अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
वासिङ्टन, २२ जुन । जो बाइडेनले राष्ट्रपति पद समालेको सुरुको १५० दिनमै ३० करोडभन्दा बढी मानिसले कोभिड–१९ खोप लगाएको भन्दै राष्ट्रपति कार्यालयले गौरव गरिरहेको बेला विशेषतः न्यून मात्रामा खोप लगाइएको अमेरिकी राज्यहरूलाई अझ बढी सङ्क्रामक डेल्टा भेरियन्टले त्रसित बनाइरहेको थियो ।
गत आइतबारसम्ममा संरा अमेरिकाका झण्डै ४५.१ प्रतिशत मानिसले कोभिड–१९ विरुद्ध दुवै मात्रा खोप लगाइसकेका छन् भने ५३.३ प्रतिशत मानिसले एक मात्रा खोप लगाइसकेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
तर, अलाबामा, अर्कान्सस, लुजियाना, मिस्सिसिपी, तेनिसी र उमिङजस्ता राज्यहरूका ३५ प्रतिशतभन्दा कम मानिसले मात्र पूर्ण खोप लगाएका छन् ।
अघिका भेरियन्टभन्दा बढी सङ्क्रामक मानिएको र अझ गम्भीर असर पार्ने डेल्टा भाइरसले सङ्क्रमणलाई अझ विस्तार गर्न सक्छ । तर, खोप लगाएको जनसङ्ख्याको दरले त्यसको प्रभाव अन्तर गर्ने संरा अमेरिकी खाद्य तथा औषधि कार्यालयका पूर्वआयुक्त स्कट गोटलेभले भनेका छन् ।
डेल्टा भाइरसको सङ्क्रमणको ढाँचाअनुसार जनवरीमा संरा अमेरिकामा सबभन्दा बढी झण्डै २० प्रतिशतको दरले सङ्क्रमण फैलिएको थियो । तर, संरा अमेरिकाभरि सबैतिर समानरूपमा सङ्क्रमण नफैलिएको आइतबार सीबीएसमा दिएको एक अन्तर्वार्तामा गोटलेभले भने ।
“म बस्दै आएको कनेक्टिकटमा सङ्क्रमण बढेन तर मिस्सिसिपी, अलाबामा, अर्कान्सस, मिसौरीमा सङ्क्रमण उल्लेखनीय मात्रामा बढेको देखियो । यो सब घटबढ खोप लिएको दरमा निर्भर देखिएको छ”, उनले भने ।
डेल्टा भाइरस सन् २०२० को डिसेम्बरमा भारतमा पहिलोपटक फेला परेको थियो भने सन् २०२१ को मार्चमा संरा अमेरिकामा फेला परेको थियो । रोग नियन्त्रण केन्द्रका अनुसार हालसम्म संरा अमेरिकाका ४० भन्दा बढी राज्यहरूमा यो भेरियन्ट फेला परेको छ ।
अमेरिकी रोग नियन्त्रण केन्द्रका निर्देशक रोचेल वलेन्स्कीले यो भेरियन्ट संरा अमेरिकामा सबभन्दा बढी फैलिएको भेरियन्ट बन्न सक्ने र अन्य भेरियन्टभन्दा बढी सङ्क्रामक भएको बताइन् ।
“यो डेल्टा भाइरसको तीब्र सङ्क्रामकताले हामीलाई अत्याइरहेको बेला खोपले यसको प्रतिरोधमा टेवा पु¥याएको देखिएको छ”, वलेन्स्कीले भनिन् ।
पछिल्लो अध्ययनले जति कम दरमा खोप लगाइएको छ, त्यत्ति नै जोखिम बढ्दो छ । हेलिक्सका वैज्ञानिकहरूले अप्रिलयता सङ्कलित कोभिड–१९ का झण्डै २० हजार नमुनाको अध्ययनले न्यून खोप दर भएका क्षेत्रका जनतालाई डेल्टा भेरियन्टले अझ बढी प्रभावित बनाएको देखिएको सीएनएनले बताएको छ ।
अमेरिकी विज्ञहरूले नयाँ भेरियन्ट रोकथामको लागि खोप लगाउन जोड दिनुका साथै देशको सीमा खोल्न ध्यान दिनुपर्ने बताएका छन् ।
हालसम्मको अध्ययनले अहिले प्रयोग गरिएको खोपले फैलिँदो भेरियन्टविरुद्ध लडेको देखिएको रोग रोकथाम केन्द्रले जनाएको छ ।
“खोपले कति लामो समय काम गर्छ भन्ने कुराको अध्ययन चालु छ । कतिबेला पुरक खोप चाहिन्छ भन्ने कुराको पनि अध्ययन भइरहेको छ”, क्यालिफोर्निया विश्वविद्यालयको जनस्वास्थ्य कलेजमा अनुसन्धान विभागका सहायक डीन तथा सरुवा रोगका विशेषज्ञ चाङ चाओफेङले भने ।
“भेरियन्टले आफ्नो नङ्ग्रा गाड्नुअघि नै सकेसम्म चाँडो खोप लगाउन हामी सबैलाई आग्रह गर्न चाहन्छौं”, चाङले भने । उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने कुरामा जोड दिन दोहो¥याए । “किनभने खोपले मात्र शतप्रतिशत रक्षा गर्न सक्दैन”, उनले भने ।
Leave a Reply