भर्खरै :

संरा अमेरिकी सरकार ४०० खर्ब डलर ऋणमा !

संरा अमेरिकी सरकार ४०० खर्ब डलर ऋणमा !

संरा अमेरिकाका खोज पत्रकार किट क्लारेन वर्गले ‘दि ग्रेजोन’ सञ्चारमाध्यममार्फत नेपालमा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव संरा अमेरिकी सरकारको केन्द्रीय गुप्तचर संस्था सीआईएअन्तर्गतका संस्थाहरूमार्फत २ करोड डलरभन्दा बढी खर्च गराइएको केही महिनाअघि सार्वजनिक भएको थियो । यतिबेला नेपालका केही विश्लेषकहरू संरा अमेरिकी सरकार अब गैरसरकारी संस्थामार्फत होइन अब सोझै नेपाली सेनामा प्रभाव जमाउन लागेको बताउँदै छन् । यो विश्लेषण अझ पुरानो देखियो । किनभने, गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवलाई पूर्णरुपले नियन्त्रण गर्न नेपाली सेना नलागेको सो उपद्रव छानबिन गर्न गठित कार्की
आयोगको प्रतिवेदन र संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
नेपालको राजनीतिबारे विश्लेषण गर्दै आएका सीके लालले चीन र भारतले नेपालको सेना, राजनीतिक दल र प्रशासनमा संरा अमेरिकी सरकारले पनि हस्तक्षेप गर्न लागेको बताएको सार्वजनिक भयो । चीनले संसारका कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको प्रमाण छैन, नेपालको आन्तरिक मामिलामा पनि हस्तक्षेप गरेको छैन । संरा अमेरिकी सरकारले संसारका नौ सत्न्दा बढी ठाउँमा सेना र हतियार तैनाथ गरेको छ । भारतले दक्षिण एसियामा ‘मोदी डक्ट्रिन’ लागू गर्न खोज्दै छ । भारतसँगको सन् १९५० को सन्धिमा नेपालको सुरक्षा मामिला भारतको कब्जामा राखिएको छ भने नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्तीमा भारत र बेलायत संलग्न छ । रास्वपालाई सरकारको नेतृत्वमा पु¥याउन संरा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको हात रहेको खुलिरहेकै हो ।
संरा अमेरिकी सरकार संसारमा आफ्नो प्रतिकूलको सरकारलाई उखेल्न नाकाबन्दी र युद्धमा लागिरहेको पुरानो हो । यसकारण, संरा अमेरिकी सरकारको सार्वजनिक ऋण ४०० खर्ब ४७ अर्ब डलरभन्दा बढी पुगेको सार्वजनिक भयो । पछिल्लो १० वर्षयता संरा अमेरिकी सरकारको ऋण दुई गुणा पुगेको पनि बाहिरियो भने वर्षको ब्याज ११ खर्बभन्दा बढी तिर्दै आएको पनि सार्वजनिक भयो । यो आर्थिक तस्बिर बुझेका विदेशी लगानीकर्ताहरू संरा अमेरिकामा लगानीबाट पछि हटिरहेका छन् । ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालसँगै विदेशी लगानी उत्साहित पनि गरिएको हो । तर, इतिहासमै ठुलो ऋणमा डुबिरहेको संरा अमेरिकामा वैदेशिक लगानी आकर्षित भइरहेको छैन ।
नेपालमा पनि बहुदल पुनःस्थापना यता सरकारमा गएका दल र तिनका नेताहरूले ऋण ल्याउँदै सडक निर्माणको नाउँमा भ्रष्टाचार बढाएको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ । यतिखेर सर्वोच्च अदालतका न्यायाधीशहरूसमेतको बिचौलियाहरूसँग सूचना आदान प्रदान भइरहेको सार्वजनिक भयो । नेपालका कानुनका कतिपय विद्यार्थीहरूले ‘वकिल घुस खुवाउँछन्, न्यायाधीश घुस खान्छन्’ भनी सार्वजनिक रूपमै बोलेका थिए । तर, सरकारमा गएका कुनै पनि पार्टीले यसलाई रोक्ने काम गरेनन् ।
ट्रम्पको दोस्रो कार्यकालसँगै उनले क्यानडालाई संरा अमेरिकाको ५१ औँ राज्य बनाउने र ग्रीनलैन्ड कब्जा गर्ने धम्की दिएका थिए । इरानसँग युद्ध गरेका ट्रम्पले इरानलाई खरानी बनाउने पनि धम्की दिए भने इजरायलमार्फत प्यालेस्टिनमा नरसंहार गर्न लगाएका ट्रम्पले प्यालेस्टिनलाई युरोपेली र अमेरिकी धनाढ्यहरूको ‘आराम स्थल’ बनाउने दाबी पनि गरे । तर, इरानी र प्यालेस्टिनी जनता जस्तोसुकै कष्ट भोग्नु परे पनि संरा अमेरिकी युद्धको प्रतिकार गर्दै छन् भने विश्वका न्यायपे्रमी जनताले साथ पनि दिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *