भर्खरै :

राजनीति र संवेदनशीलता एक छलफल

बेलायतको राजनीतिमा चर्चिलको प्रवृत्तिलाई हेर्दा पश्चिमी राजनीतिको रङ्गमञ्चमा दूरदर्शिता, बहुजनहिताय र मानव सभ्यताका राजनेताहरूको सकारात्मक संवेदनशीलता अत्यन्त महत्वपूर्ण हुने गर्छ भन्ने मान्यता असत्य सावित हुन्छ । हो, इतिहासमा मानिसको पनि भूमिका हुन्छ र इतिहासमा हतियार अथवा भौतिक वस्तुको पक्षको पनि महत्व हुन्छ । चर्चिलले आफ्नो देश र मानव जगतलाई युद्धबाट जोगाउनेजस्ता संवेदनशीलतालाई हेर्नुभन्दा आफू महत्वपूर्ण पदमा जाने वा प्रधान हुने जालसाजी गरेको इतिहासकारहरूले अनुभव गरेकै विषय हुन् । तर, फ्रान्सेली राष्ट्रपति डेगालले आफ्नो ठम्याइलाई जनमतसङ्ग्रहमा पु¥याएर आफ्नो पदबाट राजीनामा गरे र राजनीतिबाट एक प्रकारको सन्न्यास लिए ।
भारतको राजनीतिमा अब्दुल कलाम आजाद सा¥है शिष्ट र दूरदर्शी व्यक्तित्वका धनी भए पनि हिन्दूहरूको बहुमत भएको हुँदा गान्धीजी र नेहरूहरूले उनको दृष्टिकोण र संवेदनशीलतालाई ध्यान नदिँदा राष्ट्रिय कङ्ग्रेसमा उनी सभापतिमा उम्मेदवार भएनन् र भारतमा स्वतन्त्रता प्राप्त हुनुभन्दा पहिले र पछि भएको हिन्दू–मुसलमानको दङ्गामा र ‘मानवता एक प्रकारले पराजित भएको’ स्थितिबारे उनले गान्धी र नेहरूलाई जिम्मेवार ठह¥याए । हो, त्यसमा अङ्ग्रेजहरूको षडयन्त्र र छलछामले काम गरेको होला, धर्म र जातको कट्टरताको समेत परिणाम केही अंश होला ।
अङ्ग्रेजहरूले १५–२० प्रतिशत जनसङ्ख्या भएको दलित जातिमा क्राइस्टेली धर्मको प्रचार गरी भारतको स्वतन्त्रतालाई भाँजो हाल्ने कामलाई असफल पार्न गान्धीजीहरूले ‘हरिजन’ र धार्मिक र जातीय भेदभावविरोधी सहिष्णुता र ‘ईश्वर र अल्लाह’ लाई सँगै नलगेको भए व्यापक जनतालाई उपनिवेशवादीहरूले भारतमा अझ धेरै क्षति पु¥याउने थिए ।
सङ्ख्यामा तुलनात्मकरूपले प्रतिशत कम भए पनि बङ्गाली भाषाभाषी र जनतामा देखिएको अध्यात्मक र राजनीतिप्रतिको समर्पणको भावनालाई न्यूनाङ्कन गरेको हुँदा सुभाषचन्द बोसले भारतीय राष्ट्रिय काङ्ग्रेस छोड्न बाध्य भए । धेरै सम्भव बङ्गाली जनतामा अपमानको नजानिँदो बोध भएको हुनुपर्छ जसले गर्दा भारतको कम्युनिस्ट आन्दोलनमा मात्रै होइन (भाकपा माक्र्सवादीमात्र होइन) नक्सलवादी आन्दोलनजस्ता अतिवादले जन्म लियो । भाजपाको वर्तमान दक्षिणपन्थी राजनीति र कट्टर हिन्दूवादी दृष्टिकोणले त्यस क्षेत्रमा अझ ठूलो मानसिक आघात पु¥याउने निश्चित छ ।
दुई प्रतिशत भएको पञ्जावी जनताले भारतीय स्वतन्त्रता आन्दोलनमा बलिदान र सङ्घर्षको बलिवेदीमा १२ प्रतिशत योगदानसमेत त्यस भाषाभाषी वा राष्ट्रियताको उचित मूल्याङ्कन नहुँदा वा व्यापक राजनैतिक दृष्टिकोणको उचाइमा यथोचित ध्यान नदिँदा भिंडरावाले र स्वर्ण मन्दिरको दुर्भाग्य भारतीय जनताले सहनुभयो । यसको कारण सत्तासीनहरूले पञ्जावी जनताको भावना र संवेदनशीलताको उचित ग्र्रहणशीलता प्राप्त गर्न चुक्यो ।
नेपालको राजनीतिमा गणेशमानजीको योगदान र उनीमाथि परेको पारिवारिक दबाबप्रति संवेदनशीलता नेकाको नेतृत्वले नदेखाउँदा जीवनको अन्तिम बेला पार्टी त्याग गर्न बाध्य हुनुभयो । बाहुन–क्षेत्री र एउटा परिवारकै ‘हैकम’ ले आ–आफ्नो जातीय नेताहरूमा परेको नेतृत्वको असंवेदनशीलताको आघातले नेकाका धेरै महासचिवहरू पार्टीबाट अलग भए । सत्य के हो भने उच्च राजनैतिक संस्कृतिलाई उठाउन सकिएन भने अल्पमत जनताका नेताहरू त्यागी, तपश्वी र इमानदार भए पनि तत्तत् समाजको स्तरअनुसारको सामाजिक वा छोराछोरीकै कारण जीवनको उतराद्र्धमा राजनीतिबाट सन्न्यास लिनुपर्ने दुःख समाजले व्यहोर्नुपर्ने स्थिति छ । गणेशमानजी र निधीजीको नेपालको राजनीति र समाजमा योगदान भए पनि छोराछोरीको राजनैतिक र सांस्कृतिक स्तरले साथ दिएन भने त्यही कमजोरीको कारण समाजमा पार्ने प्रभावले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *