भर्खरै :

किन अनुसन्धान हुनुपर्छ फोर्ट डेट्रिक प्रयोगशालामा ?

कोभिड–१९ को उत्पत्तिबारे संरा अमेरिकाले अझै ‘भाइरस प्रयोगशालाबाट चुहेको भनाइ’ छोड्न चाहेको छैन । विश्व स्वास्थ्य सङ्गठन र चीनले संयुक्तरूपमा गरेको अध्ययनले यो निरर्थक भनाइमा धेरै समय खेर फाल्न व्यर्थ भएको भनेपछि संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पलाई पछ्याउँदै उहानमा रहेको जैविक प्रयोगशालामा अर्को अनुसन्धानको माग गरेका छन् ।
तर, संरा अमेरिकाका धेरै जैविक प्रयोगशालाहरूतिर पनि चुहावटको औँला तेर्सिरहेको छ । धेरै चिनियाँहरू संरा अमेरिकाको फोर्ट डेट्रिकको प्रयोगशालामाथि प्रश्न उठाइरहेका छन् । अमेरिकाले दोस्रो विश्व युद्धमा त्यो जैविक हतियारको प्रयोगशाला स्थापना गरेको थियो ।
फोर्ट डेट्रिकलाई स्वागत गर्दैनन् चिनियाँ जनता
फोर्ट डेट्रिक र कोभिड–१९ बीचको सम्भावित सम्बन्धले चिनियाँ जनतालाई दोस्रो विश्वयुद्धका खराब घटना याद गर्न बाध्य बनाएको छ ।
जापानी सेना, विशेषतः एकाइ नं ७३१ ले चीनका जीउँदा मानिसमाथि अत्यन्त क्रूर प्रयोग गरेका थिए । जापानीहरूले चिनियाँ जनतालाई जिउँदै चिरफार, विषाक्त ग्यासको परीक्षण, जैविक हतियारको परीक्षण, बेहोस नबनाई अङ्गभङ्ग गर्ने जस्ता काम र त्योभन्दा अरू धेरै जघन्य प्रयोगहरू गथ्र्यो ।
चीन, सोभियत सङ्घ, कोरिया, मङ्गोलिया, बेलायत र अरू पनि देशका स्वस्थ मानिसको शरीरमा जानाजान ब्याक्टेरिया र भाइरस पठाएर त्यसको प्रभाव कस्तो हुन्छ भन्ने कुराको अध्ययन एकाइ नं ७३१ ले गथ्र्यो ।
संरा अमेरिकी नागरिकलाई सेतो मुसा (गिनी पिग) को रूपमा प्रयोग गरिन्थ्यो ।
यस्ता प्रयोगको क्रममा ३ हजारभन्दा बढी मानिस मारिएका थिए भने त्यो राक्षसी एकाइले बनाएका जैविक हतियारको कारण लाखौँ लाख मानिस मारिएका थिए ।
आश्चर्यको कुरा त युद्धपछि ती अमानवीय प्रयोगका नतिजा र तथ्याङ्क सबै अमेरिकीहरूलाई बेचिएको थियो ।

“मेकआर्थीले इशी र उसको गोप्य सञ्जालका सबै मानिसको ज्यान जोगाउने जिम्मा लिएका थिए । युद्ध अपराधीमाथि सजाय गर्ने न्यायाधीशहरूलाई इशीको विषयमा थाहा पत्तो पनि दिइएन” । पोर्टले भने, “यसरी मेकआर्थीले इशीसँग भएको तथ्याङ्कको भरपुर फाइदा उठाए ।”
सन् १९८० को दशकमा यो विषयमा धेरै सञ्चारमाध्यममा समाचारहरू प्रकाशन भएका थिए । एसोसिएट प्रेस र लस एन्जल्स टाइम्समा पनि यस विषयमा समाचार प्रकाशित भएका थिए । त्यसले पनि वास्तवमै अमेरिकी र जापानीहरूबीच त्यत्तिबेलाका आदानप्रदानलाई पुष्टि गर्दछ ।
“इशी आफैले फोर्ट डेट्रिकमा जैविक हतियारसम्बन्धी सल्लाहकारको काम गरेका थिए”, चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन् ।

एकाइ नं ७३१ बारे अनुसन्धान गर्न फोर्ट डेट्रिकले जापानमा धेरै मानिस पठाएको थियो । लेफ्टिनेन्ट कर्णेल मुरे स्लान्डर्स, लेफ्टिनेन्ट कर्णेल अर्भो टी. थोम्पसन र डा.नोर्बट एच. फेललगायतका अमेरिकी अधिकारीहरू जनरन डोग्लस मेकअर्थरको निर्देशनमा जापान गएका थिए ।
“जैविक हतियारबारे जापानीहरूको जानकारी थाहा पाउन अमेरिकी सरकारले ठुलो चासो देखाएको थियो”, ‘युद्धमा जापानी नृशंसताको इतिहासको चर्चाः डाक्टर एवम् जनरल शिरो इशीको कथा’ नामको पुस्तकमा केनेथ पोर्टमा लेखिएको छ । त्यो पुस्तक एकाइ नं ७३१ का प्रमुख शिरो इशीको जीवनी हो ।
इशीलगायत केही जापानी युद्ध अपराधीलाई कुनै कारबाही गर्ने कुनै पनि प्रमाण र आधार नभेटाओस् भनेर संरा अमेरिकाले त्यो एकाइका सबै नतिजा र तथ्याङ्क हात पारेको थियो ।
“मेकआर्थीले इशी र उसको गोप्य सञ्जालका सबै मानिसको ज्यान जोगाउने जिम्मा लिएका थिए । युद्ध अपराधीमाथि सजाय गर्ने न्यायाधीशहरूलाई इशीको विषयमा थाहा पत्तो पनि दिइएन” । पोर्टले भने, “यसरी मेकआर्थीले इशीसँग भएको तथ्याङ्कको भरपुर फाइदा उठाए ।”
सन् १९८० को दशकमा यो विषयमा धेरै सञ्चारमाध्यममा समाचारहरू प्रकाशन भएका थिए । एसोसिएट प्रेस र लस एन्जल्स टाइम्समा पनि यस विषयमा समाचार प्रकाशित भएका थिए । त्यसले पनि वास्तवमै अमेरिकी र जापानीहरूबीच त्यत्तिबेलाका आदानप्रदानलाई पुष्टि गर्दछ ।
“इशी आफैले फोर्ट डेट्रिकमा जैविक हतियारसम्बन्धी सल्लाहकारको काम गरेका थिए”, चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन् ।
“संरा अमेरिकाले किटाणु युद्धबारे एकाइ नं ७३१ मा तथ्याङ्क खरिद गर्न २ लाख ५० हजार जापानी येन भुक्तानी गरेको थियो”, वाङले भनेका छन् ।
कोभिड–१९ को स्रोत फोर्ट डिट्रेक हुनसक्नेमा चीनका जनता त्रसित छन् । प्रवक्ता वाङले कोभिड–१९ को उत्पत्तिसँग फोर्ट डेट्रिकको सम्भावित सम्बन्धबारे स्वतन्त्र अनुसन्धान गर्न संरा अमेरिकाले वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीलाई आमन्त्रण गर्नुपर्ने माग गरेका छन् ।
फोर्ट डेट्रिकको खराब सुरक्षा रेकर्ड
फोर्ट डेट्रिकको प्रयोगशाला अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अस्थायी रूपमा बन्द गराएको थियो । ‘प्रयोग भएर खेर जाने पानीलाई सफा बनाउने फोर्ट डेट्रिक बन्द गर्नुपरेको’ प्रयोगशालाबाट जारी वक्तव्यमा उल्लेख छ ।
सन् २०१९ को अगस्टमा प्रयोगशाला बन्द गरिएको थियो । सर्वसाधारणले कोभिड–१९ बारे थाहा पाउनुभन्दा केही समयअघि मात्र त्यस्तो घटना भएको थियो ।
तर, प्रयोगशाला बन्द गर्नुसँग महामारीको सम्बन्ध भएकोमा कुनै सार्वजनिक प्रमाण छैन ।
फोर्ट डेट्रिक बन्द भएको त्यो नै पहिलो पटक भने होइन । ‘द न्यु योर्क टाइम्स’ पत्रिकाका अनुसार सन् २००९ मा पनि प्रयोगशाला बन्द गरिएको थियो । कुनै अर्कै गलत कार्यबापत प्रयोगशाला बन्द गराइएको थियो । सन् २००१ मा भएको एन्थ्राक्स हमलामा नेतृत्वदायी भूमिका खेलेको आशङ्का त्यो पत्रिकाले गरेको थियो । एन्थ्राक्स हमलाका मुख्य व्यक्ति डा. ब्रुस इ. इभिन्स फोर्ट डेट्रोटमा काम गर्थे ।
सारमा भन्दा खराब इतिहास र खराब सुरक्षा रेकर्डले फोर्ट डेट्रिकमाथि अनुसन्धान गर्नुपर्ने आवाज उठाउन चिनियाँहरूलाई मनग्य आधार दिएको छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन
 

One response to “किन अनुसन्धान हुनुपर्छ फोर्ट डेट्रिक प्रयोगशालामा ?”

  1. NAPIT GOMISHDAS says:

    विश्व मा कोरोना नामबाट संक्रमण बढ्नु ६ महिना अगाडि अमेरिकामा यस्तै करिब ५०० जना जति मान्छेहरु अज्ञात फ्ल्यु बाट मरेको विवरण दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *