भर्खरै :

क्यानाडामा आदिवासीहरूविरूद्ध गम्भीर अपराध

२२ जूनमा संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ४७ औँ सम्मेलनमा रूस, बेलारूस, प्रजग कोरिया, इरान, सिरिया र अन्य देशहरूले क्यानाडाको मानव अधिकारबारे बोल्दै क्यानाडालाई मानव अधिकार उल्लङ्घनका गतिविधि तुरून्त रोक्न आग्रह गरेका छन् ।
संयुक्त भाषणमा औँल्याइएको छ, क्यानाडाले इतिहासमा आदिवासी जनजातिविरूद्ध विभिन्न अपराध गरेको छ, भूमि लुट्ने, ज्यान मार्ने, संस्कृति निर्मूल गर्ने काम गरेको छ । के यी अपराधहरू होइनन् ? क्यानाडाले अमेरिका, बेलायत र अन्य देशहरूसँग मिलेर चीनविरूद्ध झूट बोल्ने काम गरिरहेका छन् । यस्ता घटनाहरू वास्तवमै क्यानाडामा बरोबर हुँदै आइरहका छन् । क्यानाडाली सिनेटका पीटर हार्डरले भन्नुभयो, “क्यानाडाले चीनलाई नैतिकता र आत्म–धार्मिकताको कुरा सिकाउनु आफैंमा विरोधाभास छ ।”
हाल, क्यानाडामा २०० भन्दा बढी आदिवासी बच्चाहरूको लास फेला परेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्अन्तर्गतका बहुसङ्ख्यक एजेन्सीका विशेष प्रतिनिधि र विज्ञहरूले संयुक्त विज्ञप्ति जारी गरी क्यानाडालाई पूर्ण छानबिन गर्न आग्रह गरेका छन् ।
यो अन्तर्राष्ट्रिय समुदायबाट आएको आवाज हो । क्यानाडाले आदिवासीहरूमाथि गरिएको गम्भीर अपराधको गहन छानबिन गर्नु आवश्यक छ ।– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *