नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
लन्डन, २९ अक्टोबर (एएफपी) । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ । उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ । लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सँगै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोना भाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ । उनीहरूले पाँचमध्ये दुई जनालाई कोभिड सार्न सक्छन् ।
तर सँगै बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिडविरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशतमात्र हुने पनि अध्ययनले देखाएको छ । ‘द लान्सिट इन्फेक्सस डिजिजेजको अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महत्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन् ।
खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरु मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन् ।
खोपले कोरोना भाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ । तर, सङ्क्रमण रोक्न भने पूर्णरूपमा त्यति प्रभावकारी भनेर नहुन सक्छ । विशेषगरी भाइरसका डेल्टा भेरिअन्टजस्ता बढी सङ्क्रामक बनेका बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन् ।
अनि बिस्तारै खोपले दिने प्रतिरोधात्मक सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ । त्यसैले सबैले अनिवार्यरूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन् । गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लण्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो ।
खोप नलगाएका मानिससँग तुलना गर्दा पूर्ण मात्रामा खोप लगाएका मानिसमा डेल्टा भेरिअन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम भएको देखिएको छ ।
Leave a Reply