भक्तपुरमा विश्व पक्षघात दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण
- कार्तिक १३, २०८३
भक्तपुर, १२ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२—८३ को क्षयरोगसम्बन्धी वार्षिक समीक्षा कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा क्षयरोग न्यूनीकरणको क्षेत्रमा राम्रो प्रगति भइरहेको बताउँदै क्षयरोग सरुवा रोग भएकोले यसको रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले क्षयरोगको औषधि नियमित रूपमा सेवन गरेमा निको हुने भएकोले बिरामीले उपचारमा लापरबाही गर्न नहुने बताउनुभयो । पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले क्षयरोगजस्ता रोगलाई देशैभरबाट उन्मूलन गर्न आवश्यक रहेको बताउनुभयो । क्षयरोग घातक रोगसमेत हुनसक्ने भएकोले यसको रोकथाम, समयमै पहिचान र नियमित उपचारमा सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाभित्र सञ्चालनमा रहेको डट्स कार्यक्रमको वार्षिक प्रगति तथा उपलब्धिसम्बन्धी प्रस्तुति देखाइएको थियो ।
प्रस्तुतिमार्फत नगरभित्र क्षयरोग नियन्त्रणका लागि सञ्चालित कार्यक्रमको अवस्था तथा प्रगतिबारे समीक्षा गरिएको थियो ।
Leave a Reply