जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
चिकपाको सफलता प्रदर्शित गर्छ कहिल्यै चीन नछोड्नू भनी डा. हान्स केलरले १९९४ मा आफू निधन हुनुभन्दा अगाडि आफ्नी श्रीमतीलाई दोहो¥याई तेह¥याई भनेका थिए । १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएलगत्तै स्विजरल्याण्डबाट चिकित्सकको डिग्री प्राप्त गरेका एक जर्मन युवक मुलर उत्तरपूर्वी चीनको येनान आइपुगेका थिए र चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) सँगै युद्धमोर्चामा खटिएका थिए । त्यतिबेला चिनियाँ जनता जापानी आक्रमणविरुद्ध प्रतिरोध युद्ध गरिरहेका थिए । पछि मुलर चीनको मुक्ति युद्धमा सामेल भए । सन् १९४९ मा नयाँ चीनको स्थापनापछि उनले आफूलाई चीनको समाजवादी निर्माणमा समर्पित गरे ।
सन् १९२१ मा आफ्नो स्थापनाकालदेखि चिकपाले क्रान्तिको विभिन्न काल तथा निर्माण र सुधारको अवधिमा पनि मुलरजस्ता धेरै विदेशी मित्रहरूलाई आकर्षित ग¥यो । विगत एक शताब्दीमा चिनियाँ कम्युनिस्टहरूसितको अन्तरक्रियाहरूले एउटा यस्तो झ्याल खोल्यो जहाँबाट संसारले चिकपालाई राम्ररी चिन्न र बुझ्न सक्यो ।
आज चिकपा नौ करोडभन्दा बढी सदस्यसहितको विश्वको सबैभन्दा ठुलो राजनीतिक पार्टी रहेको छ । विगत एक शताब्दीमा चिकपाले चिनियाँ जनतालाई राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा, विदेशी शक्तिहरूद्वारा दमित शोषित चीनको निराशाजनक इतिहासलाई बिदाइ गर्न तथा गरिब चीनलाई विश्वको दोस्रो ठुलो अर्थतन्त्रको रूपमा उठाउन नेतृत्व ग¥यो । त्यसबाट चीनमा चौतर्फीरूपमा मध्यम समृद्धि अनुभव गरियो ।
आफ्नो स्थापनाको शत वार्षिकी मनाउन गइरहेको चिकपाले विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशलाई चिनियाँ राष्ट्रको महान् पुनरुत्थानको लक्ष्यतर्फ नेतृत्व गरिरहेको छ ।
अपराजय आश्चर्यजनक शक्ति
चिनियाँ कम्युनिस्टहरू कस्ता छन् ? सन् १९३६ मा अमेरिकी पत्रकार–लेखक एड्गर स्नोले उत्तर पश्चिम चीनको सान्सीमा पुगेर यस प्रश्नको जवाफ प्राप्त गरे । गुफामा रहेको बासमा माओ त्सेतुङ र स्नोले लामो कुराकानी गरे । उनले झन्डै चार महिना अवधिमा सनोले पेङ तेहुवेइ, सु हाइडोङलगायत चिकपाका अन्य वरिष्ठ अधिकारी र सामान्य सैनिकहरूसित कुराकानी गरे र लाल सेनाको जीवनको अनुभव पनि गरे ।
उनको पुस्तक– चीनको आकाशमा रातो तारामा स्नोले चिनियाँ कम्युनिस्टहरू आफ्नो सिद्धान्तमा कति प्रतिबद्ध छन् भनी उल्लेख गर्नुका साथै चिकपाले नेतृत्व गरेका अपराजय र अद्भूत सेना तथा उनीहरूको पछाडि रहेको तोड्नै नसकिने ऊर्जाको बारेमा पनि वर्णन गरे ।
एक अमेरिकी डाक्टर (चिकित्सक) जर्ज हातेम पनि स्नोसँगै उत्तरी सान्सी पुगेका थिए । लालसेनाको वीरता र न्यायप्रियताबाट प्रभावित उनले यात्राको अन्तमा आफू चीनमै बस्ने निर्णय गरे । उनी १९३७ मा चिकपामा सामेल भए र चिकपाको सदस्यता पाउने पहिलो पश्चिमा बने । डाक्टर हातेमपछि चिनियाँ नाम मा हाइडे नामबाट प्रख्यात र लोकप्रिय बने ।
कुनै पनि योगदान गर्नका लागि कसैसित बलियो आत्मिक समर्थन जरूरी हुन्छ ।
विगत १०० वर्षको अवधिमा चिकपा आफ्नो स्थापनाकालीन भावना र अभियानमा अडिग रहेको छ, चिनियाँ राष्ट्रलाई अद्भूत रूपान्तरणमा नेतृत्व गर्न सफलता प्राप्त गरेको छ, विकसित देशको स्तरमा उक्लेको छ र शक्तिमा विस्तार गरेको छ । यस राष्ट्रले विश्वमै बिरलै देख्न पाइने जस्तै दुइटै पक्षमा सफलता प्राप्त गरेको छ ः पहिलो तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता ।
पछिल्लो शताब्दीमा चिकपा विश्वकै सबैभन्दा सफल राजनीतिक पार्टी रह्यो भन्दा अत्युक्ति नभएको बेलायती राजनीतिक विद्वान मार्टिन ज्याक्सले उल्लेख गरेका छन् ।
त्यस्तै चीनमा विगत पन्ध्र वर्षदेखि शाङ्घाइमा बसेर आफ्नो कम्पनी चलाउँदै आएका एक फ्रान्सेली शेफ तथा व्यवसायी कोरेन्टिन डेलक्रोइक्सका अनुसार शीतयुद्धदेखि पश्चिमा किसिमको साम्यवादप्रति मानिसको आकर्षण घट्यो । उनी अगाडि भन्छन्–पश्चिमा दुष्प्रचारको प्रभावमा परेर धेरै मानिसहरू बुझ्दै नबुझी साम्यवाद स्वयम्लाई भयानक व्यवस्थाको रूपमा लिने गर्छन् । चीनमा आएर त्यो भ्रमबाट पूर्णतया मुक्त भएँ ।

प्रख्यात अमेरिकी पत्रकार एड्गर स्नो
Leave a Reply