भर्खरै :

के भारतको हिन्दु समाज हत्याराहरूको साझेदार बन्दै गएको हो ?

भारतको हरियाणा राज्यको नुह जिल्लाअन्तर्गत आउने इन्दरी गाउँमा ३० मे २०२१ को दिन एम सभा भयो । त्यस सभाका एक वक्ताले सोधे, –उनीहरू हाम्रा आमा र दिदी–बहिनीहरूको नाङ्गो तस्बिर खिँच्छन्, के हामी उनीहरूको हत्या पनि गर्न पाउँदैनौँ ? यस प्रश्नमा उनीहरूको नाम उल्लेख छैन । ती को हुन् र कसको हत्या गर्ने छुट मागिँदै छ ? सर्वनामको प्रयोग चतु¥याइँपूर्वक गरिएको छ । स्रोताहरूलाई थाहा थियो कि ती को हुन् र कसको हत्या दिनदहाडै गर्ने अधिकार उनीहरू खोजिरहेका छन् ?
त्यो सभा हरियाणा, उत्तर प्रदेश र राजस्थानबाट आएकाहरूको थियो । उनीहरू १६ मे का दिन जीम ट्रेनर मुस्लिम युवक आशिफको हत्याका अभियुक्तहरूलाई छोड्ने माग गर्दै भेला भएका थिए । आशिफ र उनको भाइ राशिदमाथि केही मानिसहरूले अचानक हमला गरे र पिटिपिटिकन आशिफलाई मारिदिए । राशिद बाँचे र उनले भने हमलाकारीहरूले जय श्री राम भनिरहेका थिए र उनीहरूलाई पनि जय श्री राम भन्न बाध्य पारिरहेका थिए । त्यस भीडले सबै मुसलमानहरूको हत्या गरिदिने धम्की दिइरहेको थियो ।

अपूर्वानन्द


प्रहरीले ढिलै भए पनि जाहेरीमा नाम रहेका १४ जना अभियुक्तहरूमध्ये केहीलाई पक्राउ ग¥यो । त्यो घटना कुनै साम्प्रदायिक हिंसाको घटना नभएको प्रहरीको दाबी छ । पुरानो व्यक्तिगत रिसइवीलाई साँध्न साम्प्रदायिकताको रङ्ग दिएर हत्याकाण्ड गराइएको मात्र हो ।
प्रहरीले स्पष्ट पारे पनि मेवातमा त्यस हत्याकाण्डपछि अझै पनि द्विविधा छ कि यो साम्प्रदायिक हिंसा हो कि सामान्य हिंसा । मेवातमा मुसलमानहरूको बसोबास पनि बाक्लै छ । अहिले त उनीहरूले प्रहरीको कारबाहीमा भरोसा गरेको र अभियुक्तहरूलाई कारबाही हुनेमा आशावादी रहेको बताइरहेका छन् । तर, भित्रभित्रै उनीहरूमा कतै त्यस्तै हिंसाको अर्को शिकार आफू त हुने होइन भन्ने डरत्रास रहेको उनीहरूमध्ये केहीले खुलासा गरेका छन् ।
उनीहरूको आरोप छ कि यो साम्प्रदायिक हिंसा नै हो । यसो हुँदाहुँदै पनि मुसलमान समुदायले कुनै सार्वजनिक सभा वा विरोध प्रदर्शन गरेको छैन र अपराधीहरूमाथि कारबाही गर्ने काम प्रहरीलाई छोडिदिएका छन् । तर, स्वयम्लाई हिन्दु हितको रक्षक दाबी गर्ने सङ्गठन र व्यक्तिहरू सक्रिय भएका छन् र अभियुक्तहरूको विनासर्त रिहाइको माग गर्दै ठाउँ–ठाउँमा पञ्चायत (बैठक) गरिरहेका छन् ।
ती सभाका भाषणहरूमा स्पष्ट छ कि उनीहरूले ती हत्या आफूहरूले गरेको भनिरहेका छन् । तर, अभियुक्तहरूको नाम लिएर तिनीहरूले नमारेको भनिरहेका छन् । उनीहरूको कथन थियो – आशिफ आफ्नो कर्तुतको कारण मारिए । उसले हाम्रा आमा, दिदबिहिनीहरूको नाङ्गो तस्बिर खिचिरहेका थिए ।… के हामी उसको हत्या पनि गर्नसक्दैनौँ ? हामी उनीहरूलाई गोली ठोकिदिन्छौँ र हेर्नेछौँ कि कसले आफ्नी आमाको दूध पिएको छ र हामीलाई रोक्न आउँछ ….।
सभाका वक्ताहरूले मुसलमानहरूका लागि अपशब्द भरपुर प्रयोग गरेर गाली गरे ।

आशिफको हत्या साम्प्रदायिक घृणाको कारण नगरिएको हो तर अब उसका हत्याराहरूको पक्षमा जे जति गतिविधि भइरहेका छन् ती निश्चय पनि मुसलमानविरोधी घृणामा आधारित साम्प्रदायिक हिंसा भड्काउने प्रयास हो । के यसलाई सहेर टुलुटुलु हेरेर बस्न मिल्छ ?
धर्म निरपेक्षताको वकालत गर्ने काङ्ग्रेस पार्टी र वामपन्थी पार्टीहरू किन चुपचाप छन् ? यिनीहरू यसकारण चुप लागेका छैनन् कि यस मुसलमानविरोधी अभियानमा सामेलहरूमध्येमा केही आफ्ना मतदाता हुन् र ती पार्टी तिनीहरूलाई गुमाउन चाहँदैनन् ।

उनीहरूका ती भिडियो अब सामाजिक सञ्जालमा चारैतिर फैलिरहेका छन् । त्यस्तै जुन व्यक्तिले रेलमा एक मुस्लिम युवक जुन्नैदको हत्या गरे उसले पनि साहसपूर्वक भने कि उसले उयक जिहादीलाई मारेका थिए । स्मरणहोस्, प्रहरीले जुन्नेदको हत्या रेलमा सीटका लागि भएको झगडामा भएको मृत्यु बताएको थियो । प्रहरीका अनुसार त्यो साम्प्रदायिक हिंसा थिएन । तर, अभियुक्त स्वयम्ले स्वीकारिरहेका छन् कि उसले जुन्नैदलाई मुसलमान भएकै कारण मारिएको थियो ।
ती साम्प्रदायिक सभा भएको हप्तौँ दिन भइसक्यो तर प्रहरीले आजसम्म न सभाका आयोजकहरूमाथि न त वक्ताहरूमाथि कुनै कारबाही गरेको छ । आफ्नो जायज माग राखेर आन्दोलनमा उत्रेका किसानहरूलाई प्रहरीले सक्रियतासाथ पक्राउ गर्छ तर संविधानको धारा १४४ (निषेधाज्ञा) लागू हुँदा हुँदै पनि त्यस्ता साम्प्रदायिक सभा भइरहेको चाहिँ टलुटुलु हेरेर बस्छ । खुलेआम साम्प्रदायिक हिंसालाई उक्साउनेहरूका विरुद्ध कानुनी कारबाही गर्नमा प्रहरकिो कुनै तत्परता देखिएको छैन । सरकार र शासक पार्टी – भाजपाको राजनीति नै मुसलमानविरोधी घृणालाई उक्साउनुमा टिकेको छ । यसकारण, त्यस पार्टी र एनडीए गठबनधनका कुनै पार्टीबाट आशा गर्नु नै बेक्कार छ । तर, अन्य विपक्षी पार्टीहरूले पनि यस घृणा र हिंसाको खुला प्रचारविरुद्ध कुनै वक्तव्यसम्म दिन आवश्यक ठानिरहेका छैनन् किन ?
चालु किसान आन्दोलनको एक केन्द्र हरियाणा हो । त्यहाँका जनताले सरकारी दमन पनि झेलिरहेका छन् । तर, किसान आन्दोलनका नेताहरूले पनि यसखाले हिंसाको प्रचारविरुद्ध केही बोलेका छैनन् । यस स्थितिलाई कसरी लिने ? यसको निष्कर्ष के निकाल्ने ? यदि मर्ने मान्छे मुसलमान र अभियुक्त हिन्दु भएमा के अभियुक्तकै पक्षमा हिन्दुहरू गोलबद्ध हुने हो ? र अभियुक्तलाई छोड्ने माग गर्ने हो ?
हुनसक्छ, आशिफको हत्या साम्प्रदायिक घृणाको कारण नगरिएको हो तर अब उसका हत्याराहरूको पक्षमा जे जति गतिविधि भइरहेका छन् ती निश्चय पनि मुसलमानविरोधी घृणामा आधारित साम्प्रदायिक हिंसा भड्काउने प्रयास हो । के यसलाई सहेर टुलुटुलु हेरेर बस्न मिल्छ ?
धर्म निरपेक्षताको वकालत गर्ने काङ्ग्रेस पार्टी र वामपन्थी पार्टीहरू किन चुपचाप छन् ? यिनीहरू यसकारण चुप लागेका छैनन् कि यस मुसलमानविरोधी अभियानमा सामेलहरूमध्येमा केही आफ्ना मतदाता हुन् र ती पार्टी तिनीहरूलाई गुमाउन चाहँदैनन् ।
आज यो भारतको सामाजिक स्वभाव बन्दै गएको छ कि मुसलमानहरूलाई खुलेआम मारिदिन सकिन्छ । उनीहरूका विरुद्ध हिंस्रक प्रचार गर्न सकिन्छ र यसलाई प्रहरी र प्रशासनदेखि लिएर राजनीतिक दलहरूसम्म कसैले गम्भीर मामिला मान्न तयार छैनन् ।
सन् १९३० को दशकमा जर्मनीमा हिटलर र नाजी पार्टीको उदयपछि त्यहाँका कम्युनिस्टहरू र यहुदीहरूविरुद्ध पनि यस्तैखाले दुव्र्यवहार र खुलेआम हत्या गरिएका थिए । अरू कसैले समयमै विरोध नगर्दा नाजी आतङ्क जर्मनीभित्र मात्र नभई सारा युरोपमा विस्तार भएको थियो ।
गत वर्ष दिल्लीमा केन्द्रीय सरकारका मन्त्रीहरू र भाजपाका नेताहरूले सीएएको विरोध गरिरहेका आन्दोलनकारीहरूविरुद्ध खुलेरै हिंसा भड्काएका थिए । हिंसा भड्कियो र ५३ जनाले ज्यान गुमाए, हजारौँ जना विस्थापित भए । तर दिल्ली प्रहरीले हिंसाको प्रचारमाथि कुनै पनि कारबाही गर्न अस्वीकार गरिदियो ।
दिल्लीको उच्च न्यायालयले पनि साम्प्रदायिक हिंसाको आह्वान वा प्रचारको विरुद्ध जाहेरी दर्ता गर्ने निवेदनलाई चिसो टोकरीमा हालिदियो । अर्थात् यस्तो हिंसा प्रचारको लागि भारतमा अब खुला छुट छ । तपाईँ मुसलमानहरूमाथि खुला मञ्चबाट गाली दिन सक्नुहुन्छ । तिनीहरूको हत्या गर्ने कुरा गर्नसक्नुहुन्छ । एक हत्यारा शानले छाती फुकाएर हिँड्न सक्छ र कसैलाई केही पनि गरिने छैन ।
के भारतको हिन्दु समाजले यसबारे केही सोच्नुपर्दैन ? के ती साम्प्रदायिक सभाहरूमा भाग लिनेहरू र मुसलमानहरूविरुद्ध हिंसाको मनसाय राख्नेहरूयस समाजमा बढ्दै गएका छन् र यो के सभ्य समाजका लागि चिन्ताको विषय हुनुपर्दैन ?

राजस्थानको राजसमंद सहरमा हत्याका अभियुक्तको समर्थनमा हिन्दूहरूको साम्प्रदायिक जुलुस


जब हामी यस्तो कुरा उठाउँछौं केही मानिसहरू प्रश्न गर्न थाल्छन् कि कुनै बेला फलाना मुसलमानले एक हिन्दुलाई मारेको बेला वा बलात्कार गरेको बेला तिमी कहाँ थियौ ? उनीहरू यो प्रश्नमाथि भने विचार गर्न चाहँदैनन् कि के कहिल्यै यस्तो मामिलामा अभियुक्तको पक्षमा मुसलमानहरूले जुलुस निकालेका थिए या सभा गरेका थिए ? के कुनै मुसलमान नेताले सार्वजनिक रूपमाहिन्दुको हत्या गर्नुपर्छ भनी भाषण दिए ? के कुनै मुसलमान नेताले हत्याका कुनै अभियुक्त जमानतमा रिहा भएपछि अभियुक्तलाई फूलमाला लगाइदिए ? त्यसैले यस्तो तुलना गर्नु नै बेइमानी हो ।
हामी हाम्रो देशको गहिरो हुँदै गएको रोगलाई हेर्न चाहिरहेका छेनौँ । त्यस रोगले भारतको हिन्दु समाजलाई भित्रैदेखि खोक्रो बनाउँदै छ । यस्तो हामीले कठुवामा पनि देखिसकेका छौँ । दादरी र रामगढमा पनि । यदि कुनै हिन्दुले मुसलमानको विरुद्ध हिंसा गरेमा वा बलात्कार गरेमा वा हत्या नै गरेमा पनि उसकै पक्षमा गाउँकाहरू, जातिकाहरू या हिन्दुहरू जुलुस निकाल्न लाग्छन् । राजसमंदमा अफराजुलको हत्या गरेका शम्भुलाल रैगरको सम्मानमा झाँकी रामनवमीजस्तो पवित्र अवसरमा निकालेको थियो । त्यसको लागि घरघरबाट चन्दा सङ्कलन गरिएको थियो । यो बिमारी (रोग) पूरै भारतको हिन्दु समाजमा फैलिरहेको छ ।
यसबारे चिन्तित हुनुको विपरीत धेरै मानिसहरू भनिरहेका छन् कि किनभने अहिले चुनाव हुनेवाला छ, त्यसैले मुसलमानविरोधी हिंसा बढिरहेको छ । यस्तो गरेर भारतीय जनता पार्टीको पक्षमा हिन्दुहरूको ध्रुवीकरण गरिँदै छ । सल्लाह दिइँदै छ कि मुसलमानहरूले आफूमाथि भइरहेका हिंसालाई विषय नबनाओस् र चुपचाप बसोस् किनभने भाजपा यही चाहन्छ कि मुसलमानहरूले आफूमाथि भएको हिंसाको विरोध र प्रतिकार गरुन् र त्यसो भएपछि नै हिन्दुहरू भाजपातर्फ जानेछन् ।
यो कस्तो अचम्मलाग्दो तर्क । मुसलमानले हिंसा झेल्दै गरोस् । मुख पनि नखोलोस् किनभने त्यसबाट उनीहरूका हत्याराहरूलाई फाइदा पुग्नेछ, किनभने हत्याराहरूको संरक्षक पार्टीले चुनाव जित्नेछ ।
यहाँ यो पनि स्पष्ट हुनुपर्छ कि यो कुनै चुनाव नजिक आएको देखेर हिन्दुहरूको ध्यान – असली विषयहरूबाट भड्काउने षडयन्त्र होइन । बरू असली विषय त पछिल्लो सात वर्षभित्र नै बनिसकेको छ । के मुसलमानहरूले कायर र धर्मनिरपेक्ष पार्टीहरूको मतको स्वार्थका लागि आफ्नो हत्या हुन देओस् र हरदिन अपमान सहन गरोस् ? किन कि ती दलहरूलाई हिन्दु मत चाहियो र हिन्दु मतदाता भड्किन्छ भनेर यी साम्प्रदायिक हिंसाको विरोधमा केही बोलिरहेका छैनन् ।
सन् २०१४ मा मोदी सरकार गठनपछि पुणेमा माहसिन शेखलाई भीडले पिटिपिटिकन हत्या ग¥यो । त्यस हत्याकाण्डका अभियुक्तहरूलाई अदालतले रिहा गरिदियो र यो कारण भनियो कि अभियुक्तहरू मोहसिनको भेषभुषा देखेर उत्तेजित भएका थिए । मानौँ कसैको भेषभुषा देखेर उत्तेजित हुनु र आक्रमण गर्नु तिनीहरूको अधिकार नै हो । यसकारण ती विचराहरूबाट हत्या भयो र यो कुनै ठुलो कुरा नै होइन । त्यही समयमा तय भइसकेको थियो कि हिंसाका लागि समाजको हर एकाइसित आफ्नो तर्क छ ।
यमय छँदै भारतका सबै राजनीतिक दलहरू, सङ्गठनहरू र हिन्दु समाजका मानिसहरूले यसमाथि गम्भीरतापूर्वक सोच्न जरूरी छ कि भारतमा कस्तो समाज बनाउन गइरहेका छौँ । के हामीले घृणा, हिंसा र हत्याको पक्षधर रोगी समाज त बनाउन गइरहेका छैनौँ ?
(लेखक दिल्ली विश्वविद्यालयमा अध्यापन गर्छन् ।)
अनुवाद ः प्रकाश
.

Leave a Reply

Your email address will not be published. Required fields are marked *