आज देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ । २६ वर्षभन्दा अघि भिटामिन ‘ए’ ख्वाउने कार्यक्रम कहिल्यै अन्त्य नहुने हो ? के बच्चाको आँखा स्वस्थ राख्न केवल ‘चक्की’ मा मात्र भर परिरहने ?
सबै रोगलाई रोक्न औषधिमात्र चाहिने विचारले स्वास्थ्य मन्त्रालयले हाम्रो मौलिक रैथाने खाना, जसमा पर्याप्त भिटामिन ‘ए’ प्रोटिन, क्याल्सियम छन् तिनलाई त बेवास्ता नै गरेको छ । कृषि मन्त्रालयले निकालेको पुस्तिका mबब कस्ता कस्ता नेपाली वनस्पति भोजनमा कति (क्यारोटिन) (भिटामीन ‘ए’ शरीरमा बन्नको लागि सुरूवाती अवस्था) पाइन्छ भनेर लेखिएको छ । अपशोच त्यो पुस्तिका स्वास्थ्य मन्त्रालयसम्म पुग्दैन । आज र भोलि देश भरिका बालबालिकालाई भिटामिन ‘ए’ ख्वाइनेछ ।
भिटामिन ‘ए’ को कार्यक्रम सुरूवात गर्दा सरकारले ‘बिस्तारै पोषणयुक्त खानाको माध्यमबाट सबैलाई भिटामिन ‘ए’ कमी नहोस् भनेर कार्यक्रम ल्याउने छौँ’ भनेको थियो । तर, ती सबै पर्याप्त कालमा भएको नीति उदाहरणको लागि करी पत्ता, आलो लट्टे, पुदिना, कर्कलो, केराउ, खुर्सानी, चुकन्दरको, मूला, मेथी, मेवा, आदिको पात पनि भिटामीन ‘ए’ ले भरिपूर्ण हुन्छ ।
तर अपशोच भिटामिन क्याप्सुल दिँदा, घर वरिपरि भएका यस्ता वस्तु खाउँ भनेर कसैले भन्दैन । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला । त्यसैगरी भटमास, रहर, चना, गहतमा पनि भिटामिन ‘ए’ त पाइन्छ । तर यसको विषयमा छलफल नै हुन्न । भिटामिन ‘ए’ को क्याप्सुल खाएपछि पहिले पहिले धेरै बच्चाको आँखाको सुरक्षा भएको छ । तर अब घर आगनमा पाइने भोजन प्रयोग गर्न नसिकाउने भन्या । बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै !
स्रोतः लेखकको फेसबुक पेज
Leave a Reply