भर्खरै :

तिब्बत कार्ड प्रयोग नगर–चीन(ग्लोबल टाइम्सको कडा प्रतिक्रिया)

चीन र भारतबीचको सीमावर्ती सिक्किमको भूभागमा चिनियाँ र भारतीय सेनाबीचको द्वन्द्व चर्किरहेको समयमा लद्दाखको बाङगोङ ताल(पाङगोङ ताल पनि भनिन्छ) किनारामा भारतमा निर्वासित तिब्बती सरकारको तथाकथित तिब्बती राष्ट्रिय झण्डा फहराइएको छ । भारत र चीनको सीमाना(लाइन अफ कन्ट्रोल) त्यही तालको बीचमा पर्दछ । तिब्बतको निर्वासित सरकारले त्यो स्थानमा यसप्रकार आफ्नो ‘स्वाधीनता’ पक्षधर झण्डा फहराएको यो पहिलो पटक हो । भारतको अखबार ‘द वायर’ले सो कुरा सार्वजनिक गरेको हो ।
अहिलेको समयमा भारतीय भूमिमा तिब्बती झण्डा फहराउनुलाई चीनमाथि दबाब दिलाउन तिब्बती पृथकतावादी शक्तिलाई भारत सरकारले राजनीतिक गतिविधि गर्न दिएको भन्दै धेरैतिर चासो बढेको छ । यो घटनाबारे नयाँ दिल्लीको औपचारिक धारणा सार्वजनिक भइसकेको छैन । तर यसलाई आधिकारिकता दिने कुनै धारणा नयाँ दिल्लीबाट नआउनेमा हामी आशावादी छौं ।

चीनको आर्थिक प्रगतिसँगै र तिब्बतको विकाससँगै तिब्बती स्वाधीनताको मुद्दा तिब्बती जनताको इच्छा विपरीत हुँदै गएको छ । तिब्बती पृथकतावादीहरुको स्थान दलाई लामाले ललाईफकाई गरिरहेका केही पश्चिमा देशहरुमा मात्र सीमित बन्दै गएको छ । तिब्बती कार्डको तौल क्रमशः घटिरहेको छ । 

निर्वासित तिब्बती सरकार भारतीय शहर धर्मशालालाई केन्द्र बनाएर बस्दै आएको छ । नयाँ दिल्ली सरकारले सार्वजनिक रुपमा भारतीय भूमिमा तिब्बती निर्वासितहरुबाट कुनै पनि किसिमका चीनविरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । तर भारतले तिब्बती प्रश्नलाई बेइजिङमाथि कुटनीतिक दबाब दिने कार्डको रुपमा प्रयोग गर्दै आएको छ ।
भारत सरकारले चीनसँगको सम्बन्धलाई विशेष महत्व दिंदा भारतीय भूमिमा चीनविरोधी राजनीतिक गतिविधिमाथि कडा नियन्त्रण गर्दै आएको छ । तर जब भारत बेइजिङसँग रुष्ट हुने गर्दछ वा कुनै खाले द्वन्द्व चर्किने गर्दछ, तिब्बती कार्डको प्रयोग हुने गरेको छ । तर भारतले तिब्बती प्रवासीहरुको प्रभावलाई अति बढी देखेको हुन सक्छ ।
चीनको आर्थिक प्रगतिसँगै र तिब्बतको विकाससँगै तिब्बती स्वाधीनताको मुद्दा तिब्बती जनताको इच्छा विपरीत हुँदै गएको छ । तिब्बती पृथकतावादीहरुको स्थान दलाई लामाले ललाईफकाई गरिरहेका केही पश्चिमा देशहरुमा मात्र सीमित बन्दै गएको छ । तिब्बती कार्डको तौल क्रमशः घटिरहेको छ ।
यदि नयाँ दिल्लीले तिब्बती प्रवासीहरुको झण्डा फहराउने राजनीतिक गतिविधिलाई ध्यु थप्ने काम गरिरहन्छ भने यसले अन्ततः उसैको हात पोल्नेछ । सीमा मामिला र तिब्बतको प्रश्न दुवै चीनको मुख्य चासोको विषय हो र चीन कसैको बहकाउमा लागेर यी विषयहरुमा काम गर्ने गर्दैन ।
चालु सिमाना विवादको सन्दर्भमा भारत सरकारले थप तनाव बढ्न नदिन संयमका साथ काम गर्न जरुरी छ । तिब्बती निर्वासितहरुलाई र भारतीय भूमिमा चीनविरोधी गतिविधि रोक्ने जिम्मेवारी भारत सरकारको हो ।
अहिलेको अवस्थामा सीमा विवादलाई थप तनावपूर्ण नबनाउन नयाँ दिल्लीले सोच्न जरुरी छ । चीन भारतको सबभन्दा ठूलो व्यापारिक मित्र हो । भारतको लागि गरिबीमा बाँचिरहेका विशाल जनसंख्या, शान्ति र विकासको अवसर नै सबभन्दा ठूलो महत्वको विषय हो । चीन र भारतबीचको सम्बन्ध भत्केको पछि आइपर्ने चोट नयाँ दिल्लीले सहन सक्नेछैन ।
ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *