रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
गएको २० अक्टोबरबाट मुअम्मद गद्दाफीको हत्या भएको १० वर्ष भएको छ । यही मौकामा पश्चिमेली सञ्चारमाध्यमले गद्दाफीविरुद्ध विष बमन गरिरहेका छन् । तर, वास्तकिता भने भिन्न छ । गद्दाफीले आफ्नो राष्ट्र लिवियालाई अफ्रिका महादेशको सबैभन्दा धनी राष्ट्र बनाउने अभियानको नेतृत्व गरे । पश्चिमले अरब नेतालाई सफल हुन नदिँदा गद्दाफीको मृत्युको एक दशकपछि लिविया आतङ्कवाद र दासत्वले घेरिएको छ ।
विद्रोहीहरूको समर्थन र सहयोग गरेर गद्दाफीलाई पराजित गर्न नाटोले लिवियामा गरेको बमबारी ग¥यो । नाटोलाई लिवियाको समृद्धिसँग कुनै मतलब थिएन । ‘मानव अधिकार’ र ‘लोकतन्त्र’ को आडमा लिवियाको प्राकृतिक स्रोतमाथि आधिपत्य जमाउन र पश्चिमी प्रभुत्वको रक्षा गर्न पश्चिमी सैन्य गठबन्धन नाटोले अरब संसारका एक प्रमुख नेताको हत्या ग¥यो । यस्तो विनाशको योजना बनाउने युद्धअपराधीहरू हिलारी क्लिन्टन, बाराक ओबामा र निकोलस सार्कोजि थिए ।
गद्दाफीले लिवियालाई विश्वको सबैभन्दा गरिब देशबाट धनी तथा आत्मनिर्भर राज्यमा रूपान्तरण गरे । ४२ वर्षको शासनकालमा उनले देशको साक्षरता दर २५ प्रतिशतबाट ८८ प्रतिशत बढाए । लिवियालीहरूले निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा र उच्च स्तरको जीवन बिताउन पाए । बिजुली, पानी र ग्यासजस्ता आधारभूत आवश्यकताहरू सस्तो थियो । देशमा बलियो सामाजिक सुरक्षा संयन्त्र तथा सामाजिक कल्याण कार्यक्रम सुनिश्चित थियो । स्वास्थ्य, शिक्षा र आयको आधारमा प्रकाशित गर्ने संयुक्त राष्ट्र सङ्घको मानव विकास सूचाङ्कअनुसार सन् २०१० मा लिविया अफ्रिकामा पहिलो स्थानमा र विश्वमा ५३ औँ स्थानमा रहेको थियो । लिविया कुनै बाह्य ऋण नभएको एक सम्पन देश थियो । आज लिविया ५३ औँ स्थानबाट १०५ औँ स्थानमा पुगेको छ ।
लिविया ९० प्रतिशत मरुभूमिले ढाकिए पनि सम्पूर्ण लिवियावासीलाई खानेपानीको बन्दोवस्त गरेर सिँचाइको राम्रो व्यवस्था मिलाए गद्दाफीले । उनले सन् १९८० को दशकमा विश्वको सबैभन्दा ठूलो सिँचाइ परियोजना ‘ग्रेट मैन–मेड रिभर’ बनाए । लिवियामा ताजा पानीको ७० प्रतिशत योगदान गर्ने संसारको सबैभन्दा ठूलो पाइप नेटवर्क निर्माण गरे । गद्दाफी यसलाई ‘संसारको आठौँ आश्चर्य’ भन्थे । २५ बिलियन डलरभन्दा बढीको लागतमा रहेको यो परियोजना कुनै विदेशीको सहयोगबिना बनेको थियो । तर, विडम्बना ! नाटो सेनाले यही परियोजनालाई बमले उडाइदियो ।
नाटो समर्थित विद्रोहपछि लिवियामा यी राम्रा चीजहरू जनताले देख्न पाएका छैनन् । त्यहाँ लगातार बिजुली कटौती हुन्छ । स्वास्थ्य सेवा भत्किएको छ । पूर्वाधार छैन । जीवन स्तर खस्किएको छ । १० वर्षपछि लिवियामा क्रियाशील केन्द्रीय सरकार पनि छैन । ठूलो आधारभूत संरचना भएको समृद्ध देशमा पानी, सुन र तेलको प्रचुरताको सट्टा अब खुला दास व्यापार हुन्छ । मानव तस्करहरू आप्रवासी र शरणार्थीहरूलाई युरोप पठाउने र उनीहरूलाई बेचेर फाइदा लिन्छन् । प्रतिद्वन्द्वी जनजाति र राजनैतिक गुटहरू तेल र अन्य बहुमूल्य स्रोतहरू आफ्नो कब्जामा पार्न लडिरहेका छन् । गद्दाफीको हत्यापछि आतङ्कवादी, अवसरवादी र लुटाहाहरूद्वारा देशलाई किस्ता किस्तामा बाँडेर कब्जा गरिएको छ र अराजकताले सीमा नाघेको छ । शान्त समाज दण्डहीन समाजमा परिवर्तन भएको छ । इस्लामिक स्टेट, अल–कायदा र अन्य जिहादी लडाकुहरू आफ्नो उपस्थिति देखाउन युद्ध गरि नै रहेका छन् । गद्दाफीको जमानामा यिनीहरू लिवियामा उपस्थिति हुने साहस गर्दैनथे । अहिले लिवियालाई एक ‘असफल राज्य’ को रूपमा लिइन्छ । पछिल्लो १० वर्षमा लिविया यो हालतमा पुग्नुमा नाटो जिम्मेवार छ ।
फिलिस्तीन लिबरेसन सङ्गठन, आयरिश रिपब्लिकन आर्मी, ब्ल्याक प्यान्थर पार्टीलाई समर्थन गरेर गद्दाफीले स्वतन्त्रता र राष्ट्रिय मुक्ति आन्दोलनलाई सही तरिकाले अगाडि बढाए । सन् १९७० को दशकमा उनले लिवियालाई इजिप्ट र सिरियासँग एकीकृत अरब राज्य बनाउनको लागि प्रयास गरे । २००९ मा उनले ‘सुनको दिनार’ लाई अफ्रिकी राष्ट्रहरूमा एकल मुद्राको रूपमा प्रयोग गर्ने प्रस्ताव गरे । उनी लिवियाको केन्द्रीय बैङ्कसँग रहेको १ सय ४४ टन सुनको भण्डार यसो उद्देश्यको लागि प्रयोग गर्न चाहन्थे । अफ्रिकी देशहरूलाई ‘नयाँ प्यान’ अफ्रिकी मुद्रामा मात्र आफ्ना संसाधनहरू किन्न र बेच्ने गद्दाफीले प्रस्ताव गरे । यसले उनीहरू अमेरिकी डलर र १४ देशहरूमा प्रयोग गरिने फ्रान्सद्वारा नियन्त्रित औपनिवेशिक मुद्रा ‘सेन्ट्रल अफ्रिका फ्रान्क (सीएएफ)’ प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्त हुन्थे । आफ्नै स्रोतहरूलाई नियन्त्रण गर्न र साँचो स्वतन्त्रता पाउनको लागि अफ्रिकी राष्ट्रहरू एकल मुद्रा अपनाउन चाहन्थ्यो । गद्दाफीको योजनाले पश्चिमी मौद्रिक आधिपत्यमाथि खतरा सिर्जना ग¥यो । पश्चिमेली सरकारको लागि यही नै गद्दाफीको सबैभन्दा ठूलो ‘पाप’ थियो ।
विश्व समुदायसँग पश्चिमेली सरकारको एकाधिकार विरुद्ध लड्ने गद्दाफीको आव्हान अमेरिका र फ्रान्सेली मौद्रिक आधिपत्य र अन्तर्राष्ट्रिय बैङ्किङ्ग प्रणालीमाथि चुनौती थियो । पश्चिमाहरू यस योजनाको बारेमा राम्ररी जान्दथे । अमेरिकी डलर प्रयोग गर्न नपर्दा अफ्रिकामा अमेरिकी प्रभाव कमजोर हुन्थ्यो । यसले अन्तर्राष्ट्रिय बैङ्किङ प्रणालीमा पश्चिमी एकाधिकारलाई कमजोर बनाउन सक्थ्यो । अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता नव–औपनिवेशिक संस्थाहरूको भूमिका विकासशील राष्ट्रहरूमा कमजोर हुन्थ्यो ।
‘सीएफए फ्रैंक’ मुद्राको विकल्प प्रदान गर्ने योजना लिवियामाथि हमला गर्ने फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीको निर्णयलाई प्रभावित पार्ने कारकमध्ये एक थियो । सार्कोजीलाई राम्ररी थाहा थियो, पश्चिम अफ्रिकी र मध्य अफ्रिकी देशहरूले ‘सीएफए फ्रैंक’ छोडे फ्रान्सको आफ्नो पूर्वअफ्रिकी उपनिवेशहरूमा प्रभाव कमजोर हुन्थ्यो र लिवियाको तेल उत्पादनको एक ठूलो हिस्सा प्राप्त गर्ने फ्रान्सको इच्छा चकनाचुर हुन्थ्यो । लोकतन्त्र र मानवअधिकारको गफ त पश्चिमी चासोको रक्षा गर्न र लिवियाको संसाधनहरू लुट्नको लागि एक बहनामात्र थियो ।
गद्दाफी सधैँ पश्चिमी औपनिवेशिक स्वार्थको लागि एक काँडा थिए । उनको सबैभन्दा ठूलो ‘अपराध’ वास्तविक स्वतन्त्रता खोज्नु थियो । आफ्नो देशलाई अझ राम्रो बनाउनको लागि साहसी निर्णय गर्ने र पश्चिमी प्रभुत्वलाई चुनौती दिने अफ्रिकी, अरब र ल्याटिन नेताहरूको हत्या संयुक्त राज्य अमेरिकाले गरेको इतिहास साक्षी छ । यसमा गद्दाफी अपवाद रहेनन् ।
Leave a Reply