भर्खरै :

अमेरिकी स्वाधीनता दिवस विभेदको खाडल अझ फराकिलो

संरा अमेरिकाले सोमबार स्वाधीनता दिवस मनायो । त्यही अवसरमा अमेरिकाका प्रमुख सहरमा भव्य आतसबाजी र परेडहरू आयोजना गरिए । तर, जतिसुकै झिलिमिली भए पनि त्यसले अधिकांश अमेरिकी जनताले भोगिरहेको न महामारीको पारिरहेको दुःख कम ग¥यो न सरकारले गरेका वाचा पूरा नगर्दाको पीडामा मल्हम नै लगायो ।
मे ४ मा संरा अमेरिकी सरकारले दुई महिनापछि अर्थात् जुलाइ ४ सम्ममा कुल जनसङ्ख्याको ७० प्रतिशतलाई कम्तीमा एक मात्रा कोभिड–१९ खोप लगाइसक्ने लक्ष्य घोषणा गरेको थियो । तर, निर्धारित लक्ष्य भने अझै पूरा हुन सकेको छैन ।
संरा अमेरिकी नेताहरूले ‘आगामी गर्मीयाम (कोभिडबाट) स्वतन्त्रताको याम हुनेछ’ भनी घोषणा गरेका थिए । तर, उनीहरूको त्यो वाचा अमेरिकी जनताको लागि रित्तो आश्वासन सिद्ध भयो । अमेरिका स्वतन्त्र भएको झन्डै २४५ वर्ष भयो । अमेरिकी जनता यो कुरा गौरवका साथ भन्ने गर्छन् । स्वतन्त्रताको घोषणामा ‘सबै मानिसको जन्म समानरूपमा हुन्छ’ भनिएको छ । तर, अहिले त्यो भनाइ बिर्सिएको छ । नेताहरूले मात्र बिर्सेनन्, त्यागे पनि ।
महामारी नियन्त्रणमा अघिल्लो छुच्चो र बेसोमती ट्रम्प सरकारको तुलनामा अहिलेको सरकार केही राम्रो हो कि भन्ने धेरैलाई लागेको थियो । तर, जो बाइडेन सरकारले पनि कोभिड–१९ को कारण गहिरिँदो जातीय र साम्प्रदायिक विभाजनप्रति आँखा चिम्लिदिएको छ । आज पनि हरेक दिन औसत २५७ जना अमेरिकीहरू कोभिडको कारण मृत्युवरण गरिरहेका छन् । मर्नेहरूमा गोराहरूको तुलनामा आदिवासी र अल्पसङ्ख्याहरूको सङ्ख्या बढी छ ।
विभिन्न समुदायबीच खोपको असमानता पनि फराकिलो छ । १८–२४ वर्ष उमेर समूहका साथै गैर–हिस्पानिक काला वयस्क, कम पढेलेखेका, स्वास्थ्य बीमा नभएका र न्यून आम्दानी भएका समुदायबीच खोप लगाउनेको सङ्ख्या कम छ ।
गत जून महिनामा प्रकाशित एक तथ्याङ्कअनुसार पहिलो मात्रा खोप लगाउने गोराहरूको तुलनामा हिस्पानिक समुदाय ६ प्रतिशतले कम छन् । काम गुम्ने डर, महँगो स्वास्थ्य खर्च तिर्न नसक्ने र राम्रो यातायात सुविधा नभएका मानिसहरूले पहिलो मात्रा खोप लगाउन त्यत्तिबेला हतारिएका थिए ।
संसारकै एकमात्र महाशक्ति अमेरिका निकट भविष्यमा कोभिड–१९ बाट स्वाधीन हुनसक्नेमा कमैमात्र आशा छ । त्यसभन्दा कम आशा त फ्लोरिडामा आंशिकरूपमा ध्वस्त भएको भवनको भग्नावशेषमा पुरिएका १२४ जना मानिस जीवित हुनेमा छ ।
फ्लोरिडामा घर भत्केको दस दिनभन्दा बढी भइसकेको छ । तर, आफ्ना देशवासीको जीवन रक्षामा अमेरिकी नेताहरूले गर्नै नहुने उदासिनता देखाइरहेका छन् ।
भवन भत्किसकेपछि घटनास्थलमा उद्धार टोली पु¥याउन आवश्यक सबै कागजी प्रक्रिया पुरा गर्न स्थानीय सरकारले १६ घण्टा लगाइदिँदा उद्धार कार्य त्यति नै समय विलम्ब भएको थियो । एउटा एउटा ईटा झिक्दै ‘पुरातात्विक’ तरिकाको उद्धार कार्यले हालसम्म कोही पनि मानिसको जीवित उद्धार हुनसकेको छैन । विडम्बना ¤ त्यस्तो ढिलासुस्तीलाई केन्द्रीय सरकारले भने ‘गजब’ भन्दै प्रशंसा गरेको छ । घटनाको दोष पन्छाउने विषयमा सङ्घीय र स्थानीय सरकारले एक अर्कोलाई बलिको बोका बनाउने खेल खेलिरहेको छ ।
गत फेबु्रअरी महिनामा टेक्सासमा भएको हिमपातलाई नबिर्सनु होला । महामारीको कारण त्यसै पनि आपत्मा फसेका ती एसियाली अफ्रिकीहरूमाथि भएको हिंसात्मक हमलालाई कसरी बिर्सनु ¤ प्रहरीले ज्यादती गरेर मारिएका अफ्रिकी अमेरिकीहरूलाई कसरी बिर्सनु ! विषालु प्रदूषणको नियमितरूपमा शिकार बनेका आदिवासी अमेरिकीहरूलाई कसरी बिर्सनु ! कुरोको चुरोमा पुग्ने बेला अमेरिकाको भ्रष्ट शासन प्रणालीबाट चुहिरहेको रगत र आँसु देख्न कति पनि गा¥हो छैन । संरा अमेरिकाका संस्थापक नेताहरूका राजनीतिक आदर्शलाई आजका नेताहरूले नालीमा मिल्काएका छन् । संस्थापक नेताहरूले भनेका सरकारको अस्तित्व नै जनताको सेवाको लागि हुनुपर्ने बताएका थिए । बरू हिजोआज त राजनीतिक दलबीचको तिक्तता र निजी स्वार्थ शासकहरूको पहिलो चासोको विषय बनेको छ ।
गत नोभेम्बरमा ‘द एटलान्टिक’ प्रकाशित लेखमा लेखिएको छ, “संरा अमेरिकी प्रणालीलाई काम गराउन आवश्यक विचारको क्षीण बन्दै गएको छ ।”
अनि त्यही कारण अमेरिकी नेताहरू आफ्नो भूमिमा भएको मानवअधिकार उल्लङ्घनप्रति बेवास्ता गर्छन् । जातीय विभेद, बन्दुक हिंसा, आयमा दुरी र कर्मचारीतन्त्रको अकर्मण्यताजस्ता अन्तरनिहीत घरेलु समस्या समाधान गर्ने उनीहरूको ध्यान पुगेको छैन ।
“सृष्टिकर्ताले सबै मानिसलाई निश्चित अन्तरनिहीत अधिकार दिएको छ । तीमध्ये जीवन, स्वतन्त्रता र खुसियालीको चाहना पनि हो”, सन् १७७८ को घोषणापत्रमा लेखिएको छ ।
तर, संरा अमेरिकी संस्थापकहरूले सबै अमेरिकीहरूलाई दिने वाचा गरेका यी कुरा पूरा भएका छन् ? अमेरिकी स्वतन्त्रता दिवसको बिदा सकिएको छैन । संरा अमेरिकी नेताहरूको घैटोमा घाम लागोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *