भर्खरै :

राजा र राजतन्त्रबारे सैद्धान्तिक छलफल

केही विद्युतीय प्रचारमाध्यम तथा छापाहरूमा राजा र राजतन्त्रबारे नेमकिपाको धारणाको सम्बन्धमा केही अप्रस्ट समाचार एवम् विश्लेषण आएका छन् । यसबाट सामान्यजनमा गलत समझदारी हुनसक्ने भएकोले राजतन्त्रबारे वर्गीय धारणा तथा ऐतिहासिक विश्लेषणसहित नेपाल मजदुर किसान पार्टीको औपचारिक धारणा आउनु आवश्यक देखिनु स्वाभाविक हो ।
बेलामौकामा नेमकिपाका अध्यक्षको हैसियतले का.रोहितले राजा र रातन्त्रबारे दिनुभएको मन्तव्य, वक्तव्य एवम् छलफलका अभिव्यक्तिलाई तलका बुँदाहरूबाट प्रस्ट पार्न सकिन्छ –
१) राजा वर्गीयरूपले दास मालिक तथा सामन्त हुन्छन् ।
२) तर, कुनै कुनै राजा र राजकुमारहरू साम्राज्यवाद र उपनिवेशवादविरोधी एवम् देशभक्त हुन्छन् ।
३) त्यस्ता राजा र राजकुमारहरू अनेक देशमा हुनु स्वाभाविक छ । साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षमा देशभक्त जनतासँग मिलेर सङ्घर्ष गरी देशको स्वतन्त्रता, स्वाधीनता एवम् सार्वभौमिकता जोगाउने राजाहरू पनि छन् । कतिपय राजाहरू सङ्घर्षकै सिलसिलामा सहिद भएका छन् । त्यसैगरी, केही राज्यका राजा र प्रधानमन्त्रीहरूले साम्राज्यवाद र उपनिवेशवादको विरोधमा छिमेकी देशहरूसँग संयुक्त मोर्चा बनाएर सङ्घर्ष गरेका पनि छन् । नेपालमा पनि भीमसेन थापाले अङ्ग्रेज साम्राज्यवादको विरोधमा लड्न भारतीय र चिनियाँ राजा तथा महाराजाहरूसँग चिठीपत्र एवम् दूतहरूमार्फत सरसल्लाह गरेका थिए ।
४) हिन्द–चीन (भियतनाम, लावस र कम्बोडिया) का राजा, राजकुमारहरूले देशभक्तहरूसँग संयुक्त मोर्चा गरेर अमेरिकी साम्राज्यवादलाई खेदैकै थिए र तिनीहरूले फ्रान्सेली एवम् जापानी उपनिवेशवादको विरोधमा पनि संयुक्त सङ्घर्ष गरेका थिए ।
भारतीय उपमहादेश एवम् संसारका अन्य महादेशहरूमा पनि विदेशी आक्रमणको विरोधमा जनतासँग मिलेर सङ्घर्ष गरेका राजाहरू पनि छन् । कतिपय देशका राजा र राजतन्त्रले आफ्नो गद्दी र सुख सुविधाको निम्ति साम्राज्यवादी एवम् उपनिवेशवादीहरूलाई सहयोग गरी विदेशी मित्रहरूलाई समेत घात गरेका छन् । भीमसेन थापाको चिठी ग्वालिएरका राजाले बेलायतलाई बुझाएका थिए ।
४ कार्तिक २०७८ को ‘नयाँ पत्रिका’ मा डा. प्रकाशचन्द्र लोहनीको ‘बीपी, राजसंस्था र अहिलेको गणतन्त्र’ शीर्षकको लेखमा किरण वैद्यसँग का.रोहितको नाम पनि जोडेर “राजसंस्थाको उपयोग नेपालको अखण्डता कायम गर्न आवश्यक भएको तर्क राख्नुभएको हुनुपर्छ” भन्ने कुरा उल्लेख गरिएको छ ।
नेमकिपाका जिम्मेवार नेता र कार्यकर्ताहरूलाई के कुरा राम्रो थाहा छ भने हाल मोहन वैद्यसँग नेमकिपाको कोही पनि नेताको भेट भएको छैन, नेपालको राजसंस्थाबारे छलफल हुने कुरै भएन ।
त्यस्तै, ५ कार्तिक २०७८ को ‘नागरिक’ को ‘विचार’ स्तम्भमा युवराज गौतमजीको ‘राजा फर्किने हल्ला’ शीर्षकको लेख छापियो । त्यसमा मोहन वैद्य र सीपी मैनालीलाई का.रोहितसँग जोडेर “राष्ट्रलाई साम्राज्यवाद र विस्तारवादको दुष्प्रभावबाट बचाउन स्थायी शक्तिको रूपमा राजसंस्था चाहिने रहेछ भन्न थालेका छन्”, भनी उल्लेख भएको छ ।
का. रोहितको वा नेमकिपाको कुनै जिम्मेवार नेता तथा कार्यकर्ताको सीपी मैनालीसँग भेटघाट भई ‘राजसंस्था’ बारे कहिल्यै कुरा भएको छैन ।
का.रोहितले ‘राजा र राजतन्त्र’ बारे छलफल हुँदा बेलायतको निरङ्कुश राजा चाल्र्स प्रथम र संवैधानिक राजाको तुलना गर्नुहुन्छ । फ्रान्सको राज्यक्रान्तिको बेला विदेशीसँग मिलेर आफ्नो देशमा आक्रमण गर्न खोज्दा राजा लुई र महारानी समेत गिलोटिनमा मारिएका थिए । पछि, राजा फिलिप पनि गद्दी छोडेर भागेका थिए । त्यसरी नै, अफगानिस्तानमा गद्दीच्यूत राजालाई काबुलमा आई पुनः राजा हुन आग्रह गर्दा अस्वीकार गरी विदेश फर्केको इतिहास छ । यस्ता अरू देशका पनि उदाहरण दिएर का. रोहितले नेपालमा राजतन्त्रको पुनःस्थापनाको विषय उठ्दा छोटोमा भन्नुहुन्थ्यो, “हाम्रो बालककालको लुगा अहिले हामीलाई ठीक हुँदैन ।”
प्राणीवैज्ञानिक चाल्र्स डार्बिनको भनाइअनुसार प्रकृतिसापेक्ष जीवको मात्र अस्तित्व कायम रहन्छ होइन भने त्यस्ता जीवको अस्तित्व समाप्त हुन्छ । भौतिक विज्ञानका कतिपय नियमहरू समाज विज्ञान र राजनीतिक विज्ञानमा पनि लागु हुन्छ । हिन्द– चीनको राजा र राजतन्त्रबारे विलफ्रेड बर्चेट ९ध्ष्ािचभम द्यगचअजभतत) को ‘मेकोङ्ग, उर्लँदो धार’, अन्ना लावस स्ट्रङ्गको ‘लावसमा थैली र हिंसा’, सिंहानोकसँगै विलफ्रेड बर्चेटको ‘सीआईएसँग मेरो सङ्घर्ष’ आदिले धेरै कुरा बताउन सक्छ ।
हिन्द – चीनमा अमेरिकी साम्राज्यवादको हारपछि कम्बोडियामा अहिलेसम्म पनि संवैधानिक राजतन्त्र छ भने लावसमा राजाको ठाउँमा राजकुमार सुभाना भोंग राष्ट्रपति भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *