकर्मीहरू उस्तै हुन् भनेका थिए । त्यही विचारबाट उत्प्रेरित भएर नेता तथा कार्यकर्ताहरूले देशका सुगम र दुर्गम अस्पताल, स्वास्थ्य केन्द्रहरूमा चीनबाट प्राप्त मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरू वितरण गरिरहेका छन् ।
सङ्कटको बेलाको मित्र असल मित्र हुन्छ । त्यही सद्भावबाट भनपालाई तिब्बतको शान्नान सहरबाट सहयोग मिल्यो । भक्तपुर नगरपालिकासँग २०७३ सालमा भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्टे«टर ३२ सेट, अक्सिजन सिलिन्डर (४०. लि. को) १०० वटा र आईसीयू बेड ५० वटा सहयोग प्राप्त भयो । १०० शय्या क्षमताको ख्वप अस्पताल चाँडै नै व्यवस्थितरूपले सञ्चालन गर्न युद्धस्तरमा काम भइरहेको जनताले अनुभव गरिरहेका छन् । त्यसको लागि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलगायत नगरपालिका परिवार र सहयोगी जनता, सङ्घ संस्थालाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *