भर्खरै :

अन्तर्राष्ट्रिय समुदाय अमेरिकाको व्यवहारप्रति चिन्तित

ग्लास्गो, १५ नोभेम्बर (सीआरआई) । नोभेम्बर १३ मा सम्पन्न बेलायतको ग्लास्गोमा आयोजित ‘संयुक्त राष्ट्रिय सङ्घीय जलवायु परिवर्तन प्रारूप सन्धि’ २६ औँ सदस्य मुलुक सम्मेलन (कोप २६)मा सम्मेलनका अध्यक्ष अलोक शर्मा चिन्तित थिए । किनभने, सम्मेलनबाट पारित गर्न प्रस्तावित प्रस्तावमाथि अन्तिम मतदानअघि केही देशका प्रतिनिधिले निर्णय–प्रस्तावको केही शब्द सच्याउन आग्रह गरेका थिए । आधा घण्टापछि उक्त सम्मेलनमा निर्णय–प्रस्ताव अन्त्यमा पारित गरिएको, ‘पेरिस सम्झौता’को ठोस विषयबारे सहमति हासिल गरिएको छ ।
ऐतिहासिक अर्थ रहेको उक्त निर्णय–प्रस्ताव पारित गरिएको मुख्य कारण चीन र अमेरिका यी दुवै देशले जलवायु परिवर्तन क्षेत्रमा सहकार्यमा सहमत हुनु थियो । चीन र अमेरिकाले नोभेम्बर १० तारिख ‘चीन–अमेरिका २१ औँ शताब्दीको २० औँ दशकमा जलवायु कारबाहीलाई बढाउने ग्लास्गो संयुक्त घोषणा पत्र’ प्रकाशित गरेका छन् ।
विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा चीनले जलवायु परिवर्तनको सामना गर्ने क्षेत्रमा प्रतिबद्धता कार्यान्वयन गरिरहेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले उक्त सम्मेलनको उद्घाटन समारोहमा चीनप्रति कृतज्ञता ज्ञापन व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्डोनियो गुटरेसले चीनका जलवायु विशेष दूतलाई कोप २६ ले सफलता प्राप्त गरेको मुख्य कारक–तत्वको मूल्याङ्कन गरे ।
तर, अन्तर्राष्ट्रिय समुदाय अमेरिकाको व्यवहारप्रति चिन्तित छ । अमेरिकामा जलवायु नीति वैज्ञानिक विषय होइन र दुई पार्टीको प्रतिस्पर्धाको राजनीतिक विषय हो । अमेरिकी सरकारले अन्तर्राष्ट्रिय सम्झौताको बेवास्ता गरी विश्वले जलवायु परिवर्तनको सामना गर्ने प्रक्रियामा गम्भीररूपमा असर पारेको छ ।
उक्त सम्मेलनमा अमेरिकाले प्रतिबद्धतालाई व्यवहारमा उतार्न सक्ने छ कि ? जलवायुसम्बन्धी अमेरिकी विशेष दूत जोन केरीले उक्त सम्मेलनमा अमेरिका र चीनको दुईवटा छनौट हुने, दुई मुलुकले सहकार्य नगरी कोप २६ बाट छोड्ने वा दुई मुलुकले सहकार्य गर्ने प्रतिबद्धता गर्ने कुरा बताए ।
अमेरिकाले विश्वलाई निराश नबनाउला ? हाल विश्व नीति कार्यान्वयन गर्न चाहन्छ । यसका लागि अमेरिकाले आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *