भर्खरै :

चिलीमा आम निर्वाचन

सान्टियागो, २२ नोभेम्बर । कोभिड–१९ महामारीबीच दक्षिणी अमेरिकी देश चिलीमा आइतबार सम्पन्न राष्ट्रपति, संसदीय र क्षेत्रीय निर्वाचनमा उत्साहजनक जनसहभागिता रह्यो ।
गहिरो राजनीतिक विभाजनबीच भएको चुनावबाट निर्वाचित हुने राष्ट्रपतिले मुद्रास्फीति, महामारी र सामाजिक अस्थिरता सामना गरिरहेको देशको नेतृत्व सम्हाल्नेछन् । यसबीच चिलीको नयाँ संविधान लेखन कार्य भने चालु छ ।
राष्ट्रपति सेबास्टियन पिनेराले नागरिकलाई मतदानमा भाग लिन आह्वान गर्दै भने,“हामीले कठिन समय बिताइरहेका छौँ । तर, हाम्रो एकताले हामीलाई ती कठिनायमाथि पार लगाउन र अघि बढ्न मद्दत गर्नेछ ।”

चुनावमा वामपन्थी मोर्चाबाट राष्ट्रपति पदका उम्मेदवार गाब्रियल बारिकले आइतबार दक्षिणी सहर पुन्टा अरेनसमा मतदान गर्दै भने, “हाम्रो पुस्ताले परिवर्तन र आगामी रूपान्तरणको प्रतिनिधित्व गर्ने कुराले मलाई निकै खुसी लागेको छ । आगामी रूपान्तरण बिस्तारै आउनेछ, तर पक्कै आउनेछ ।”
दक्षिणपन्थी मोर्चाका उम्मेदवार जोसे एन्टोनिओ कास्टले सान्टियागो महानगरीय क्षेत्रको पैना समुदायमा मतदान गर्दै भने, “प्रमुख कुरा धेरै मानिसले स्वतन्त्ररूपमा मतदानमा भाग लिएका छन् ।”
चिलीको निर्वाचन आयोगका सभापति एन्डे«स ताग्लेले मतदातालाई सरकारी स्रोतको हेरेर आफैले निर्वाचनको विषयमा आधिकारिक जानकारी दिन अनुरोध गर्दै झुटा समाचार नफैलाउन आग्रह गरे । “त्यसले हाम्रो प्रजातान्त्रिक अभ्यासलाई गम्भीर प्रभाव पार्नेछ”, उनले भने ।
स्वास्थ्यमन्त्री इनरिक पेरिसले सेप्टेम्बरयता कोभिड–१९ का बिरामी अझै बढे पनि बितेका दुई सातादेखि बिरामीको सङ्ख्यामा स्थिरता रहेको बताए । गत साता सङ्क्रमण दर ३.४ प्रतिशत भएकोमा यो साता कोभिडका बिरामीको वृद्धिदर ३.२ प्रतिशतमा सीमित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *