भर्खरै :

बहुपक्षवादबाट पूर्वी एसियाको संयुक्त विकास

१६ औँ पूर्वी एसियाली शिखर सम्मेलन हालै सम्पन्न भएको छ । भिडियो कन्फरेन्सको तरिकाबाट आयोजित सो सम्मेलनमा हातमा हात मिलाएर महामारीको प्रतिरोध गर्दै आर्थिक पुनःरूत्थान तथा हरित विकासको प्रवद्र्धनमार्फत आसियानको केन्द्रीय स्थानको समर्थनलगायत विविध प्रस्ताव चीनले प्रस्तुत गरेको छ । जसबाट पूर्वी एसियाली सहयोगमा शक्तिशाली जीवन्त शक्ति थपिएको साथै व्यवहारिक कारबाहीमार्फत वास्तविक बहुपक्षवादको कार्यान्वयनलाई पुनः गहन पारिएको छ ।
यस पटकको शिखर सम्मेलन महामारी फैलिएको र अर्थतन्त्र मन्द भइरहेको पृष्ठभूमिमा आयोजना भएको हो । कठिनाइको सामना गर्दा विकासलाई प्राथमिकता दिनुपर्छ भन्ने चीनको अडान हो । सम्मेलनमा चीनले महामारीको प्रतिरोध तथा आर्थिक पुनरूत्थान र विश्वव्यापी विकासमा जीवन्त शक्ति लगातार थप्दै जानुपर्छ भन्नेमा जोड दिएको छ ।
विकासको लागि स्थिर वातावरण आवश्यक हुन्छ । हालसम्म चीन तथा आसियान सदस्य मुलुकको संयुक्त प्रयासमा दक्षिण समुद्री परिस्थिति समष्टिगतरूपमा स्थिर छ र जहाजयात्रा तथा उडानको स्वतन्त्रतामा समस्या देखापरेको छैन । अमेरिकाले बहुपक्षवादको नाउँमा क्षेत्रीय शान्ति तथा स्थिरताप्रति धम्की दिएको छ । यसबाट यस क्षेत्रमा रहेका मुलुकहरू चिन्तित छन् ।
पूर्वी एसियाली सहयोगमा उपलब्धि हासिल हुनुको मुख्य कारक तत्व वास्तविक बहुपक्षवादको पालना गर्नु, आशियानको केन्द्रीय स्थानको आदर गर्नु तथा यसै क्षेत्र बाहिरका ठूला मुलुकको हस्तक्षेपलाई पन्छाउनु रहेको छ । विकासको स्तर, संस्कृति तथा परम्परा, राजनैतिक अवस्था फरक भए तापनि पूर्वी एसियाली मुलुकहरूको महामारीको प्रतिरोध तथा आर्थिक पुनरूत्थानको साझा माग रहेको छ । पूर्वी एसियामा संयुक्त विकासलाई साकार तुल्याउनुका साथै महामारीपश्चात् विश्वको शान्ति तथा स्थिरताको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *