नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
सोल, १० जुलाई (सिन्ह्वा) । दक्षिण कोरियामा कोभिड–१९ को अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका अधिकारीहरूले शनिबार पनि चौथो दिन कोरोना भाइरसका सङ्क्रमितहरू बढिरहेको बताएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टायताको तथ्याङ्क हेर्दा कोभिड १९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा भेटिएका छन् ।
प्राप्त समाचारअनुसार गएको २४ घण्टा यतामात्र एक हजार ३७८ जना कोभिडका सङ्क्रमितहरू भेटिएका हुन् ।
दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार गएको ६ महिनापछि एकै पटक यति धेरै सङ्ख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरूले दक्षिण कोरियामा चार दिनदेखि निरन्तररूपमा सङ्क्रमितहरू बढ्दै गएको बताएका हुन् ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको सङ्ख्या १ लाख ६६ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरूको सङ्ख्या बढ्दो देखिएको छ ।
यहाँका अधिकारीहरूले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले यहाँ कोभिडको चौथो वेभ सुरू भएको पनि बताएका छन् ।
दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरूले यसै हप्ता अर्थात् जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ ।
यो तथ्याङ्क आएपछि यहाँका स्वास्थ्य अधिकारीहरूले गत बुधबार नै दक्षिण कोरिया औपचारिकरूपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । शनिबार देखिएका यी सङ्क्रमितहरूमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोनाविरूद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।
यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जनाएका छन् ।
Leave a Reply