भर्खरै :

चिकपा र शिक्षामा जोड

गत जुलाई १ मा चीनको कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवस मनाउँदै गर्दा चीनका राष्ट्रपति एवम् कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले चीन सबै हिसाबमा मध्यम ढङ्गले समृद्ध समाज बनाउने लक्ष्यमा पुगेको घोषणा गरे ।
आधुनिकीकरणको चिनियाँ रणनीति÷योजनाको मध्यकालीन चरण ‘मध्यम ढङ्गले समृद्ध समाज’ अर्थात् ‘स्याओकाङ’ बनाउने लक्ष्य हासिल गर्न खासमा शिक्षा नै चिनियाँ कम्युनिस्ट पार्टीको आधार र विस्तारको जग हो ।
सन् १९१०–दसकको उत्तराद्र्धमा चीनलाई तत्कालीन अराजक अवस्थाबाट जोगाउने बाटो खोज्न चिनियाँ नेता माओ त्से तुङसहितका युवा बौद्धिकहरूको समूहले पेकिङ विश्वविद्यालयबाट काम थालेका थिए ।
त्यत्तिबेलादेखि एक्काइसौँ शताब्दीसम्म चीनको कम्युनिस्ट पार्टीले बनाएका विभिन्न नीति, योजना र रणनीतिमा शिक्षालाई जनताको भलोको लागि आवश्यक आधारभूत पक्षको रूपमा मात्र नभई सामाजिक एवम् आर्थिक विकासको प्रमुख चालक शक्तिको रूपमा लिएको छ । त्यही बाटो पछ्याउँदै स्याओकाङको बहुपक्षीय विकास सूचकमा शिक्षा एउटा प्रमुख मापदण्ड बनाइएको छ । स्याओकाङले आधुनिकीकरणको लक्ष्य हासिल गर्न प्रगतिको विशाल परिधिलाई प्रतिनिधित्व गरेको छ ।
प्रष्टतः बितेका एक सय वर्षमा गुणस्तरीय र समतामूलक शिक्षामा ठुलो प्रगति हासिल भएको छ । जनवादी गणतन्त्र चीनको स्थापना हुँदा ८० प्रतिशत मानिस अशिक्षित वा अर्धशिक्षित थिए । तर, सन् २०२० सम्म आइपुग्दा नौ वर्षको आधारभूत शिक्षा सबैको पहुँचमा पुगेको छ । विद्यालय जाने उमेरका बालबालिका र किशोरकिशोरीहरूमध्ये बहुमतलाई शिशु कक्षा तहको शिक्षा (८५.२ प्रतिशत) र उच्च माध्यमिक तहमा (९१.२) प्रतिशतको पहुँच पुगेको छ ।


चीनका आधाभन्दा बढी युवा (५४.४ प्रतिशत) स्नातक तहको शिक्षाको लागि विश्वविद्यालय जाने गर्छन् । वास्तवमा चीनको उच्च शिक्षा प्रणाली संसारभरमै सबभन्दा ठुलो प्रणाली हो । चीनमा ४ करोड २० लाखभन्दा बढी विद्यार्थी उच्च शिक्षाको लागि विश्वविद्यालय तहमा सामेल हुने गरेका छन् ।
शैक्षिक विकासको यो उचाइले चीनको आर्थिक विकासका लागि मनग्य मानवीय स्रोत तयार गरेको छ । जसले मध्यम ढङ्गले समृद्ध समाज बनाउने लक्ष्यलाई सहज बनाएको छ । मध्यम ढङ्गले समृद्ध समाजमा सबैको लागि रोजगारी सुरक्षित हुनुका साथै त्यसले आर्थिक र सामाजिक प्रबद्र्धनमा पनि टेवा पु¥याउने छ ।
संसारभर जुनसुकै देशमा पनि यो लक्ष्य हासिल गर्न लामो समय र धेरै स्रोतको खाँचो पर्छ । चीन भने दुई दशककै अन्तरालमा अनिवार्य शिक्षाको लक्ष्य हासिल गर्न सफल भयो । अरू देशलाई यो उपलब्धि हासिल गर्न सयौँ वर्ष लाग्ने गर्छ । चीनले छोटो समयमा यो उपलब्धि हासिल गर्न कसरी सम्भव भयो ?
सबभन्दा पहिलो कारण त चिनियाँ कम्युनिस्ट पार्टीको सरकारको लागि जनताको भलो र समृद्धि नै सबभन्दा पहिलो प्राथमिकताको विषय बन्यो । चीन सरकार वर्षौँ वर्ष शैक्षिक विकासमा कटिबद्ध भएर लाग्यो । चीनका नेता तेङ स्याओपिङले भनेका छन्, “हाम्रो राज्य र आर्थिक विकासको क्षमता यहाँका श्रमिकहरूको गुणस्तर र प्रतिभाहरूको सङ्ख्या र गुणस्तरमा निर्भर रहन्छ । चीनको केन्द्रीय सरकार माध्यामिक र प्राथमिक विद्यालय तहदेखि शिक्षाको विकासमा दिलोज्यान लगाएर काम गर्न प्रतिबद्ध छ ।” पहिलाका चिनियाँ नेताहरूले शैक्षिक विकासको सन्दर्भमा दिएका विचारकै जगमा सी चिनफिङले चीनले शिक्षाको विकासलाई प्राथमिकतामा राखेर सधैँ अघि बढाउने बताउने गरेका छन् ।
इतिहास र संसारबाट सिकेर चीनको कम्युनिस्ट पार्टीले शिक्षालगायत विविध क्षेत्रका अल्पकालीन र दीर्घकालीन विकास हासिल गर्न तथा सामाजिक र आर्थिक मुद्दा समाधान गर्न विविध तरिका र समाधान पहिल्याउँदै आएको छ ।
प्रमाणमा आधारित शिक्षाको सहभागितामूलक अवधारणामा सर्वेक्षण÷अनुसन्धान, परामर्श, नमुना अध्ययन, परिमार्जन र विस्तारको पूर्ण प्रक्रिया समावेश छ । देशको भौगोलिक आकार र देशभित्रै विभिन्न क्षेत्रमा भिन्नभिन्न विकासको अवस्थाले साझा विकासको लक्ष्य हासिल गर्न केन्द्रीकरण र विकेन्द्रीकरण, एकता र विविधताबीच सन्तुलन आवश्यक हुन्छ ।
निर्विवादरूपमा ‘मध्यम ढङ्गले समृद्ध समाज’ हासिल गर्न चाहना, हिम्मत र आत्मविश्वासका साथै चिनियाँ राष्ट्रको पुनःजागरणप्रति व्यक्तिगत क्षमताभित्र ग्राह्यता, लगनशीलता र समर्पणभावको पनि आवश्यकता हुन्छ ।
एक्काइसौँ शताब्दीको चीनको शिक्षाको मर्यादाभित्र स्वयम् आफै, अरू मानिसहरू र राष्ट्रको सापेक्षमा यस्ता मूल्य र मान्यता चिनियाँ कम्युनिस्ट पार्टीको विरासत हो । चिकपा आज समाजवादी निर्माणको साझा लक्ष्यमा समर्पित भएर चिनियाँ जनतालाई सङ्गठित बनाउन लागिपरेको छ ।
जुलाइ १ मा तेनआन मेन चोकको मञ्चमा उच्च सरकारी नेताहरू र राष्ट्रपति सी चिनफिङ नजिकै बसेका युनानको एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापक चाङ कुइमेइमा यो भावना उत्कृष्ट ढङ्ग बोकेका उत्कृष्ट उदाहरणीय व्यक्ति हुन् ।

‘म खोलामा होइन, पहाडमा जन्मेकी हुँ, म पहाडको उचाइमा उभिएर तल बेसीहरूमा नियाल्छु । म कसिङ्गर बन्न होइन, प्रतिभा बन्न जन्मेकी हुँ । म महान मानिससँग काँधमा काँध जोडेर उभिन्छु र कायरहरूलाई प्रोत्साहित गर्छु ।’

युनानको ग्रामीण क्षेत्रका शिक्षकको रूपमा आफ्नो शिक्षण यात्रा सुरु गरेका चाङ कुइमेइले यो शताब्दीको सुरुवातका वर्षमा पहिलो निःशुल्क कन्या विद्यालय स्थापना गरेकी थिइन् । उनी अहिलेसम्म दुई हजारभन्दा बढी विपन्न पारिवारिक पृष्ठभूमिका छात्राहरूलाई विश्वविद्यालयको दैलोसम्म पु¥याउन सफल भइन् । उनी आफै बितेका २४ वर्षदेखि क्यान्सर रोगबाट पीडित छिन् । तर, उनले आफ्नो मात्र जीवन परिवर्तन गरिनन्, बरु हजारौँ विद्यार्थीको जीवनमा पनि परिवर्तन ल्याउन सफल भइन् । आफ्नो जीवन उनले विद्यालयको विकासकै निम्ति बिताइन्, विद्यार्थीहरूको हितको निम्ति रातदिन नभनी काम गरिन् । आफ्नो शैक्षिक जीवनभर उनले निकै साधारण जीवन बाँचिन् ।
१०० औँ स्थापना दिवसको दिन उनलाई दिइएको स्थानले चिकपाले शिक्षालाई दिने प्राथमिकता झल्काएको छ । त्यस्तो शिक्षा जसले मानिसलाई शक्तिशाली त बनाउँछ नै, साथै आफ्नो भविष्य बनाउन क्षमतावान पनि बनाउँछ । व्यापक जनताको भित्री हृदयदेखि सेवा गर्ने र शिक्षा दिने भावनामा आफूलाई समर्पित गर्ने शिक्षालाई चिकपाले जोड दिएको छ ।
विद्यालय स्थापना गर्दा उनको भनाई थियो–‘म खोलामा होइन, पहाडमा जन्मेकी हुँ, म पहाडको उचाइमा उभिएर तल बेसीहरूमा नियाल्छु । म कसिङ्गर बन्न होइन, प्रतिभा बन्न जन्मेकी हुँ । म महान मानिससँग काँधमा काँध जोडेर उभिन्छु र कायरहरूलाई प्रोत्साहित गर्छु ।’
प्रधानाध्यापक चाङ शिक्षाप्रति चिकपाको प्राथमिकता र धारणाको जीवन्त प्रमाण हुन् । स्याओकाङ हासिल गर्न मात्र त्यसको आवश्यकता होइन, बरु त्यस्तो शिक्षाले त चीनलाई अझ शक्तिशाली बनाउनेछ अनि चिनियाँ जनतालाई उज्यालो भविष्यतिर डो¥याउनेछ ।

वाङ यान

(लेखक पेइचिङ परराष्ट्र अध्ययन विश्वविद्यालयको शिक्षा विभागका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *