भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
नेपाल कृषिप्रधान देश हो । यहाँका ६५ प्रतिशत जनता अझै कृषि पेशामा आबद्ध छन् । नेपालले २०६० देखि प्रत्येक वर्ष धान दिवस मनाउँदै आएको छ । यो वर्ष पनि धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइयो । कृषि क्षेत्रको प्रवद्र्धन र कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले धान दिवस त मनाइयो । तर, उद्देश्यअनुुसार कृषि क्षेत्रको प्रवद्र्धन भएन, कृषकहरू प्रोत्साहित भएनन् । नेपाल धानमा आत्मनिर्भर हुने दिशामा रहेको सरकारी दाबी छ । नेपाल आत्मनिर्भर हुने दिशामा रहेको कुरा कसैले फुकेर, धान दिवस मनाएर हुने होइन । यसको लागि पूर्वाधार आवश्यक छ । कृषि प्रणाली आधुनिकीकरण र वैज्ञानिकीकरण हुनुपर्छ । कृषिप्रधान देश अझै खद्यान्नमा आत्मनिर्भर नहुनु विडम्बनाको विषय हो । अन्नको भण्डार भनिएको तराई डुवानमा पर्छ, डुबानमा परेर बालीनाली नोक्सान हुन्छ । बाढीले घर बगाउँछ र उठिबास हुन्छ । किसानहरूको मेहनत, परिश्रम सबै खेर जान्छ । अन्नको भण्डार भनिएको तराई नै डुवानमा पर्छ भने देश कसरी खाद्यान्नमा आत्मनिर्भर हुन्छ । खेती प्रणाली पुरानै छ । कृषि औजारहरू सर्वसुलभ र सस्तो छैन । ती सामग्रीहरू गाउँ–गाउँमा पुगेका छैनन् । सिँचाइ सबै ठाउँमा पुगेको छैन । नयाँ–नयाँ बीउबिजन उत्पादन भएको छैन । कति जग्गा बाँझै छ । समयमा मल आइपुग्दैन । ढिलो आएको मल पनि कहिले गुणस्तरहीन, कहिले म्याद नाघेको त कहिले तौल नपुगेको हुन्छ । गुणस्तरहीन मलले कसरी उत्पादन हुन्छ ? मल ढिलो आएपछि उत्पादन कसरी बढ्छ ? यसरी खेतीपातीको लागि आवश्यक मल पनि समयमा आउँदैन, सिँचाइको व्यवसाय हुँदैन र नयाँ–नयाँ बीउबिजन र कृषि औजारहरू सर्वसुलभ हुँदैन भने कसरी उत्पादन बढ्छ र खाद्यान्नमा आत्मनिर्भर हुन्छ ?
सरकारी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा भारतबाट ४८ अर्ब १६ करोड रूपैयाँ बराबरको चामल आयात भएको छ । ६५ प्रतिशत जनता कृषि पेशामा आबद्ध भए पनि नेपालले भारत, चीन, फिलिपिन्स, जापान, थाइल्यान्ड, अमेरिकालगायतका देशबाट चामल आयात भइरहेको छ । हरेक वर्ष चामलको आयात बढिरहेको छ । धान विज्ञ भोलामान सिंह बस्नेतले प्रत्येक वर्ष चामल आयात बढिरहनु मुलुकको लागि चिन्ताको विषय भएको बताए । अतः धान दिवसमा आकर्षक या लोभलाग्दो नारा बनाएर चामल या खाद्यान्नमा आत्मनिर्भर हुँदैन । बाँझो जग्गामा खेती गर्ने र खेतीपातीको लागि आवश्यक स्रोत र साधन सस्तो सुलभ भए उत्पादन बढ्छ र मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन्छ । दुई–तीन दशक अघिसम्म खाद्यान्नमा आत्मनिर्भर नेपाल अहिले कसरी परनिर्भर भयो ? कृषिमन्त्री या मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर गर्नेतर्फ ध्यान नै दिएनन्, पूर्वाधार नै तयार गरेनन् । सरकारको ध्यान या चिन्तन नपुग्दा या आवश्यक योजना, बजेट तयार नगरेको कारण देश चामलमा आत्मनिर्भर बन्न नसकेको हो ।
Leave a Reply