भर्खरै :

पश्चिमा सञ्चारले शोक मनाएका ल्यु स्याओबोबारे चीनको धारणा

अर्बुद्ध रोग(क्यान्सर) पीडित ल्यु स्याओबो बिहीबार राति अंग विफलताका कारण निधन भएको छ । ज्यान जोगाउने आकस्मिक प्रयास गर्दा गर्दै पनि उनलाई बचाउन नसकिएको शानयानको न्याय परिषद्ले जानकारी दिएको छ ।
राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा सन् २००९ मा ल्युलाई एघार वर्षको कैद सजाय गरिएको थियो । अस्वस्थ्यता कारण गएको महिना उनलाई तारिखमा छोडिएको थियो । उनी शुरुमा चिनियाँ चिकित्सा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको लागि अस्पतालले चीनका सबभन्दा विज्ञ अर्बुद्ध रोग विशेषज्ञहरु बोलाएको थियो । उनको उपचारको लागि खटाइएको टोलीमा संरा अमेरिका र जर्मनीका विशेषज्ञहरु समेत सामेल थिए । तर उनको स्वास्थ्यमा कुनै ठोस सुधार हुन सकेन र गएको सोमबारदेखि उनको अवस्था झन गम्भीर खतरामा प¥यो ।
छोटो अवधिमै रोग बल्झिनु ल्युको ठूलो दुर्भाग्य हो । अस्पताल र चिकित्सकहरुले ल्युको जीवन जोगाउन र दीर्घजीवन दिन आफूले सकेका सबै प्रयास गरेका थिए । ल्युलाई उपचारबाट बञ्चित गर्ने चीनको कुनै मनसाय थिएन । चिनियाँ चिकित्सकहरुको प्रयासलाई विदेशी विज्ञहरुले खुलेर प्रशंसा गरेका छन् । ल्युलाई उपचारको लागि विदेश पठाउन हुन्छ वा हुँदैन भन्ने विषयमा केही विवाद भए तापनि जर्मनी चिकित्सक मार्कस बुच्लरले स्वीकारेका छन्,‘ चिकित्सा विज्ञानका दृष्टिले तपाईहरुले गर्नुभए भन्दा फरक हामीले केही गर्न सक्छौं जस्तो मलाई लाग्दैन ।’
ल्युलाई स्वास्थ्य उपचारको लागि तारिखमा छोडिएको कुरा सार्वजनिक देखि चिनियाँ पक्षले ल्युको उपचारमा पूरै ध्यान केन्द्रित गरेको थियो । तर केही पश्चिमा शक्तिहरु जुनसुकै विषयलाई राजनीतिक मोड दिन उदत्त हुने गरेका छन् । उनीहरुले उपचारको विषयलाई ‘मानवअधिकार’ को विषयका रुपमा अतिरञ्जना फैलाउने प्रयास गरे । संरा अमेरिकी र जर्मनी प्रशासनले पनि यसमा ध्यु थप्ने काम गरे ।

चीनले आफ्नो पछिल्लो इतिहासमा सबभन्दा तीब्र गतिको विकास गरेको युगमा ल्यु बाँचे । तर उनले पश्चिमा शक्तिको भरोसामा चिनियाँ मूलधारको समाजसँग जुझ्न खोज्यो । त्यही कारण उनको दुःखान्त भयो । उनी अझ लामो समय बाँचेकै भए पनि उनी आफ्नो राजनीतिक अभिष्ट प्राप्तिमा असफल नै हुने थिए किनभने उनको विचार इतिहासको बाटोभन्दा ठीक विपरीत थियो ।

निसन्देह बाहिरी गलफतीले ल्युको उपचारमा कुनै सहयोग हुने अवस्था थिएन । गम्भीर रोगका विरामीलाई बाहिर भइरहेका विवादको विषयमा जानकारी नदिनु सामान्य कुरा हो । त्यसले मनोवैज्ञानिक असर गर्न सक्थ्यो । तर पश्चिमाहरुलाई ल्युको त्यो अवस्थाप्रति खासै चासो थिएन ।
ल्युका अन्तिम दिनहरुलाई विदेशी शक्तिहरुले राजनीतिक मसला बनाउन खोजेका छन् । ल्युको रोगलाई उनीहरुले आफ्नो छविको देवत्वकरण गर्न र चीनलाई दानवीकरण गर्न दुरुपयोग गरे । वास्तवमा उनीहरु ल्युलाई जोगाउने विषयमा खासै चिन्तित थिएनन । जब चिनियाँ चिकित्सकहरु ल्युलाई जोगाउन रातदिन मिहिनेत गर्दै थिए, उनीहरु आफ्नो कथित सद्भाव देखाउन मात्र गम्भीर रोगका विरामीलाई विदेशमा लानुपर्ने माग गर्दै थिए ।
ल्युको कारागार सजाय विशुद्ध चिनियाँ कानुनअनुसार भएको थियो । ल्युलाई अर्बुद्ध रोग लागेको कुरा कारागारमा मात्र पत्ता लागेको हो । कारागार अधिकारीहरुले उनलाई स्वास्थ्य उपचारको लागि तारिखमा रिहा गरे । अनि मानवीय स्वास्थ्य उपचारको बन्दोबस्त गरे । यी सबै तथ्यहरु हुन् । पश्चिमा शक्तिहरुले फैलाएका भ्रमहरु सबै केही दिनमै बिलाएर जानेछन् ।
पश्चिमा शक्तिले ल्युलाई जुन सम्मान गरेका थिए, अब त्यसको कुनै तुक छैन । उनलाई नोबेल पुरस्कार दिएर पश्चिमा शक्तिहरुले उनलाई अपहरण गरेका थिए । तथापि पश्चिमा शक्तिहरुले आफ्ना लागि उपयोगी हुञ्जेल ल्युलाई सम्मान गर्ने हुन् । यसका अर्का उदाहरण हुन्–वेई जिङशेन । उनी हाल संरा अमेरिकामा बस्छन् । कुनै समय बेइजिङ चिडियाघरका विद्युत् कर्मचारी वेईलाई पश्चिमा सञ्चारमाध्यमहरुले ‘चिनियाँ प्रजातन्त्रका पिता’ समेत भन्न भ्याए । आज उनलाई चिनियाँ समुदायले बिर्सिसकेको छ भने संरा अमेरिकामा पनि उनलाई चिन्न जान्ने मानिस कमै मात्र छन् । चीनको इतिहासमा कोही पनि चिनियाँ नायकहरुलाई पश्चिमा शक्तिले सम्मानको दृष्टिले हेर्ने गर्दैन । इतिहासमा कसैको स्थान र मूल्य उसको देशको विकास र ऐतिहासिक प्रवाहमा उसको योगदान कतिको छ वा छैन भन्ने कुराले तय गर्ने गर्दछ । कसैले प्रवाहविरुद्ध केही समय छालसम्म ल्याउन सक्छ तर इतिहासले अन्ततः त्यस्ता सबै दोबहरुलाई सदाको लागि पुछिदिने गर्दछ ।
चीनले आफ्नो पछिल्लो इतिहासमा सबभन्दा तीब्र गतिको विकास गरेको युगमा ल्यु बाँचे । तर उनले पश्चिमा शक्तिको भरोसामा चिनियाँ मूलधारको समाजसँग जुझ्न खोज्यो । त्यही कारण उनको दुःखान्त भयो । उनी अझ लामो समय बाँचेकै भए पनि उनी आफ्नो राजनीतिक अभिष्ट प्राप्तिमा असफल नै हुने थिए किनभने उनको विचार इतिहासको बाटोभन्दा ठीक विपरीत थियो ।
ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *