भर्खरै :

माक्र्सवाद : वर्ग शत्रु र वर्ग मित्र ?

शत्रु भनेको शत्रु नै हो र मित्र भनेको मित्र नै । त्यसमाथि पनि वर्ग शत्रु भनेको झन् डरलाग्दो हुने चिनजानबिना पनि वर्ग विभाजनका दृष्टिमा शत्रु हुने । वर्ग मित्र हुन बरु समय लाग्ने वर्ग शत्रु हुन समय पनि नलाग्ने, चिनजान पनि हुन नपर्ने । परिचय छैन तर शत्रु ¤ कस्तो आश्चर्य ¤ बदला लिन सधैँ दाउ खोजिरहन्छ वर्ग शत्रु । एउटा निष्कर्ष छ नेपाली समाजमा नबिराउनु नडराउनु । तर वर्ग शत्रुबाट भने नबिराए पनि डराइरहनु पर्ने ¤ हो त नि ¤ नडराएपछि केको डराउनु ? तर यो ब्रह्मसत्य पनि वर्ग शत्रुमा लागू नहुने । नबिराए पनि गराइरहनुपर्ने । यसको उपचार के त ? सधै नै वर्ग शत्रुविरुद्ध सचेतमात्र हो र सङ्गठितसमेत भइरहनुपर्ने । क्रान्ति शब्द सुन्दा कति सजिलो छ तर गर्दा वा सफलतामा पु¥याउँदा धेरै गा¥हो । क्रान्ति सफल भयो एकपल्ट । तर यो उल्ट्याउनु किंवा विफल पनि क्रान्ति विरोधीशक्ति आकाश–पाताल जोर्न सम्पूर्ण शक्ति प्रयोग गर्छ प्रतिक्रान्ति गर्न । यसको एकमात्र विकल्प के त भन्दा बहुसङ्ख्यक कामदार जनतालाई राजनीतिकरूपमा सचेतमात्र बनाएर पर्याप्त नहुने रहेछ, सङ्गठित पनि पार्नु रहेछ । तर, कामदार जनतालाई सङ्गठित पार्नु भनेको सजिलो छैन । यसका लागि अविच्छिन्न धैर्य, संयम र क्रियाशिलता जरूरी हुनेरहेछ तैपनि शत्रु पक्ष कुरिरहने कहाँनिर त्रुटि कमजोरी भेटिन्छ त्यही हानी हाल्ने र ढलाइ हाल्ने । कामदार जनतालाई यसका निम्ति २४ सै घण्टा सचेत सङ्गठित पारियो ।
वर्गसापेक्ष र निरपेक्ष गाँठी कुरो
युरोपको सबैभन्दा पिछडिएको ठूलो देश रूसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति भयो र विश्वमै माक्र्सवाद–लेनिनवादको सफल प्रयोग भयो । यो अद्भूत कामदेखि समाजवादविरोधी शक्ति तत्काल अवाक रह्यो । वर्गशत्रु एकपल्ट पराजित भए पनि बदला लिन दाउ खोजिरहेको हुन्छ । तसर्थ, कामदार जनता सदासर्वदा सचेत र चनाखो भइरहनुपर्छ । जनताको पक्षमा सशस्त्र, निःशस्त्र काम भइरहँदा दृष्टिकोणमा अन्तर परी किंवा सैद्धान्तिक सूत्रहरूमा राय फरक परी रूसी कम्युनिस्ट पार्टीमा फरक मत आउन लाग्यो । मत विभाजन हुँदा बहुमत अल्पमत भयो । बहुमतलाई बोल्सेविक र अल्पमतलाई मेन्सेविक भनिन लाग्यो । अब नेताहरूलाई यी दुई मतबारेको भिन्नताका विषयमा जनतालाई सचेत गराउनुपर्ने काम पनि थपियो । वास्तवमा क्रान्ति गर्नु उपयुक्त ठाउँ कहाँ कहाँ छ भन्ने खुट्याउने काम पनि कम जटिल थिएन । युरोपभन्दा रूसमा क्रान्तिको परिस्थिति अनुकूल भएको लेनिनको बुझाइ सत्य साबित भयो । अक्टोबर क्रान्ति रूसमा सफल भयो । वास्तवमा संसारभरका नै क्रान्तिकारीहरूले क्रान्तिको सफलता वा विफलताबाट पाठ सिक्नुपर्छ । नेपालका शासक पार्टीहरूका नेताहरूमा मेन्सेविक प्रवृत्ति देखाप¥यो । यो प्रवृत्तिमा वर्गीय भावनाले सर्वाधिक भूमिका खेलेको छ । सबैभन्दा महत्वपूर्ण कुरा वर्गीय भावना हुँदोरहेछ । आफू कुन वर्गको र कुन वर्गका लागि क्रान्ति गर्दै छ भन्नेमा अस्पष्ट हुँदोरहेछ । वर्ग सापेक्ष हुनुपर्नेमा वर्ग निरपेक्ष भएपछि सबै बिग्रिने नै भएन र ?
गुप्त दुश्मन खुलाभन्दा खतरा
क्रान्तिलाई असफल पार्न प्रतिक्रियावादीहरू अनेक षड्यन्त्र गरिरहन्छन् । तसर्थ, राजनीतिक कार्यकर्ताले जनताको शत्रु र मित्र चिन्नुपर्छ नत्र भड्खालामा पर्न सकिन्छ । एकथरी नेता आफू जोगिन देशलाई नै बर्बाद पार्न उद्यत छन् । यो रहस्य कति नेताले त बुझेकै हुँदैन । जे गर्दा पनि शत्रु र मित्र राम्ररी चिन्नु जरूरी हुन्छ । एकथरी समाजवादको नारा लगाउँछन् तर काम भने समाजवादविपरीत गर्छन् । यो प्रवृत्ति झन्झन् बढ्दै गएको छ । दलहरू बाझेको समयमा त यस्तै प्रचलनको प्रवृत्ति अरू बढेको हुन्छ । वास्तवमा आफूले नेतृत्व गरेको पक्षमा तान्न चाहिनेभन्दा बढी सहुलियत दिन पनि थालिएको छ । वस्तुतः यो राम्रो होइन । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिने बन्दोबस्त गर्न जरूरी हुन्छ जहाँ बढी कमाउन, बढी योग्यता हासिल गर्ने स्थिति बसाल्नुपर्छ । वस्तुतः जनताको उपयुक्त एवं इमानदारीपूर्वक काम गर्ने भावना एवं बानी कसरी विकास गर्ने त्यो नै आज चुनौती छ । प्रतिक्रियावादीहरू दुई प्रकारले काम गर्छन् । एकथरी खुलेआम विरोधमा उत्रिएर र अर्कोथरी गुप्तरूपमा । खुला विरोधमा उत्रनेहरूविरूद्ध काम गर्न सरल एवं सहज हुन्छ । तर, जो गुप्तरूपमा काम गर्छ त्यो दुश्मन वा दुश्मनको गोप्य दूत पत्ता लगाउनै कठिन, कथं पत्ता लगाई हालिएमा पनि कारबाही गर्न कठिन हुनेरहेछ ।
राज्य सत्ताविहीन विश्व कहिले ?
वर्ग शत्रु वा वर्ग दुश्मन सबभन्दा बढी खतरा हुने गरेको थियो । राणा शासनमा सम्बद्ध दुश्मनको कमजोरीको चर हात पाउन भान्छे, पूजा कोठे, बैठके, हुक्के, ददा आदिमा आफ्ना गुप्तचर पु¥याउने चलन रहेछ ताकि उसका यावत् कुरा थाहा होस् । यो पद्धतिको प्रयोग गर्दा गर्दै सम्बद्ध पदाधिकारीको अङ्ग रक्षकलाई नै आफ्नो गुप्तचर बनाउने प्रवृत्ति पनि देखियो । सोभियत रूसमा स्तालिनविरूद्ध गरिएका षड्यन्त्रबारे उनकै अङ्गरक्षकले पुस्तक नै लेखेर दोस्रो संस्करण सार्वजनिक गरेका छन् । यस्तै यस्ता घटना संसारका अन्य कैयौँ मुलुकमा पनि नभएका हैनन् । जङ्गबहादुरको एउटा भाइको हत्या गरी आफू सत्तासीन हुने षड्यन्त्रमा अर्का भाइले सुसूचित गरेपछि कारबाही भएको घटना पनि कम चाखलाग्दा छैनन् । राज्य व्यवस्था प्रारम्भसँगै सत्ताको सत्ता पाउन अनौठो षड्यन्त्र बुन्ने र एक पक्षको र अर्को पक्षबाट त्यसको रहस्य खुलेपछि दमन गरिने घटना नौलो हुँदैनथ्यो । राज्य व्यवस्था सँगसँगै जन्मिएको हो सत्ता पल्टाउने खेल पनि । त्यो खेलको रहस्य बेलैमा पत्ता लागे त्यस्ताविरूद्ध हातहतियार प्रयोग गरेर कारबाही हुन्थ्यो भने सत्ता पल्टाउन पनि तद्नुरूपकै माध्यम प्रयोग गरिएको भेटिन्छ । यद्यपि, माक्र्सले त्यो पनि राज्य व्यवस्था वा समाजको सहजै परिवर्तको परिकल्पना गरेका थिए । तर अवधारणाको कतै छनकसमेत देखिएन । चीन चीनकै विशेषतासहितको कम्युनिस्ट व्यवस्थाको पक्षमा उभिएको छ । प्रजग कोरिया, क्युवा आ–आफ्नैपनका साम्यवादी दर्शनको कार्यान्वयनमा छन् । यो ढर्रा अस्थायी हो वा स्थायी त्यो पनि स्पष्ट छैन । तसर्थ साम्यवाद समाजवादका बारेमा कुन बिन्दुमा पुगेर समता कायम हुन्छ भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *