सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भारतको हरियाणा राज्यको नुह जिल्लाअन्तर्गत आउने इन्दरी गाउँमा ३० मे २०२१ को दिन एम सभा भयो । त्यस सभाका एक वक्ताले सोधे, –उनीहरू हाम्रा आमा र दिदी–बहिनीहरूको नाङ्गो तस्बिर खिँच्छन्, के हामी उनीहरूको हत्या पनि गर्न पाउँदैनौँ ? यस प्रश्नमा उनीहरूको नाम उल्लेख छैन । ती को हुन् र कसको हत्या गर्ने छुट मागिँदै छ ? सर्वनामको प्रयोग चतु¥याइँपूर्वक गरिएको छ । स्रोताहरूलाई थाहा थियो कि ती को हुन् र कसको हत्या दिनदहाडै गर्ने अधिकार उनीहरू खोजिरहेका छन् ?
त्यो सभा हरियाणा, उत्तर प्रदेश र राजस्थानबाट आएकाहरूको थियो । उनीहरू १६ मे का दिन जीम ट्रेनर मुस्लिम युवक आशिफको हत्याका अभियुक्तहरूलाई छोड्ने माग गर्दै भेला भएका थिए । आशिफ र उनको भाइ राशिदमाथि केही मानिसहरूले अचानक हमला गरे र पिटिपिटिकन आशिफलाई मारिदिए । राशिद बाँचे र उनले भने हमलाकारीहरूले जय श्री राम भनिरहेका थिए र उनीहरूलाई पनि जय श्री राम भन्न बाध्य पारिरहेका थिए । त्यस भीडले सबै मुसलमानहरूको हत्या गरिदिने धम्की दिइरहेको थियो ।

अपूर्वानन्द
आशिफको हत्या साम्प्रदायिक घृणाको कारण नगरिएको हो तर अब उसका हत्याराहरूको पक्षमा जे जति गतिविधि भइरहेका छन् ती निश्चय पनि मुसलमानविरोधी घृणामा आधारित साम्प्रदायिक हिंसा भड्काउने प्रयास हो । के यसलाई सहेर टुलुटुलु हेरेर बस्न मिल्छ ?
धर्म निरपेक्षताको वकालत गर्ने काङ्ग्रेस पार्टी र वामपन्थी पार्टीहरू किन चुपचाप छन् ? यिनीहरू यसकारण चुप लागेका छैनन् कि यस मुसलमानविरोधी अभियानमा सामेलहरूमध्येमा केही आफ्ना मतदाता हुन् र ती पार्टी तिनीहरूलाई गुमाउन चाहँदैनन् ।
उनीहरूका ती भिडियो अब सामाजिक सञ्जालमा चारैतिर फैलिरहेका छन् । त्यस्तै जुन व्यक्तिले रेलमा एक मुस्लिम युवक जुन्नैदको हत्या गरे उसले पनि साहसपूर्वक भने कि उसले उयक जिहादीलाई मारेका थिए । स्मरणहोस्, प्रहरीले जुन्नेदको हत्या रेलमा सीटका लागि भएको झगडामा भएको मृत्यु बताएको थियो । प्रहरीका अनुसार त्यो साम्प्रदायिक हिंसा थिएन । तर, अभियुक्त स्वयम्ले स्वीकारिरहेका छन् कि उसले जुन्नैदलाई मुसलमान भएकै कारण मारिएको थियो ।
ती साम्प्रदायिक सभा भएको हप्तौँ दिन भइसक्यो तर प्रहरीले आजसम्म न सभाका आयोजकहरूमाथि न त वक्ताहरूमाथि कुनै कारबाही गरेको छ । आफ्नो जायज माग राखेर आन्दोलनमा उत्रेका किसानहरूलाई प्रहरीले सक्रियतासाथ पक्राउ गर्छ तर संविधानको धारा १४४ (निषेधाज्ञा) लागू हुँदा हुँदै पनि त्यस्ता साम्प्रदायिक सभा भइरहेको चाहिँ टलुटुलु हेरेर बस्छ । खुलेआम साम्प्रदायिक हिंसालाई उक्साउनेहरूका विरुद्ध कानुनी कारबाही गर्नमा प्रहरकिो कुनै तत्परता देखिएको छैन । सरकार र शासक पार्टी – भाजपाको राजनीति नै मुसलमानविरोधी घृणालाई उक्साउनुमा टिकेको छ । यसकारण, त्यस पार्टी र एनडीए गठबनधनका कुनै पार्टीबाट आशा गर्नु नै बेक्कार छ । तर, अन्य विपक्षी पार्टीहरूले पनि यस घृणा र हिंसाको खुला प्रचारविरुद्ध कुनै वक्तव्यसम्म दिन आवश्यक ठानिरहेका छैनन् किन ?
चालु किसान आन्दोलनको एक केन्द्र हरियाणा हो । त्यहाँका जनताले सरकारी दमन पनि झेलिरहेका छन् । तर, किसान आन्दोलनका नेताहरूले पनि यसखाले हिंसाको प्रचारविरुद्ध केही बोलेका छैनन् । यस स्थितिलाई कसरी लिने ? यसको निष्कर्ष के निकाल्ने ? यदि मर्ने मान्छे मुसलमान र अभियुक्त हिन्दु भएमा के अभियुक्तकै पक्षमा हिन्दुहरू गोलबद्ध हुने हो ? र अभियुक्तलाई छोड्ने माग गर्ने हो ?
हुनसक्छ, आशिफको हत्या साम्प्रदायिक घृणाको कारण नगरिएको हो तर अब उसका हत्याराहरूको पक्षमा जे जति गतिविधि भइरहेका छन् ती निश्चय पनि मुसलमानविरोधी घृणामा आधारित साम्प्रदायिक हिंसा भड्काउने प्रयास हो । के यसलाई सहेर टुलुटुलु हेरेर बस्न मिल्छ ?
धर्म निरपेक्षताको वकालत गर्ने काङ्ग्रेस पार्टी र वामपन्थी पार्टीहरू किन चुपचाप छन् ? यिनीहरू यसकारण चुप लागेका छैनन् कि यस मुसलमानविरोधी अभियानमा सामेलहरूमध्येमा केही आफ्ना मतदाता हुन् र ती पार्टी तिनीहरूलाई गुमाउन चाहँदैनन् ।
आज यो भारतको सामाजिक स्वभाव बन्दै गएको छ कि मुसलमानहरूलाई खुलेआम मारिदिन सकिन्छ । उनीहरूका विरुद्ध हिंस्रक प्रचार गर्न सकिन्छ र यसलाई प्रहरी र प्रशासनदेखि लिएर राजनीतिक दलहरूसम्म कसैले गम्भीर मामिला मान्न तयार छैनन् ।
सन् १९३० को दशकमा जर्मनीमा हिटलर र नाजी पार्टीको उदयपछि त्यहाँका कम्युनिस्टहरू र यहुदीहरूविरुद्ध पनि यस्तैखाले दुव्र्यवहार र खुलेआम हत्या गरिएका थिए । अरू कसैले समयमै विरोध नगर्दा नाजी आतङ्क जर्मनीभित्र मात्र नभई सारा युरोपमा विस्तार भएको थियो ।
गत वर्ष दिल्लीमा केन्द्रीय सरकारका मन्त्रीहरू र भाजपाका नेताहरूले सीएएको विरोध गरिरहेका आन्दोलनकारीहरूविरुद्ध खुलेरै हिंसा भड्काएका थिए । हिंसा भड्कियो र ५३ जनाले ज्यान गुमाए, हजारौँ जना विस्थापित भए । तर दिल्ली प्रहरीले हिंसाको प्रचारमाथि कुनै पनि कारबाही गर्न अस्वीकार गरिदियो ।
दिल्लीको उच्च न्यायालयले पनि साम्प्रदायिक हिंसाको आह्वान वा प्रचारको विरुद्ध जाहेरी दर्ता गर्ने निवेदनलाई चिसो टोकरीमा हालिदियो । अर्थात् यस्तो हिंसा प्रचारको लागि भारतमा अब खुला छुट छ । तपाईँ मुसलमानहरूमाथि खुला मञ्चबाट गाली दिन सक्नुहुन्छ । तिनीहरूको हत्या गर्ने कुरा गर्नसक्नुहुन्छ । एक हत्यारा शानले छाती फुकाएर हिँड्न सक्छ र कसैलाई केही पनि गरिने छैन ।
के भारतको हिन्दु समाजले यसबारे केही सोच्नुपर्दैन ? के ती साम्प्रदायिक सभाहरूमा भाग लिनेहरू र मुसलमानहरूविरुद्ध हिंसाको मनसाय राख्नेहरूयस समाजमा बढ्दै गएका छन् र यो के सभ्य समाजका लागि चिन्ताको विषय हुनुपर्दैन ?

राजस्थानको राजसमंद सहरमा हत्याका अभियुक्तको समर्थनमा हिन्दूहरूको साम्प्रदायिक जुलुस
Leave a Reply