मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
झन्डै दुई वर्षदेखि आसियान र चीन मिलेर कोभिड–१९ महामारीको सामना गर्न दिलोज्यानले लागेका छन् । यसअघि कहिल्यै सामना नगरिएको चुनौतीमाथि जीत हासिल गर्न चीनले सो क्षेत्रमा व्यक्तिगत सुरक्षा वस्त्र (पीपीई), मास्क, भेन्टिलेटर उपलब्ध गराइरहेको छ ।
आसियानका केही सदस्यले दक्षिण चीन सागर विवादलाई उछाल्न खोज्दा बिथोलिएको शान्ति सुव्यवस्था पनि आसियान र चीनबीचको वर्षौंको संवाद र वार्ताले अहिले कायम भएको छ । अहिले दुवै पक्ष सन् २०२२ सम्ममा दक्षिण चीन सागर नियमावली बनाउनेतिर लागेका छन् ।
आर्थिक शक्तिको रूपमा चीनको उदयसँगै एसियाको महामारीपछिको आर्थिक पुनःनिर्माण उचाइमा पुग्नुले उत्साहको सञ्चार भएको छ । सेप्टेम्बर १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको फोनवार्तापछि ‘शीतयुद्ध २.०’ टर्ने आशा गरिएको छ । दुई नेताबीच महामारी र जलवायु परिवर्तनका चुनौतीमा सहकार्य गर्ने सहमति भएको छ ।
तर, उक्त फोन संवाद भएको पाँच दिनपछि संरा अमेरिका, बेलायत र अस्टे«लियाले ‘अउकस’ नामको नयाँ तीनपक्षीय रक्षा मोर्चा घोषणा गर्दा विश्वव्यापी उत्साहलाई कमजोर बनाएको छ । त्यसमा अस्टे«लियाको ‘शाही अस्टे«लियाली जलसेनालाई आणविक ऊर्जामा आधारित पण्डुबी दिने’ खतरनाक घोषणा पनि उल्लेख छ । यो समाचारले आसियान देश र चीनमा खतराको घण्टी बजाएको छ ।
इन्डोनेसिया र मलेसियाले तत्कालै सो घोषणाप्रति प्रतिक्रिया जनाए । त्यो कदमले ‘हतियारको प्रतिस्पर्धा’ हुने उनीहरूले चेतावनी दिए । आसियानका पाका राजनेता महाथिर मोहम्मदले अस्टे«लियाप्रति आक्रोश पोखे । “तिमीले यो खतरा बढाउने काम गरिरहेका छौ”, उनले भने । थाइल्याण्डका सम्मानित लेखक कवि चोङकिटाभोर्नले भने,“बैङ्ककले संरा अमेरिकाको पछिल्लो कदमलाई अस्थिरता फैलाउने कदम मानेको छ ।”
भियतनामको हनोइ टाइम्स पत्रिकामा प्रकाशित समाचारअनुसार भियतनामको परराष्ट्र मन्त्रालयका प्रवक्ता ली थि थु हाङले शिष्टतापूर्वक सो कदमको विरोध गरेका छन् । उनले भने,“आणविक ऊर्जाको विकास गर्नुपर्छ । त्यसलाई शान्तिपूर्ण प्रयोजनको लागि प्रयोग गर्नुपर्छ । सामाजिक–आर्थिक विकासमा त्यसको प्रयोग हुनुपर्छ । मानिस र वातावरणको सुरक्षा सुनिश्चित गर्न आणविक ऊर्जाको उपयोग हुनुपर्छ ।” तर, आणविक पण्डुबीले मानिस र प्रकृतिको रक्षा गर्ने सोच्नु कल्पनाबाहिरको कुरा हो ।
अउकस घोषणाप्रति सिङ्गापुरको प्रतिक्रियालाई पश्चिमा सञ्चारमाध्यमले खोटपूर्ण प्रकाश गरेका छन् । उनीहरूले सिङ्गापुरबाट सो कदमको स्वागत भएको भन्ने गलत समाचार सम्प्रेषण गरेका छन् । सिङ्गापुरका प्रधानमन्त्री ली सैन लुङले अउकसले ‘क्षेत्रीय शान्ति र स्थायित्व बनाउन रचनात्मक भूमिका खेल्ने आशा’ व्यक्त गरे । आशा गर्नु पनि त्यसप्रति असन्तोष पोख्नु नै हो । अउकस उपयोगी हुनसक्छ । तर, घातक पनि त हुनसक्छ । तत्कालीन प्रभाव भनेको यसले एसियाको शान्ति बिथोल्ने हो ।
फिलिपिन्सको नागरिक हुनुको नाताले मलाई मेरो देशका विदेशमन्त्री तिओडोरो लोकसिनले अउकसबारे खोटपूर्ण र गलत बाटोमा निर्देशित भनाइ राखेर आसियान साझेदारहरूबीच निकै खराब प्रभाव बनाएकोमा म निकै दुःखी छु । उनले पुरानो सोचको ‘शीतयुद्ध’ ‘शक्ति सन्तुलन’ जस्ता कुरामा अन्योलपूर्ण र अनिश्चित कुरा गरे । अनि अउकसले दीर्घकालीनरूपमा फलदायी हुने भन्दै त्यसलाई जायज ठह¥याउने प्रयास गरे ।
अउकसप्रति लोकसिनको यस्तो भनाइले अल्पकालीनरूपमा क्षेत्रीय मामिलामा आसियानको केन्द्रीय भूमिकालाई न्यूनाङ्कन गरेका छन् । अउकसले आसियानमा फिलिपिन्सको स्थानलाई धुजाधुजा बनाएको छ । साथै आसियान ऐक्यबद्धता, भावना र सहमतिलाई पनि त्यसले बिथोलेको छ । आसियानको एकता, भावना र सहमति अउकस मोर्चा र आणविक सम्झौताविरुद्ध छ । लोकसिनको भनाइलाई पश्चिमा देशहरू, विशेषतः युरोपेली सङ्घले पनि सहज मानेको छैन ।
युरोपेली सङ्घले लामो समयदेखि संरा अमेरिकी नेतृत्वको अनुपस्थिति अनुभव गरिरहेको छ । सन् २०२० मा म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा यो अनुभव निकै उचाइमा पुग्यो । त्यो सम्मेलनको विषय नै ‘पश्चिम विहीनता’ थियो । यो टकरावले फ्रान्स र जर्मनीलाई संरा अमेरिकी नेतृत्वप्रति उदासीन बनाएको छ । अस्टे«लियासँगको सम्झौतालाई फ्रान्सले संरा अमेरिकाले ‘आफ्नो ढाडमा छुरा प्रहार’ मानेको छ भने नोर्ड स्ट्रिम २ नाकाबन्दीको पीडा जर्मनीले भुल्न सकेको छैन ।
अउकसको विषयमा अस्टे«लिया आफै पनि विभाजित छ । त्यहाँका पूर्वप्रधानमन्त्री पल किटिङले एक सार्वजनिक वक्तव्यमार्फत प्रधानमन्त्री स्कट मोरिसनले अस्टे«लियालाई ‘एसियाली शताब्दी’ बाट अलग बनाउन खोजेको र ‘उही थोत्रो र पुरानो अङ्ग्रेजवृत्त (एङ्ग्लोस्पेयर) मा फिर्ता लान खोजेको बताए । अर्का पूर्वप्रधानमन्त्री केभिन रडले संरा अमेरिका–बेलायतसँगको पण्डुबी सम्झौता गरेर अस्टे«लियाले रक्षा सार्वभौमिकतामा सम्झौता गर्न खोजेको प्रतिक्रिया दिए ।
अउकसको विषयमा आपसी एकताको आधार नखोज्ने र फिलिपिन्सका मनपरी बोल्ने विदेशमन्त्रीको भनाइलाई लगाम नलगाउने हो भने हल्लाखल्ला गरिएको अउकसबाट सम्भावित सबभन्दा ठूलो पीडा भोग्ने भनेको आसियानले हो । चीनको उदयको अर्थ एसिया र आसियान देशको उदय हो । क्षेत्रीय मुद्दामा विचलित भए हामीले एसियामा वियोगको अवस्था भोग्नुपर्ने हुन्छ । फिलिपिन्सका हामी जनताले विदेश मन्त्रीलाई लगाम लगाउन राष्ट्रपति रोड्रिगो आर डुतेर्टेलाई आग्रह गरेका छौँ । आसियानले यो विषयमा आपसी एकता बनाउनुपर्छ र एकसाथ अउकसको विरोध गर्नुपर्छ । आज क्षेत्रीय शान्ति, सुव्यवस्था, उत्पादनमूलकता र समृद्धि जोखिममा परेको छ ।
(लेखक फिलिपिन्स–ब्रिक्स रणनीतिक अध्ययनका संस्थापक हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुमन
Leave a Reply