क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ
- जेष्ठ २८, २०८३
समस्या अवधारणामा छैन । बरु, यसलार्ई जसरी ठेलिँदै छ, दातृ निकायका एजेन्ट र एजेन्सीहरूले जुन भित्री नियतसाथ त्यो अवधारणालाई पेल्दै छन्, समस्या त्यहाँ छ । दिगो विकासको मोडलमा बाक्लै पाखण्ड छ । भौतिक विकासका शक्तिशाली जुम्ल्याहा वकिलहरू विश्व बैङ्क र युएसएडले गरिबहरूलाई दिगो विकासको बाटोमा हिँड्न भन्दै छन्, तिनलाई प्राकृतिक स्रोतसाधनको संरक्षणबारे सदाचारी उपदेश बाँड्दै छन् । तर, उति नै बेला उनीहरू ती देशलाई धेरैभन्दा धेरै अन्नबाली उत्पादन गर्न, त्यसको व्यवसायीकरण गर्न र उत्पादनलाई विदेश निर्यात गर्न दबाब दिँदै छन् । अझ उनीहरूले विश्वभरि अमेरिकी र युरोपेली उपभोक्तावादको सांस्कृतिक मन्त्र फिँजाउन कर्पोरेटहरूलाई सक्रियतापूर्वक सघाइरहेका छन् । यो देखेर जिब्रो टोक्नमात्र सकिन्छ । राष्ट्रिय विभूतिभन्दा कोका–कोला र कोलगेटजस्ता ब्रान्डलाई मान्छेहरू सजिलै चिन्छन् । अमेरिकी पपस्टार वा फिल्मस्टारको त कुरै नगरौँ । निजी होस् वा सार्वजनिक, जताततै तिनका पोस्टरहरू टाँगिन्छन् ।
आजभोलि कोका–कोलाको चिह्नले नबिग्रेका नेपाली गाउँहरू पाउन गाह्रो छ । एकदम विकट क्षेत्रमा समेत त्यसकोे लोगो वा चिह्न देख्न सकिन्छ । प्रसिद्ध तन्दुरीलाई केएफसी (केन्टकी फ्राइड चिकेन) ले ओझेल पारेको छ र गाइनेहरूको सङ्गीतलाई एमटीभीले जितेको छ । नेपाली साझेदारसँग मिलेर उत्पादन गरिने बियरले छाङलाई विस्थापित गरेको छ । कर्मकाण्ड वा चाडबाडमा पनि बियरकै भाउ बढ्दै छ । देशभरिका सहरहरू मन्दिरभन्दा पनि अग्ला टीभी एन्टेनाहरूले कुरूप बन्न पुगेको छ । इसाइहरूको धर्मप्रचारमाथि बन्देज लगाइएको यो देशमा क्रिसमसको झिलिमिली र आदानप्रदान ठाँटबाँठ बन्न पुगेको छ । यसरी पश्चिमीकरण जीवनको प्रत्येक पक्षमा घुसेको छ । स्थानीय परम्परा र मूल्यमान्यता बिस्तारै मर्दै छन् ।
आँखा फार्दै र व्याकुल हुँदै हामीले नेपाल र अन्य अविकसित मुलुकहरूमा फैलेको उपभोक्तावादको सांस्कृतिक महामारी हेरिरहेका छौँ । यी सबै पश्चिमा उपभोक्तावादका हाँगाबिँगा हुन् । वालस्ट्रीट जनरलले लेख्यो, ‘मितव्ययी हुन रूचाउनेहरूलाई कसरी धेरैभन्दा धेरै बेच्ने ।’ (१९९६) एलन ग्राहमले मितव्ययिहरूबीच पनि उपभोक्तावादको प्रचार गर्ने कम्पनीहरूको सामथ्र्यबारे छलफल गरेका छन् । यस्तो संस्कृतिमा मितव्ययीतालाई ठाउँ छैन । फुर्मास नगर्नु भनेको उपभोक्तावादको पितृविरुद्ध पाप हो । उपभोक्तावाद विश्वभरि पुँजीवादी गाडी धकेल्ने इञ्जिन हो । पुँजीवादको यो यात्रामा उपभोक्तावाद फुल्लिँदै जान्छ, गरिबी आर्थिक अभावमात्र रहन्न, बरु सामाजिक अपमानको स्रोत बन्छ । उपभोक्तावादको लहरमा लहरिन नसक्नेहरूलाई पश्चिमा विकासबाट मोटाएकाहरूले निन्दा र तिरस्कार गर्छन् । सामाजिक अपमान वा हाँसोको पात्र बन्नबाट बच्न गरिबहरूले आफूसँग जेजति छ, त्यसलाई अत्यावश्यक सामग्रीहरू किन्नमा भन्दा पनि अर्थ न बर्थका उपभोग्य सामग्री किन्नमा खर्च गर्नुपर्छ ।
आँखा फार्दै र व्याकुल हुँदै हामीले नेपाल र अन्य अविकसित मुलुकहरूमा फैलेको उपभोक्तावादको सांस्कृतिक महामारी हेरिरहेका छौँ । यी सबै पश्चिमा उपभोक्तावादका हाँगाबिँगा हुन् । वालस्ट्रीट जनरलले लेख्यो, ‘मितव्ययी हुन रूचाउनेहरूलाई कसरी धेरैभन्दा धेरै बेच्ने ।’ (१९९६) एलन ग्राहमले मितव्ययीहरूबीच पनि उपभोक्तावादको प्रचार गर्ने कम्पनीहरूको सामथ्र्यबारे छलफल गरेका छन् । यस्तो संस्कृतिमा मितव्ययीतालाई ठाउँ छैन । फुर्मास नगर्नु भनेको उपभोक्तावादको पितृविरुद्ध पाप हो । उपभोक्तावाद विश्वभरि पुँजीवादी गाडी धकेल्ने इञ्जिन हो । पुँजीवादको यो यात्रामा उपभोक्तावाद फुल्लिँदै जान्छ, गरिबी आर्थिक अभावमात्र रहन्न, बरु सामाजिक अपमानको स्रोत बन्छ । उपभोक्तावादको लहरमा लहरिन नसक्नेहरूलाई पश्चिमा विकासबाट मोटाएकाहरू निन्दा र तिरस्कार गर्छन् । सामाजिक अपमान वा हाँसोको पात्र बन्नबाट बँच्न गरिबहरूले आफूसँग जेजति छ, त्यसलाई अत्यावश्यक सामग्रीहरू किन्नमा भन्दा पनि अर्थ न बर्थका उपभोग्य सामग्री किन्नमा खर्च गर्नुपर्छ ।
आलेखको आरम्भमा ज्ञवालीले भनेझैँ नेपालका सम्भ्रान्त शासकहरूले गरिबी र अन्य सामाजिक समस्यासँग जुध्न देशको दिगो विकास गर्ने गरी जीवन चलाउन सकेका छैनन् । भौतिक सुखको उनीहरूको बौलाहा भोकले देशलाई फजुल उपभोक्तावादको बाटोमा तल धकेलेको छ । सम्भ्रान्तहरूले दिगो विकासको हर्षबढाइँ गर्दा आफैलाई सघाउने, आफैमा परिपूर्ण हुने र अडिलो खालको गान्धीवादी मोडल टाढाको सपना बन्न पुगेको छ । नेहरूको मोडलको स्थानमा गान्धीको मोडलले जितेको भए नेपाल र दक्षिण एसियाली देशका जनता के अहिलेजस्तो अपमानजनक गरिबीमा बाँच्थे, के उनीहरूको आत्मसम्मान लुटिने थियो ? प्रश्न उब्जिन्छ । दुई मोडलबीचको यो लडाइँमा नेहरूले जिते र आज पनि गरिबहरूले उनको नीतिको विजयको मूल्य चुकाइरहेका छन् । उनीहरूको असुरक्षित जीवन दरिद्रता र आत्मसम्मानहीनताले ग्रसित छ ।
यति कुरा बुझेपछि प्रश्न उठ्छ, उपभोक्तावादको साँढेले राइँदाइँ मच्चाइरहेको बेला कसरी दिगो विकास गर्न सकिएला ? प्रश्न पेचिलो छ । साधारण भाषामा भन्ने हो भने यसको जरैमा असङ्गति छ ।
अन्तर्राष्ट्रिय विकास संस्थापनले निजीकरण वा खुला बजार अर्थनीतिमा ठूलो जोड दिएको छ । यो जोड दिगो विकासको मर्मविपरीत छ । लोभ भनेको अगाडि बढ्नलाई राम्रो मात्र होइन, अत्यावश्यक पनि छ भनी खुला अर्थनीतिको निधारमै लेखिएको छ । दिगो विकासमा मान्छेका आधारभूत आवश्यकतालाई केन्द्रमा राखिन्छ तर लोभ यो मान्यताविपरीत छ । त्यसैले दिगो विकास र खुला अर्थनीतिबीच मेलजोल हुनसक्दैन । पुँजीवादको क्रूर जालोमा मानवीयता हाँस्न सक्दैन । अनियन्त्रित उद्यमशीलता दुईधारे तरबार हो । यसले दुवैतिर काट्छ । यसको नाफामुखी चरित्रले गर्दा केही मान्छेले आफ्नो उत्पादन बढाउन र पैसा कमाउन सक्छन् । तर, यसको वैचारिकीले सामाजिक समस्याहरू हल गर्नसक्छ वा समग्र मानव समाजको हित हुन्छ भन्नेमा शङ्का छ । यो धेरै भित्री अन्तरविरोधले जेलिएको छ । जोन बेलामी फोस्टरले पुँजीवादलाई ‘उत्पादनको घट्ट’ ९तचभबमmष्िि या उचयमगअतष्यल० भनेका छन् । यस्तो व्यवस्थाले झन्झन् ठूलो उत्पादनमा जोड दिनेमात्र होइन, बरु एउटाले अर्काको घाँटी सेर्ने संसारलाई जन्म दिन्छ । धेरैभन्दा धेरैको घाँटी नरेटेसम्म पुँजीवाद बाँच्न सक्दैन । ब्रुडले १९९५ मा बताए – खुला बजार अर्थनीतिले ‘ब्लेडरनर’ समाजलाई जन्म दिन्छ । (अनु.ः धारमा हिँड्ने यस्तो समाजमा मानिसहरू बहुराष्ट्रिय कम्पनीका रोबोटजस्ता हुन्छन् । यस्ता रोबोटहरूले मानवीय मूल्य बुझ्न पुगेका पुराना रोबोटहरूलाई मार्ने गर्छन् र आफ्ना धनाढ्य मालिक वा तिनको साम्राज्यको सेवा गर्छन् । १९८२ मा बनेको हलिउड फिल्म ब्लेडरनरमा यस्ता रोबोटहरूलाई मानक मान्छे देखाएर व्यङ्ग्य गरिएको छ ।)
अन्तर्राष्ट्रिय विकास संस्थापनले धर्मप्रचार अभियान चलाएझैँ आत्मसघाउ र सशक्तीकरणको संस्कृति जोडतोडले प्रचार गर्दै छ । मानौँ यो विकासको नयाँ मन्त्र हो । विकास संस्थापनमा बसेका मठाधीशहरूले एउटै मन्त्र जपिरहेका छन् । मन्त्र जपनाको एकखाले उन्माद छ । तर, आत्मसघाउको यो मन्त्र नौलो होइन । आत्मनिर्भरताको लामो इतिहास बोकेको नेपालमा कम्तीमा यो नयाँ कुरा होइन । यस अर्थमा दिगो विकास र उद्यमशीलता धेरै नेपालीको लागि नौलो होइन । धेरै नेपालीको लागि यी कुरा पुस्तैपिच्छे मालिक फेरिने टालेको टोपीझैँ हुन् । आत्मसघाउ नेपाली जीवनशैली हो । प्रायः सबै नेपालीले सामुदायिक परियोजना र गतिविधिमा पसिना बगाएका थिए, हातेमालो गरेका थिए । उनीहरूमा एक्लै र मिलेर काम गर्ने चलन थियो । मेलापर्मको सामूहिक काम गर्ने चलन उनीहरूले नै चलाएका थिए । यसमा आलोपालो श्रमको लेनदेन गरिन्छ । खासगरी बाली लगाउने र भित्र्याउने बेला यो चलन वर्षैपिच्छे खेतीपातीमा प्रयोग हुन्थ्यो । किसान वा गाउँलेहरू बाहिरिया वा विदेशीहरूमाथि निर्भर थिएनन् ।
दिगोपन नेपालको किसानी परिपाटीमा गहिरोगरी भिजेको छ । यो एकखाले प्राकृतिक अर्थतन्त्र थियो वा उत्पादनको दिगो शैली थियो । यो नवीकरणीय र टिकाउ दुवै थियो । यो पर्यावरणीय व्यवस्था थियो । यसमा मानिसहरू प्रकृतिका अभिन्न अङ्ग बन्थे । नाफाको लागि प्रकृति नष्ट गर्ने दुष्ट हुँदैनथे । यो पर्यावरण जमिन, वस्तुभाउ र मानिसको तीनपक्षीय सहअस्तित्वमा घुमेको थियो । यो सम्बन्धमा मानिसले जमिनको सुरक्षा गर्थे, त्यसबाट आफू र वस्तुभाउका लागि अत्यावश्यक सामग्री उब्जाउँथे । यसको बदलामा वस्तुभाउले मानिसलाई खानेकुरा दिन्थे र जमिनलाई मल दिन्थे । यसकारण, दिगोपन नेपालमा जिजीविषाकै देन थियो ।
जनताले प्रकृतिलाई आमाको रूपमा जीवनको मुहान र प्रलयकारी शक्तिको रूपमा हेर्थे । प्रलयकारी शक्तिको रूपमा उनीहरू प्रकृतिसँग डराउँथे । त्यसकारण, उनीहरूले प्रकृतिलाई पूजा गर्थे र प्रकृतिको प्रकोपलाई नियालिरहन्थे । उनीहरूले प्रकृतिका सबैजसो गतिविधिलाई शुभ वा अशुभ भनी अथ्र्याउँथे । आफ्नो पूजाअर्चनामा कमी आएमा प्रकृति रिसाउने र उनको प्रलयकारी शक्ति चिढिने र उनका मानवरूपी छोराछोरी निरूपाय हुने उनीहरूको बुझाइ थियो । त्यसलाई छोराछोरीविरुद्ध आमाको लडाइँको रूपमा हेरिन्नथ्यो । बरु, त्यसलाई प्रकृतिको उर्बरा र सिर्जना शक्ति सुनिश्चित गर्न असफल भएको वा बिठ्याइँ गरेकोले छोराछोरीलाई आमाले झकझक्याएको अर्थमा बुझिन्थ्यो । प्राकृतिक प्रकोपलाई किसानहरूले प्रकृतिविरुद्ध आफूले गरेको हिंसाको फल ठान्थे । अर्थात्, पर्यावरणीय कर्तव्यहरू त्याग्नाले प्रकृति रुष्ट भएको वा उनले दण्ड दिएको मान्थे । आफ्नो पछुतो व्यक्त गर्न किसानहरूले उनको शक्तिको पवित्रताको कदर गर्न अनुष्ठान गर्थे । आफ्नो बलबुत्ताले भ्याएसम्म ‘प्रकृति माता’ को भावी प्रकोप हटाउन सबथोक गर्थे ।
जीवनको मुहानको रूपमा हामीले प्रकृतिलाई छेलोखेलो दिन, ताप र संरक्षण दिन प्रार्थना गथ्र्यौँ । मानव वेदना र निराशा बढ्दा बिन्तीभाउ बढ्थ्यो । हामीले प्रकृतिको बन्दना ग¥यौँ, आक्रोशित हुने उनको शक्तिलाई सम्मान ग¥यौँ र उनीबाट छेलेखोलो इनाम पनि चाह्यौँ । आजभोलि साँचो वा प्राकृतिक वातावरणवाद भनिने अवधारणामा यो चलनलाई नेपाली योगदान मान्न सकिन्छ । यस्तो वातावरणवादमा सन्तुलन र शान्ति हुन्छ । यसलाई प्रकृति र नेपाली मानवताबीचको आपसी करुणा वा रेखदेख भन्न सकिन्छ । हामीले प्रकृतिको उपयोग वा दुरूपयोग दुवै गरेको हुनसक्छ, तर हामीले प्रकृतिको शक्तिमाथि मानव विजय हासिल ग¥यौँ भनी फोस्रो घमण्ड गरेनौँ । उनको शक्तिलाई मुठ्ठीमा राख्नु मानव अस्तित्वको मूल ध्येय थिएन । बरु हातेमालोको लयमा सहअस्तित्व खोज्नु नै किसानी जीवनको उद्देश्य थियो । रोपाइँको बेला छेलोखेलो बालीको लागि प्रकृतिसँग प्रार्थना गर्दै, बाली भित्र्याउने बेला उनलाई धन्यवाद दिँदै, प्राकृतिक प्रकोपको बेला माफी माग्दै हामी वार्षिक पूजाआजा गथ्र्यौँ, चाडबाड मनाउँथ्यौँ ।
प्रकृति यसरी किसानहरूको अस्तित्वसँग नङमासु थिइन् । प्रकृति धन र नाफाको स्रोत थिएनन्, बरु जमिनदार वर्गले जमिनलाई आफ्नो आर्थिक जग बलियो बनाउन सामाजिक हतियारको रूपमा प्रयोग गथ्र्यो । समाजमा मुट्ठीभर मानिसहरूले आफ्नो सम्पन्नता सुनिश्चित गर्न प्रकृतिको प्रयोग गरे तापनि धेरैका लागि उनी आमा थिइन् । आफ्ना सन्तान जोगाउने कर्तव्यले ओतप्रोत थिइन् । उनले आफ्ना अनगिन्ती मानव छोराछोरीलाई जोगाउँथिन् र उनीहरूमा आत्मसम्मानको भाव भर्थिन् । आजको विकासले उनीहरूलाई त्यो भावबाट वञ्चित गरेको छ । हामीले प्रकृतिको आनन्द (राम्रो बाली र सुख) र आक्रोश (खराब बाली र दुःख) का लक्षणहरू ध्यान दिएर नियाल्ने गथ्र्यौँ । यो प्रक्रियामा मीठा लोककथा र लोरी गीतहरूमात्र गाँसिएका थिएनन् । ती लोकसाहित्यमा वर्षौँ वर्षको अवलोकन र श्रुति परम्पराको आधारमा उत्पन्न गहिरो व्यवहारिक ज्ञान पनि मिसिएको थियो । त्यसैले खेतीपाती अवलोकन र थेग्रिँदो ज्ञानमा आधारित थियोे । खेतीपातीले प्रकृतिको लय समातेको थियो ।
नेपालको कृषि पर्यावरण र किसान जीवन केलाउँदा हाम्रो विगत एकदम शुद्ध र सुन्दर थियो, प्रगतितिर चिल्लो बाटोमा लम्किरहेको थियो वा बाटोमा खाल्डाखुल्डी थिएनन् भन्न पनि सकिन्न । यसको अर्थ हाम्रो विगतलाई फेरि ब्युँताउनुपर्छ भन्नु होइन । निश्चय नै धेरै समस्याहरू थिए । खासगरी महिला र सामाजिक शक्तिबाट च्युत दुर्बलहरूको मामिलामा केही हदसम्म यो शोषणकारी थियो । मुख्य कुरा के हो भने विगतमा आर्थिक बन्दोबस्त वा जीवनशैली निश्चय नै दिगो थियो । दिगोपन आत्मसघाउको भावना र स्थानीय स्रोतसाधनको जगमा गहिरो गरी जोडिएको थियो । २५० वर्षअघि पृथ्वीनारायण शाहले आफ्नो राष्ट्रिय नारामा आत्मसघाउलाई समेटेका थिए ।
तर आजको कथा भिन्न छ । यस्तो दिगो आर्थिक अभ्यास र रैथाने ज्ञान परम्परालाई राष्ट्रिय लाजको रूपमा हेरिँदै छ । तिनलाई आधुनिकता र प्रगतिलाई पछि धकेल्ने मूल समस्या बताइँदै छ । यसले गर्दा रैथाने ज्ञान परम्परा र आर्थिक अभ्यासलाई पुरातन भनी तल पारिएको छ । यो सांस्कृतिक मानवशास्त्रीहरूले जिज्ञासा मेट्न र ज्ञान पुनः निर्माण गर्न बेलाबखत अनुसन्धान गर्ने विषय बन्न पुगेको छ । यसलाई चुलिँदो पीडामा पिल्सिरहेका जनताको भलाइमा बिरलै उपयोग गरिन्छ । यी सबथोक विकासको नाममा हुन्छ ।
आजको भौतिकवादी विकासले गरिबी र दुःख निवारण गर्ने दाबी गर्छ । तर, मैदानमा यो दाबी क्रूर मजाक बन्न पुगेको छ । फोस्टर भन्छन् – विकास (उत्पादनमा वृद्धि) ले गरिबी हल गर्छ भन्ने विचार सम्भवतः सबैभन्दा ठूलो मिथक हो र यसलाई अन्तर्राष्ट्रिय विकास संस्थापनले अविकसित विश्वमा सफलतापूर्वक प्रसार गरेको छ । भित्रैबाट उब्जेको होस् वा बाहिरबाट थोपरिएको होस्, विकासले राष्ट्रिय धनमा वृद्धि गरेका प्रमाणहरू पाइन्छ । तर गरिबी बिरलै हट्ने गर्छ, बरु बढ्दो धनबीच गरिबीको तीखो दाह्राले गरिबलाई नै सताउने गर्छ । धनी झन्झन् धनी बन्छन्, गरिबहरू झन्झन् गरिब बन्छन् । १९५० को दाँजोमा नेपालको प्रतिव्यक्ति आय आज दोब्बर भएको छ, तर गरिबी र दरिद्र पनि उत्तिकै बढेको छ । यो प्रवृत्ति पुँजीवादी विकासको ऐतिहासिक चिनारी बन्न पुगेको छ । विकासका पक्षधरहरूको जोसिलो पैरवीभन्दा यो एकदम उल्टो कुरा हो । बढ्दो राष्ट्रिय धनले गरिबी निवारणमा सिन्को भाँच्न सकेको छैन ।
फोस्टरले पुष्टि गरेका छन्, आजको पुँजीवादी विकासले अनगिन्ती किसानहरूलाई भूमिहीन बनाइदिएको छ र तिनलाई जीविका चलाउन प्रकृति मास्न बाध्य पारेको छ । यो कुरा नेपालमा पनि लागू हुन्छ । बढ्दो भूमिहीनता आर्थिक राजनीतिक लडाइँको मूल कारण बन्न पुगेको छ । खासगरी नेपालको तराईमा बसाइ सरेका किसानहरू यही लडाइँ (सुकुमवासी समस्या) लड्दै छन् । अआफ्नो भूमिबाट बेदखल भएर ठूलो सङ्ख्यामा किसानहरू बसाइ सर्दा किसानी पर्यावरण तारो बनेको छ । जुन किसानले प्रकृतिलाई जीवनदायिनी शक्तिको रूपमा पुजा गर्थे, तिनै किसान प्रकृतिप्रति निर्मम हुनुपरेको छ ।
नेपालीहरूको उद्यमशील भावनामा जाऔँ । नाफा कमाउनुभन्दा पनि कडा मिहिनेत गर्ने कुरा नेपालीहरूको साझा गुण थियो । नेपालीहरू जन्मैले उद्यमशील हुन् । सीमित स्रोतसाधन भएको कठोर वातावरणबीच बसोबास गर्ने जनता हुन् नेपाली । त्यसैले उद्यम नगरी वा लचिलो नबनी सुखै हुन्न । यो स्वतःस्फूर्त जीवनशैली थियो । मितव्ययिता जीवनको मर्म थियो किनभने सानै उमेरबाट उनीहरूले वातावरणमा कसरी भिज्ने भनी सिक्थे । उद्यमशीलता र आत्मसघाउ कुममा कुम मिलाएर अघि बढ्थे । यसैले किसानी पर्यावरण जोगाउँथ्यो । यस्तो पर्यावरणीय बन्दोबस्तमा कडा परिश्रम जीवनचर्या थियो । जमिन खोस्रिनु र पाट्नु सम्पूर्ण किसानी पर्यावरणको जग हो । आज पनि गरिबहरू धनीले भन्दा दोब्बर मिहिनेत गर्छन् । बाँच्नलाई अनेक श्रमसीप लगाउँछन् । नेपालको किसानी पर्यावरणको बाँच्ने कौशल र घुलनशीलता २०४५ सालमा अग्निपरीक्षामा थियो । त्यो साल भारतले नेपालमाथि नाकाबन्दी लगायो । काठमाडाँैको सहरी अर्थतन्त्र भारतबाट आयात हुने सामग्रीमा निर्भर थियो र नाकाबन्दीपछि त्यो ठप्प भयो । जताततै जे चीज लिन पनि लामालामा लाइनहरू देखिन थाले । बढी परनिर्भरताले गर्दा अत्यावश्यक सामानको अभावसँगै राजधानीमा हाहाकार मच्चियो । तर धेरैजसो किसानहरू र तिनको किसानी पर्यावरणलाई राजमार्ग र उपभोक्तावादी संस्कृतिले पूरै बाँध्न सकेको थिएन । त्यसैले ‘कृत्रिम’ अभावले उनीहरूलाई छुन सकेन । अचाक्ली आयातले गर्दा नै यस्तो अभाव सम्भव भएको थियो ।
नेपालका धेरै कुनाकन्दरामा अझै पनि किसानले आफ्नो आजीविका र गरिबीलाई प्रकृतिले कोरेको भाग्यरेखा ठान्छन् । त्यसैले, नेपालमा दिगो विकास, उद्यमशीलता र आत्मसघाउ तीनै थोक थिए । १९५० को दशकसम्म तीनै थोक जीवन्त थिए । त्यसपछि नेपालको अक्षत भूमिलाई पश्चिमा विकासे अवधारणाले बलात् पेट बोकायो र रगताम्य बनाइदियो । तर, आज ती तीनै थोक लडाइँमा हारेर भागेको कुकुरझैँ भाग्दै छन् । कुनै बेला आत्मनिर्भरताको लागि परिचित नेपाल आज बाँझो भूमि बन्दै छ, आत्मनिर्भरताको अभिमान र आत्मसघाउबाट वञ्चित छ । सिद्धान्त र व्यवहार दुवैमा विकासको समस्त प्रक्रिया भनेको धनाढ्य शासकहरूको पश्चिमको अनुकरण गर्ने प्रयासमा सीमित छ । शासकहरू राष्ट्रिय अर्थतन्त्र र सामाजिक सांस्कृतिक दृश्यावलीमा भौतिक गौरवको रङ पोत्न खोज्छन् । आखिर भौतिक गौरव नै पश्चिमा आधुनिकताको मूल मर्म हो ।
प्रस्तुति : रमेश
Leave a Reply