ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
भनिन्छ –‘इतिहास दोहोरिन्छ तर फरक ढङ्गले’ । त्यसैले त इतिहासको अध्ययन आवश्यक छ । इतिहासको अध्ययनले आफूलाई चिन्न मद्दत गर्छ । अरूलाई चिन्न मद्दत गर्छ† समाजलाई चिन्न मद्दत गर्छ† घटनालाई बुझ्न मद्दत गर्छ परिवर्तनलाई बुझ्न मद्दत गर्छ। भविष्यको लागि तयारी गर्न बलियो हतियार प्रदान गर्छ ।
शासकहरू आफ्नो स्वार्थ पूरा गर्न षड्यन्त्र रच्छन् । कुनै भयानक घटनाको दोष आफ्नो शत्रुको टाउकोमा थोपर्छन् । राज्यस्तरका यस्ता षड्यन्त्रलाई ‘झूटो झन्डा’ पनि भनिन्छ । मानव समाजको इतिहास राज्यस्तरका यस्ता षड्यन्त्रले भरिएका छन् । यस लेखमा इतिहासमा रचिएका षड्यन्त्रका यस्तै केही प्रतिनिधि घटना उल्लेख गरिएको छ ।
रोममा आगलागी र निरो
सन् ६४, जुलाई १९ को रात हालको इटालीको राजधानी, रोम सहरमा भयानक आगलागी भयो । पाँच–छ दिनसम्म नियन्त्रणमा ल्याउन नसकिएको आगलागीको उक्त घटनाले रोमका १४ मध्ये ४ जिल्लालाई खरानीमा परिणत गरिदियो । थप सात जिल्लामा गम्भीर क्षति पु¥यायो ।
रोमका तत्कालीन शासक निरोले रोम सहरमा ‘निरोपोलिस’ नामको दरबार शृङ्खला बनाउन चाहन्थे । उक्त योजना पूरा गर्न रोम सहरको एकतिहाइ क्षेत्र भत्काउनुपर्ने भयो । यो विषय एक खुला रहस्य जस्तै थियो । रोमको संसद्ले उक्त विचार अस्वीकार गरिदियो । संयोग, निरोपोलिस निर्माण गर्न आवश्यक क्षेत्र उक्त विध्वंसकारी आगलागीले खुला गरिदियो ।
आगलागीको दोषी निरो नै भएको हल्ला आगोभन्दा तीव्रगतिमा रोमका गल्लिहरूमा फैलियो । यस घटनाको दोष अरू कसैको टाउकोमा थोपर्न ढिला गर्न नहुने कुरा निरो प्रशासनले चाँडै अनुभव ग¥यो । सामुन्नेमा थियो – भर्खर फैलिँदै गरेको क्रिश्चियन धार्मिक समूह । जो सम्राटको धर्म मान्दैनथ्यो, सम्राटको स्वामित्व अस्वीकार गथ्र्यो, जो रोमको सर्वनाश हुने भविष्यवाणी गर्दै हिँड्थ्यो ।
क्रिश्चियन धर्मका दुई ठूला नेता पिटर र पउल घटनाको समयमा सहरमै हुनु निरोलाई चिट्ठा परेकोभन्दा कम थिएन । क्रिश्चियनहरू नै आगलागी घटनाको दोषी भएको प्रचार गर्न निरो प्रशासनले ढिलाइ गरेन । घटनाको आरोपमा पिटरलाई क्रसमा झुन्ड्याइयो र पउलको टाउको काटियो । सयौँ युवा क्रिश्चियनहरूलाई ग्ल्याडियटर खेल मैदानका सिंहहरूको आहारा बनाइयो, तेलमा डुबाएर जिउँदै रोमका सडकका बत्तीझैँ जलाइयो ।
माइन (Maine) घटना र संरा अमेरिकी साम्राज्यवादको उदय
सन् १८९८ फेब्रुअरी १५ का दिन क्युवाको हवानामा २६६ जनाको ज्यान जाने गरी संरा अमेरिकी युद्धपोतमा भएको विस्फोटको दोष संरा अमेरिकाले त्यस समय क्युवामा उपनिवेश कायम राखेको स्पेनमाथि लगायो । तत्काल संरा अमेरिकाले स्पेनविरुद्ध युद्धको शङ्खघोष ग¥यो । विख्यात स्पेनियाली—अमेरिकी युद्ध सुरु भयो । यस युद्धले उपनिवेशवादी स्पेनको विश्वव्यापी साम्राज्यलाई चिहानको बाटो देखायो । युद्धको अन्त्यसँगै सन् १८९८ को अन्त्यतिरसम्ममा क्युवा लगायत फिलिपाइन्स, प्युयर्टो रिको, ग्वाम र हवाई टापुहरूमा समेत संरा अमेरिकाले आफ्नो नियन्त्रण जमाइसकेको थियो । साम्राज्यवादको विरुद्ध स्थापना भएको संरा अमेरिकाको यस युद्धपश्चात् नै संसारको सबैभन्दा ठूलो साम्राज्यवादी मुलुक बन्ने यात्राको सुरुआत भएको मानिन्छ । उक्त संरा अमेरिकी षड्यन्त्र इतिहासमा माइन (Maine) घटनाको नाममा अङ्कित छ ।
मन्चुरिया घटना र लिग अफ नेसन्सबाट जापानको बहिर्गमन
सन् १९२९ को विश्वव्यापी आर्थिक सङ्कटले जापानी अर्थतन्त्रलाई पनि नराम्रोसँग गाँजेको थियो । खस्कँदो अर्थतन्त्र सुधार गर्न छिमेकी मुलुक चीनको मन्चुरिया क्षेत्रमा रहेको तेल र कोइला खानीमाथि जापानले आँखा गाड्यो । सन् १९३१ सेप्टेम्बर १८ का दिन मन्चुरियाको लिउस्याउ ताल नजिकै रेलको लिकमा आफैले विस्फोट गरायो । उक्त विस्फोटको दोष चिनियाँ सेनामाथि लगायो । लगत्तै जापानले मञ्चुरियामा आक्रमण ग¥यो र मन्चुकोे कठपुतली सरकार गठन ग¥यो । सन् १९३२ मा ‘लिग अफ नेसन्स’ (संयुक्त राष्ट्र सङ्घको पूर्व रूप) ले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले जापानले चिनियाँ सेनामाथि लगाएको आक्रमणको आरोपको खण्डन ग¥यो । जापानले मन्चुरियाबाट फर्कनुको सट्टा लिग अफ नेसन्सबाट नै बहिर्गमनको निर्णय लियो । उक्त जापानी षड्यन्त्र इतिहासमा मन्चुरिया घटनाको नाममा अङ्कित छ ।
राइखस्टाग आगलागी र जर्मनीमा नाजी फासीवादको उदय
सन् १९३३ फेब्रुअरी ७ को राती ९ः३० बजेको समयमा जर्मनीको संसद् भवन (राइखस्टाग) मा भएको आगलागीको दोष संसदीय व्यवस्थाविरोधी कम्युनिस्टहरूमाथि लगाएर जर्मनीमा हिटलर नेतृत्वको नाजीहरूले फासीवाद लाद्न नियोजितरूपमा षड्यन्त्र गरे । उक्त षड्यन्त्रको विषयमा माइकल ई. टिगार र जोन मागीले ‘राइखस्टाग आगलागी मुद्दा १९३३ — २००८’ शीर्षकको पुस्तक प्रकाशित गरिसकेका छन् । वर्कस् पब्लिकेसन्स्, नेपालले विसं २०६७ मा उक्त पुस्तकको नेपाली अनुवाद प्रकाशन गरी नेपाली पाठकलाई मानव इतिहासकै एक महत्वपूर्ण राज्यस्तरको षड्यन्त्रबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।
‘भक्तपुर काण्ड’ र पञ्चायतको पतन
अहिले नेपाल मजदुर किसान पार्टी यस्तै एउटा महत्वपूर्ण ऐतिहासिक षड्यन्त्रको घटना स्मरण गर्दै छ । त्यसको विरोध एवम् भत्र्सनालाई चालु राख्दै छ । आजभन्दा ३३ वर्षअघि नेमकिपालाई समुल नष्ट गर्ने उद्देश्यले तत्कालीन पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ (२०४५ भाद्र ९) को स्मरणमा कार्यक्रमहरूको आयोजना भइरहेको छ । उक्त घटनाको विरोधमा फेरि युवाहरू मुठी कस्दै छन्, भत्र्सना गर्दै छन् ।
अहिले ‘श्रमिक’, ‘मजदुर’ लगायत पत्रपत्रिकाका पानाहरू उक्त घटनाका स्मरणहरूले भरिएका छन् । सामाजिक सञ्जालका भित्ताहरू रङ्गिएका छन् । घटना भएको समयमा जन्मिनसकेका, जन्मेर बुझ्ने भइनसकेका नयाँ पुस्ताको लागि एकादेशको कथाजस्तो उक्त घटनामा आफै बाँच्ने अवसर बनेको छ – अहिले भइरहेका कार्यक्रम, लेख, समाचार, अनुभव र ती संस्मरणहरू ।
नेमकिपाका दर्जनौँ निर्दोष नेता कार्यकर्तामाथि झूटो मुद्दा चलाई जेलमा निर्मम यातना दिएको कुरा सुनेर आजको युवाको रगत तात्तिन्छ । जेलमा कठोर यातना भोगेका अग्रजको पिडामा आजको युवा आफ्नो शरीर सुम्सुम्याउँदै छ । घटनाको बेला झन्डै २० महिना लामो समय पूरै भक्तपुर खुल्ला बन्दीगृहमा परिणत भएको कल्पनामा डुबेको छ – आजको युवा ।
भूमिगत र प्रवास जीवन बिताउन बाध्य नेता–कार्यकर्ताको अनुभव सुनेर आजको युवा आफ्ना ती प्रियजनप्रति सम्मान र श्रद्धा व्यक्त गर्दै छन् । आफ्ना प्रियजनको रिहाइ र न्यायका निम्ति अग्रज महिलाले बोकेको सङ्घर्षको मसालको स्मरणमा आजका किशोरी फेरि हाकुपटासी बेर्दै छन् – आफ्नो शरीरमा । पटुका कस्दै छन् – कम्मरमा ।
आत्मसमर्पण गरेका अवसरवादीहरूविरुद्ध घृणाले आँखा राता बनाएर बसेका छन् – आजका युवा । आफ्नो अगाडि गणतन्त्रका ‘लालेचा’ हरू सुराकी गर्दै हिँडेकोे अनुभव गर्दै छन् । हिजोका पञ्चे – मण्डलेहरूको तस्बिर आजका शासक दलका नेता–कार्यकर्ताहरूको अनुहारमा खोज्दै छन्, देख्दैछन् – आजका युवा ।
नेमकिपालाई समूल नष्ट गर्न पञ्चायतले चालेको उक्त षड्यन्त्रको परिणाम अन्ततः पञ्चायत आफैले भोग्नुप¥यो । पञ्चायत ढल्यो† षड्यन्त्रको हार भयो । सत्यको जित भयो† सङ्घर्षको जित भयो । नेमकिपाले बोकेको सिद्धान्तको जित भयो । जनताले जितेको उक्त घटनाको परिणामले उत्साहित छन् – आजका युवा ।
पुँजीवादको विरोधमा, समाजवादको स्थापना गर्ने सङ्घर्षको यात्रामा फेरि यस्तै घटना दोहोरिएमा यातना सहन्छु – आत्मसमर्पण गर्दिनँ, सङ्घर्ष गर्छु – सिद्धान्त त्याग्दिनँ भन्ने अठोट मनमा लिँदै छन् – आजका युवा ।
हो, नेमकिपा नयाँ पुस्तालाई विगतको घटना सुनाउँदै छ । इतिहास पढाउँदै छ । आफूलाई चिनाउँदै छ । जनताका शत्रुलाई चिनाउँदै छ । घाँसभित्र लुकेर बसेका हरिया सर्पलाई चिन्न सिकाउँदै छ । समाजवादको बलियो सैद्धान्तिक हतियार प्रदान गर्दै छ । समग्रमा, नेमकिपा देश र जनताको निर्मित काम गर्ने नयाँ पुस्ता तयार गर्दै छ । सम्रगमा, नेमकिपा देश र जनताको निर्मित काम गर्ने नयाँ पुस्ता तयार छ । यस महान् कार्यमा नेमकिपालाई सफलता मिलोस् !शुभकामना !!
Leave a Reply