भर्खरै :

केसिङ्गरको ऐतिहासिक चीन भ्रमण र आजको विश्व

सन् १९६७ मा गलअप नामको सर्वेक्षण संस्थाले गरेको अध्ययनअनुसार संरा अमेरिकाका ९५ प्रतिशत मानिस जनवादी गणतन्त्र चीनप्रति असहज धारणा राख्थे । त्यत्तिबेला चीनले भर्खर आणविक हतियारको परीक्षण गरेको थियो । अनि, चीन सांस्कृतिक क्रान्तिमा उकालो लागिरहेको थियो । त्यसको केही वर्षपछि सन् १९७१ को जुलाइमा संरा अमेरिकी विदेश सचिव हेनरी केसिङ्गरले गोप्यरूपमा चीनको भ्रमण गरेका थिए । भियतनाममाथि राक्षसी हस्तक्षेप गरिरहेको संरा अमेरिकाप्रति पनि चिनियाँ जनताको धारणा पनि धेरै सम्भव नकारात्मक थियो । यद्यपि, आपसी वैमस्यताको यो अवस्थाबीच चिनियाँ र अमेरिकी जनताले आँटिलो र जोखिमपूर्ण कूटनीतिक कदम चाले जसले विश्व इतिहासको दिशा नै परिवर्तन ग¥यो र विश्वभरको तापक्रम नै घटायो । तर, जापान, दक्षिण भियतनाम, रुस र पर–परसम्म पनि त्यसले झट्का दिएको थियो । वर्षौँको पर्दा पछाडिको संवादपछि सन् १९७२ को फेबु्रअरीमा संरा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको विशेष चीन भ्रमण भयो ।
दुवै देशले त्यो सम्मेलनबाट लाभ देखेका थिए । निक्सन र केसिङ्गरले भियतनामको जञ्जालबाट आफूलाई मुक्त गर्न चीनको सहायता चाहेको थियो । अनि, सोभियत सङ्घसँग लेनदेन गर्न ‘चाइना कार्ड’ को गोटी खेल्न खोजेको थियो । निक्सनले यो सब काम गरेपछि सन् १९७२ को चुनावमा आफू पुनः निर्वाचित हुने अपेक्षा गरेका थिए । माओ र चाओले पनि कूटनीतिक मान्यता, आर्थिक सहायता र ताइवानको समस्या समाधान गर्न चाहन्थे । सोभियत सङ्घको खराब सम्बन्धले पनि चीनलाई अत्याएको थियो । अनि आफ्ना सम्भावित शत्रु शक्तिबीच विभाजनको कैची चलाउन संरा अमेरिकासँग निकट सम्बन्ध बिस्तारलाई हतियार बनाउन चाहेको थियो ।
जून २ मा चीनका प्रधानमन्त्री चाओको अर्ध औपचारिक आमन्त्रण पाकिस्तानी राजदूतमार्फत केसिङ्गरको हातमा पुगेको थियो । ‘उत्साहले ओतप्रोत’ केसिङ्गरले निक्सनलाई भने, “दोस्रो विश्व युद्धको समाप्तिपछि संरा अमेरिकी राष्ट्रपतिलाई आएको यो सबभन्दा महत्वपूर्ण चिट्ठी हो ।” निक्सनले कोर्भोसियर (रक्सी) को पुरानो बोटल खोलेर भने, “हामीले आज जे गरिरहेका छौँ, त्यसकारण शान्तिका साथ जीवन बिताउन पाउने आगामी पुस्तौँ पुस्ताको नाममा ।”
सन् १९७१ को जुलाई १ मा केसिङ्गर आफ्नो कूटनीतिक यात्रामा निस्के । पेइचिङतिर जानुअघि विभिन्न देशको भ्रमण सकेर उनी पाकिस्तान पुगे । पाकिस्तानबाट जुलाइ ९ मा उनी गोप्य ढङ्गबाट पेइचिङतिर उडे । त्यो साँझ केसिङ्गरलाई चाओ एन लाईलाई स्वागत गरे । केसिङ्गर र चाओबीच १७ घण्टा लामो वार्ता चल्यो । सो क्रममा सोभियत सङ्घप्रति दुवै पक्षको अविश्वास निश्चय भयो । अनि सन् १९७२ को सुरुमा माओसँग पेइचिङमा निक्सनको भ्रमणको कार्यक्रम तय गरियो ।
निक्सनले कतै केसिङ्गरलाई ‘बहुला मान्छे’ र ‘मूर्ख बुद्धि’ भनी उल्लेख गरेका छन् । तर, चाओको ‘सहृदयता’, ‘बौद्धिकता’ र बुझाइ क्षमताबाट केसिङ्गर प्रभावित बने । उनले चाओलाई ‘आफुले भेटेका दुई वा तीन जना सबभन्दा प्रभावशाली मान्छेमध्ये एक जना’ भनी व्याख्या गरे । उनले चाओसँगको भेटमा दिएको पहिलो वक्तव्यमा जोडका साथ भनेका छन्, “हामी समानताको आधारमा फेरि एकै ठाउँमा आएका छौँ ।” त्यसो भनेर उनले ‘एसिया र सारा विश्वमा शान्तिलाई प्रभावित बनाउने सबै विषयमा’ जनगणतन्त्र चीनको समान भूमिका हुनुपर्ने बताएका हुन् ।

मानवअधिकार, हङकङ र सिन्च्याङबारे गहिरो मतभेदले दुई महाशक्तिबीचको सम्बन्ध अझ तिक्त बन्यो । सैनिक नेताहरूले भयानक आणविक युद्धको चर्चा गरे । भर्खरै ९८ वर्ष पुगेका केसिङ्गरले संरा अमेरिका र चीनबीचको तनाव हाम्रो ग्रहको लागि सबभन्दा ठुलो चुनौती भएको बताए ः“मानव इतिहासको पहिलो पटक मानवले निश्चित समयावधिमा आफैलाई सिध्याउने क्षमता विकास गरेको छ ।” केसिङ्गरले भनेको जस्तो समयका विशिष्टतालाई बुझ्न जो कोहीलाई सहज छ । तर, यसको अपरिहार्यता र शीघ्रतामा दुई मत हुनसक्दैन ।

सन् १९७९ मा प्रकाशित केसिङ्गरको आत्मसंस्मरणमा गलत तरिकाबाट ‘पहिलो भेटमा ताइवानको विषयमा निकै छोटकरीमा कुराकानी भएको’ उल्लेख छ । वास्तवमा उनीहरूबीच ताइवानको विषयमा लामो समय छलफल भएको थियो । केसिङ्गर भित्रैबाट चाओले प्रस्ताव गरेको ‘एक चीन’ नीतिमा सहमत भएका थिए । उनले ताइवानलाई चीनकै हिस्सा स्वीकार्नुका साथै भियतनाम युद्धको समाप्तिसँगै ताइवानमा तैनाथ दुईतिहाइ संरा अमेरिकी सेना फिर्ता गर्ने वाचा गरिएको थियो । केसिङ्गरले युद्धविराम भए पनि र संरा अमेरिकी युद्धबन्दी फिर्ता भएपछि संरा अमेरिका भियतनामबाट पूर्णतः फिर्ता हुने र त्यहाँ संरा अमेरिकी पक्षधर सरकार अपदस्थ भए अमेरिकाले कुनै हस्तक्षेप नगर्ने वाचा गरेका थिए ।
निक्सनको विजयी चीन भ्रमणपछि फेब्रुअरीमा उनको लोकप्रियता उत्कर्षमा पुग्यो । त्यसपछिका दिनमा चीन र संरा अमेरिकाबीचको सम्बन्ध क्रमशः सुधार हुँदै गयो । तर, अघिल्लो ट्रम्प सरकारको पालामा दुई देशबीचको सम्बन्धमा तगारा तेर्सिए । मार्च महिनामा त्यो सम्बन्ध निकै चिसियो । ताइवान, दक्षिण र पूर्वी चीन सागरमा भएको द्वन्द्वले अन्तर्राष्ट्रिय क्षेत्रमा खतराको घण्टी बज्यो ।
मानवअधिकार, हङकङ र सिन्च्याङबारे गहिरो मतभेदले दुई महाशक्तिबीचको सम्बन्ध अझ तिक्त बन्यो । सैनिक नेताहरूले भयानक आणविक युद्धको चर्चा गरे । भर्खरै ९८ वर्ष पुगेका केसिङ्गरले संरा अमेरिका र चीनबीचको तनाव हाम्रो ग्रहको लागि सबभन्दा ठुलो चुनौती भएको बताए ः“मानव इतिहासको पहिलो पटक मानवले निश्चित समयावधिमा आफैलाई सिध्याउने क्षमता विकास गरेको छ ।” केसिङ्गरले भनेको जस्तो समयका विशिष्टतालाई बुझ्न जो कोहीलाई सहज छ । तर, यसको अपरिहार्यता र शीघ्रतामा दुई मत हुनसक्दैन ।
अहिले नयाँ चरणको उच्चस्तरीय बैठक आयोजना गर्ने समय भएको छ । संवाद अघि बढाउनुको अर्को कुनै तार्किक विकल्प छैन । खास शीतयुद्धको बीचमा सन् ९९७१ मा संवादमार्फत तनाव कम गर्न सकिन्छ भने आज नयाँ शीतयुद्धतिरको बहुलठ्ठीपूर्ण दौड उनीहरूले पक्कै पनि रोक्न सक्छन् । अनि जलवायु परिवर्तन र महामारीजस्ता आज हामी सबैको साझा चुनौतीमा सहकार्यको प्रक्रिया अघि बढाउनुपर्छ ।
(लेखक अमेरिकन विश्वविद्यालयमा इतिहासका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत :सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *