प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
चिनियाँ कामदार जनता चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षको समारोह हर्षोल्लासका साथ मनाउँदै छन् । सन् १९२१ मा ५० जना प्रगतिशील युवाहरू मिलेर चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यतिबेला चीन आर्थिकरूपले झन्झन् कमजोर हुँदै थियो । सन् १८४२ अर्थात् १८० वर्ष पहिले चीन अफिम युद्धमा हारेपछि अर्ध–उपनिवेशको रूपमा झ¥यो । नेपाल सुगौली सन्धिमा हारेजस्तै चीन अफिम युद्ध (सन् १८४०–१८४२) मा हारेपछि एक असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो ।
त्यस सन्धिमा बेलायती साम्राज्यवादले चीनमा खुला व्यापार गर्न पाउने, बेलायती सामानमा नाममात्रको कर लगाउन पाउने, बेलायती बैङ्क र बेलायती मुद्रा वा नोटबाट कारोबार गर्न पाउने, रेलका बाटाहरू निर्माण गर्न पाउनेजस्ता प्रावधानपछि चीनको अर्थतन्त्र कमजोर हुँदै गयो र बेलायतले जस्तै अन्य साम्राज्यवादी देशहरूले पनि अनेक निहुँ खोज्दै र लडाइँ गर्दै असमान सन्धि गर्न चीनलाई बाध्य पारे । आजको नेपालजस्तै अर्थतन्त्र ¥हासोन्मुख हुँदै गयो ।
चिनियाँ जनताको मुक्तिपछि चिकपाको नेतृत्वले कृषि, उद्योग, यातायात, विज्ञान र प्रविधिमा विकास गर्दै गयो र आज चीन संसारको दोस्रो आर्थिक शक्तिको रूपमा परिणत भयो । चीनमा अब खान नपाउने, काम नपाउने र गरिब जनता छैनन् । संसारमा पहिलो चोटी संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देशमा गरिबी निवारण भएको सत्य सार्वजनिक भयो । त्यसमा पनि कोभिड–१९ को महामारीले संसारमा ठूलो जनधनको क्षति भयो । तर, पुँजीवादी शासन भएको देशमा भन्दा समाजवादी देशहरूमा सरकारले रोगको तत्काल रोकथाम र नियन्त्रण गर्न सक्षम भएको र लाखौँ–करोडौँ जनतालाई काम–माम, आवास र उपचारको पूर्ण बन्दोवस्त गर्नमा सफलता पाएको जानकारी संसारमा फैलियो । यसले पुँजीवादभन्दा समाजवाद राम्रो छ भनी विश्वमा नयाँ सन्देश गयो । जनवादी गणतन्त्र चीन, प्रजग कोरिया, भियतनाम र क्युवाजस्ता देशहरू ‘लोक कल्याणकारी’ र ‘समाजवादी’ देशहरूको रूपमा अत्यन्त चर्चित भए ।
साम्राज्यवादीहरूको आक्रमण, थिचोमिचो शोषण र नियन्त्रणको विरोधमा १३–१४ वर्षे चीनको ताइपिङ्ग किसान क्रान्ति (सन् १८५१–१८६४), चीनको सुधार आन्दोलन (सन् १८७१–सन् १८९८), चीनको सच्चाइ र मेलमिलापको आन्दोलन (सन् १९००) र सन् १९११ को पुँजीवादी क्रान्तिले पनि आफ्नो देशका साम्राज्यवाद, उपनिवेशवाद, सामन्तवाद र पुँजीवादी कर्मचारीतन्त्रलाई पराजित गर्न सकिरहेको थिएन ।
सन् १९१७ मा माक्र्सवाद–लेनिनवादको सिद्धान्त बोकेर रुसी क्रान्तिकारी सर्वहारा वर्गले जार वंशको शासनलाई उल्टाइदियो र त्यो समाजवादको बाटोमा अग्रसर भयो । बोल्सेविक क्रान्तिको त्यस तोपको गर्जनले राजनैतिक अलमलमा रहेका चिनियाँ जनतालाई पनि बिउँझाइदियो र सन् १९२१ मा चिकपाको स्थापना भयो – आजभन्दा ठीक १०० वर्ष अगाडि !
सङ्घर्ष, आन्दोलन, विद्रोह र युद्धका अनेक नागबेली बाटो छिचोलेर चिनियाँ क्रान्तिले विजय प्राप्त ग¥यो र सन् १९४९ मा चिकपा र अध्यक्ष माओ त्सेतुङ्गको नेतृत्वमा जनवादी गणतन्त्र चीनको स्थापना भयो ।
चिनियाँ जनताको मुक्तिपछि चिकपाको नेतृत्वले कृषि, उद्योग, यातायात, विज्ञान र प्रविधिमा विकास गर्दै गयो र आज चीन संसारको दोस्रो आर्थिक शक्तिको रूपमा परिणत भयो । चीनमा अब खान नपाउने, काम नपाउने र गरिब जनता छैनन् । संसारमा पहिलो चोटी संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देशमा गरिबी निवारण भएको सत्य सार्वजनिक भयो । त्यसमा पनि कोभिड–१९ को महामारीले संसारमा ठूलो जनधनको क्षति भयो । तर, पुँजीवादी शासन भएको देशमा भन्दा समाजवादी देशहरूमा सरकारले रोगको तत्काल रोकथाम र नियन्त्रण गर्न सक्षम भएको र लाखौँ–करोडौँ जनतालाई काम–माम, आवास र उपचारको पूर्ण बन्दोवस्त गर्नमा सफलता पाएको जानकारी संसारमा फैलियो । यसले पुँजीवादभन्दा समाजवाद राम्रो छ भनी विश्वमा नयाँ सन्देश गयो । जनवादी गणतन्त्र चीन, प्रजग कोरिया, भियतनाम र क्युवाजस्ता देशहरू ‘लोक कल्याणकारी’ र ‘समाजवादी’ देशहरूको रूपमा अत्यन्त चर्चित भए ।
साम्राज्यवादी, विस्तारवादी तथा फासीवादीहरू चीनको भौतिक प्रगतिसँगै संसारका जनतासँग हातमा हात मिलाई, काँधमा काँध मिलाई अघि बढ्ने आह्वानबाट तर्सेर चीनको विरोधमा झूटा प्रचार गर्दै छन् । संसारका जनताले त्यस प्रचारलाई झूटा हो भनी तिरष्कार पनि गर्दै छन् ।
सारमा वर्तमान चिनियाँ जनता ५००० वर्ष पुरानो दर्शन र संस्कृतिबाट सुसज्जित भई आफ्नो भौतिक उपलब्धि एवम् ज्ञान र सीपलाई पनि संसारका जनतासँग बाँडेर तथा छलफल गरेर अगाडि बढ्नेबारे संसारका सबै जनता अवगत हुँदै छन् ।
चिकपाका महासचिव एवम् चिनियाँ जनताका राष्ट्रपति सी चिनफिङले संसारका सबै जनतासँग आपसी हितको माध्यमबाट काम गर्ने तथा चीन शान्ति र मित्रता चाहन्छ, अरूमाथि आक्रमण र प्रभुत्व खोज्दैन भन्नुहुँदै एक दोस्रो आर्थिक शक्तिको नाताले संसारको विकास र शान्तिको निम्ति आफ्नो कर्तव्य पूरा गर्दै मित्रहरूलाई हौस्याउनुभएको छ । साथै, उहाँले साम्राज्यवादीहरूमाथि सङ्केत गर्नुहुँदै कसैले चीनमाथि आक्रमण र प्रभुत्व खोजेमा सारा जनताले त्यसलाई विफल पार्ने चेतावनी दिनुभयो । शान्ति र प्रगतिको युगको सङ्घारमा महासचिव सी चिनफिङको सन्देशले अत्यन्त सकारात्मक भूमिका खेलेको छ । यस्तो अन्तर्राष्ट्रिय सुखद अवसरसँगै चिकपाको सय वर्षको अवसरमा हाम्रो प्रकाशन र हाम्रा पाठकहरूको तर्फबाट आर्थिक बधाई एवम् शुभकामना !
Leave a Reply