भर्खरै :

संरा अमेरिकामा बढ्दै पढाइ छोड्नेको सङ्ख्या

संरा अमेरिकाका कलेज र विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको सङ्ख्या ओरालो लागेको छ । आगामी ग्रीष्मकालीन सेमेस्टरमा ५ लाख अन्डरग्राजुएट विद्यार्थीहरूले पढाइ छोड्दै छन् । राष्ट्रिय विद्यार्थी सूचना अनुसन्धान केन्द्रले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोभिड–१९ महामारीयता कलेज र विश्वविद्यालयमा भर्ना नहुने यस्तो क्रमले तीव्रता पाएको हो । यही गतिमा पढाइ छोड्नेको सङ्ख्या बढे निकट भविष्यमा संरा अमेरिकामा आवश्यक जनशक्तिको अभाव हुनसक्ने बताइएको छ ।
संरा अमेरिकाका झन्डै आधा कलेजहरूका ८ लाख ४० हजार अन्डरग्राजुएट र ग्राजुएट विद्यार्थीहरूबीच गरिएको सर्वेक्षणबाट यस्तो नतिजा निस्किएको हो । तथ्याङ्कअनुसार गत वर्षको ग्रीष्मकालीन सेमेस्टरको तुलनामा यो वर्ष २ लाख ४० हजार कम विद्यार्थीहरू अन्डरग्राजुएट तहमा भर्ना भएका छन् । यही कुरालाई आधार मान्दा सिङ्गो संरा अमेरिकामा अन्डरग्राजुएट तहमा झन्डै ५ लाख कम विद्यार्थीहरू भर्ना हुनेछन् ।
अघिल्लो वर्ष ३.४ प्रतिशतले पढाइ छोडेकोमा यो वर्ष ३.२ प्रतिशत अन्डरग्राजुएट विद्यार्थीले पढाइ छोड्ने देखिएको छ । त्यसको अर्थ संरा अमेरिकामा महामारी यताका दुई ग्रीष्मकालीन सेमेस्टरमा ६ प्रतिशतभन्दा बढी प्रतिशतले अन्डरग्राजुएट तहमा भर्ना कम भएको छ । संरा अमेरिकाको हकमा यो अवधिमा कम्तीमा आधा शताब्दी यता पढाइ छोड्ने विद्यार्थीहरूको यो सबभन्दा ठूलो सङ्ख्या हो ।
धेरैले सोचेजस्तै कोभिड–१९ महामारीको कारण मात्र कलेज र विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या ओरालो लागेको होइन । त्यसको निम्ति संरा अमेरिकी समाजको संरचनागत कुरा पनि जिम्मेवार छ । संरा अमेरिकी समाजको संरचनागत अवस्था दिनानुदिन खराब बन्दै गएको छ ।
अन्डरग्राजुएट र ग्राजुएट तहमा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्या सन् २०१२ यता ओरालो लागेको छ । त्यसको लागि धेरै पक्ष जिम्मेवार छन् । यसको पहिलो कारण संरा अमेरिका ठूलो आर्थिक गतिरोधबाट बाहिर निस्कनु हो । अर्थतन्त्र सुधार भएपछि मानिसहरू कलेज छोडेर रोजगार बजारतिर पस्ने गर्छन् । आर्थिक सङ्कटको बेलामा यो धार उल्टो दिशातिर फर्किन्छ । (कोभिड–१९ महामारी र त्यसले निम्त्याएको आर्थिक सङ्कटले कलेजमा भर्ना हुनेको सङ्ख्या नबढ्नु भन्ने चिन्तनको विषय हो ।)

यसो हुनुको कारण माथि उल्लेख भएजस्तै राज्यले शिक्षामा लगानी कटौती गरेको छ । धेरैले कथित ‘परिणाममा आधारित कोष’ ढाँचा अवलम्बन गरेका छन् । यो ढाँचाअन्तर्गत जसले धेरै विद्यार्थी उत्तीर्ण गर्छ उसलाई पुरस्कृत गर्छ, जसले गर्दैन उसलाई कति पनि बजेट दिइँदैन । सिद्धान्ततः यो ढाँचा राम्रो जस्तो देखिए पनि वास्तवमा यसको परिणाम भनेको आफ्नो पढाइ पूरा गर्न न्यून स्रोत भएका ‘जोखिममा परेका’ विद्यार्थीहरूलाई चाहिने स्रोत सरकारले दिने गर्दैन । यसबाट गरिब वर्गका विद्यार्थी र विभिन्न समुदायका विद्यार्थीहरू प्रभावित हुनेछन् ।

दोस्रो कारण भनेको जनसाङ्ख्यिक, सहरीकरण र विद्यालय तहबाट उत्तीर्ण हुने विद्यार्थीहरूको सङ्ख्या उही रहनु वा ओरालो लाग्दै जानु हो । धन्न जनसङ्ख्या भने अहिले झन्डै यथास्थितिमै छ ।
तर, यी सबैभन्दा महत्वपूर्ण तथ्य भनेको संरा अमेरिकी श्रमिक वर्गको लागि उच्च शिक्षा अहिले पहुँच बाहिरको विषय बनेको छ । राज्यले शिक्षामा लगानी कम गर्दै छ । त्यसको अर्थ विद्यार्थीहरूले हरेक वर्ष बढ्ने शैक्षिक शुल्कको मार झेल्दै जानु हो ।
वास्तवमा यो वर्षका प्रारम्भिक तथ्याङ्क र अघिल्लो वर्षका तथ्याङ्कलाई नियाल्दा सामुदायिक कलेजमा भर्नाको सङ्ख्या निकै ओरालो लागेको छ । ती कलेजहरूमा मुख्यतः न्यून आय र शैक्षिकरूपमा कमजोर विद्यार्थीहरू पढ्ने गर्छन् । यो वर्ष सामुदायिक कलेजहरूमा भर्ना हुनेको सङ्ख्या ६.१ प्रतिशतले ओरालो लागेको छ । त्यसको अर्थ सन् २०१९ मा एउटा कक्षामा भएको विद्यार्थीहरूको सङ्ख्या सन् २०२१ मा झन्डै पाँच खण्डको एक खण्डले घटेको छ ।
केही विश्लेषकहरू महामारी उकालो लागेको बेला विद्यार्थीहरूले कलेजमा वर्ष अन्तर (एयर ग्याप) गरेको बताउँछन् । तर, हावर्ड, प्रिन्सटन र स्टानफोर्ड विश्वविद्यालयजस्ता सम्भ्रान्त निजी चारवर्षे कलेजहरूको सन्दर्भमा नियाल्दा यो विश्लेषण सही ठहरिन्न । महामारीको सुरुवात यता ती सम्भ्रान्त कलेजहरूमा भर्ना हुनेको सङ्ख्या बरु थोरैले बढेको छ । यसबाट भविष्यमा शैक्षिक असमानता अझ गहिरो बन्ने सङ्केत गरेको छ । धनी वर्गका विद्यार्थीलाई शिक्षा सहज बन्दै जानेछ भने गरिबको लागि त्यो महँगो हुनेछ ।
यसो हुनुको कारण माथि उल्लेख भएजस्तै राज्यले शिक्षामा लगानी कटौती गरेको छ । धेरैले कथित ‘परिणाममा आधारित कोष’ ढाँचा अवलम्बन गरेका छन् । यो ढाँचाअन्तर्गत जसले धेरै विद्यार्थी उत्तीर्ण गर्छ उसलाई पुरस्कृत गर्छ, जसले गर्दैन उसलाई कति पनि बजेट दिइँदैन । सिद्धान्ततः यो ढाँचा राम्रो जस्तो देखिए पनि वास्तवमा यसको परिणाम भनेको आफ्नो पढाइ पूरा गर्न न्यून स्रोत भएका ‘जोखिममा परेका’ विद्यार्थीहरूलाई चाहिने स्रोत सरकारले दिने गर्दैन । यसबाट गरिब वर्गका विद्यार्थी र विभिन्न समुदायका विद्यार्थीहरू प्रभावित हुनेछन् ।
सार्वजनिक विश्वविद्यालय र कलेज, विशेषतः क्षेत्रीय क्याम्पस र सामुदायिक क्याम्पसहरूमा भर्ना दर कम हुनुको अर्थ ती शैक्षिक संस्थाहरूको नियत नै धरापमा परेको छ । त्यसले असङ्ख्य विद्यार्थीहरू शिक्षामा आधारभूत पहुँचबाट वञ्चित भएका छन् । यसले संरा अमेरिकी अर्थतन्त्रमा पनि गम्भीर असर पार्नेछ । अमेरिकी अर्थतन्त्रको प्रतिस्पर्धा क्षमतामा पनि यसले प्रभाव पार्नेछ ।
अमेरिकाभित्रको यस्तो अवस्थासँगै आप्रवासी र विदेशी विद्यार्थीलाई प्रतिकूल संरा अमेरिकी नीतिको कारण अमेरिकालाई प्रतिभाहरूको समुद्र बन्ने अवस्था रहेन । विदेशी विद्यार्थी भित्र्याउने नीतिप्रतिकूलको संरा अमेरिकी निर्णयले अमेरिकाका विश्वविद्यालयहरूले ठूलो परिमाणमा आम्दानी पनि गुमाइरहेका छन् ।
विद्यार्थी भर्नाको यस्तो अवस्थाबारे संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई तथ्याङ्क प्रकाशनमा आएकै दिन त्यसबारे प्रश्न गरिएको थियो । चीनसँगको प्रतिस्पर्धा गर्नुपर्ने अवस्था दिमागमा बोकेका सुलिभानले राष्ट्रपति बाइडेनकी श्रीमती डा. जिल बाइडेनको कुरा सापती लिंदै भने,“संरा अमेरिकालाई शिक्षामा पछार्ने कुनै पनि देशले संरा अमेरिकालाई उछिन्न सक्छ । यो नै आधारभूतरूपमा राष्ट्रिय सुरक्षाको मुद्दा हो ।”
बाइडेन सरकारले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएमात्र जनतालाई हित हुने क्षेत्रमा लगानी गर्ने गरेको छ । सरकारको यो नै सकारात्मक पक्ष हो । (उदाहरणको लागि, त्यही कारण फराकिलो अन्तरराज्य राजमार्ग सञ्जाल निर्माण गरियो ।)
तर, वास्तवमा संरा अमेरिका आफै शिक्षामा पछि नहट्दासम्म उसलाई कसैले पछार्न सक्दैन । यस हिसाबमा वाशिङ्टन ‘आफै आधारभूत राष्ट्रिय सुरक्षाको मुद्दा’ बनेको छ । विद्यार्थीलाई आवश्यक लगानी गर्नमा असफल हुनुमा उसले अरू कसैलाई दोष लगाउन सक्नेछैन ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *