अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हरेक उखान मानिस र समाजको लामो अनुभवको सार हो । प्राकृतिकरूपले सुन्दर र मूल्यवान् वस्तुलाई सङ्केत गर्दै भनिन्छ, ‘सुनलाई खोल चाहिँदैन ।’ यो कुरा व्यवहारको क्षेत्रमा लागु हुन्छ । जसले विदेशी विचारको भारी बोक्छ उसले देशको माया गरेको नक्कल गर्छ ।
नेपालमा भारतीय एकाधिकार पुँजीले राणाकालदेखि नै हरेक राणा शासकहरूको दरबारहरूमा एकएक जना विदेशी व्यापारीलाई ‘सेवा गर्न’ पठाएको थियो । ‘सुनदेखि नुनसम्म’ तिनै मारवाडी व्यापारीहरूले दरबारमा पु¥याउँथे । राणा शासकले नेपाली जनतामाथि शासन गर्न सिंहदरबार र अन्य दरबारमा गुप्त एवम् खुला बैठकहरू गर्दा ती व्यापारीहरू दरबारका महारानी र राजकुमारीहरूलाई हीराजुहारात र अनेक राम्रा–राम्रा फरिया, चोलो एवम् श्रृङ्गारका सामानहरू देखाउँदै हुन्थे । दरबारका महिलाहरूले गरेका शासनका अनेक आन्तरिक साना–ठूला झगडा र कलहका गफहरू बटुल्दै नेपालमा ‘राजनीति गर्ने भनी टोपलेका’ परिवारहरूबाटै नेपालको आन्तरिक कुरो भारतका मालिकहरूलाई पु¥याउँथे ।
२००७ साल र २०१७ सालसम्म तिनै पुराना भारतीय व्यापारीहरूबाटै काम चल्दै थियो । २०२०–२२ सालमा ऊनको व्यापारको साइनबोर्ड राखी गोल्छा परिवारले काठमाडौँका कृष्ण शमशेरको दरबारको एक सानो कोठामा आफ्नो अड्डा जमायो । ५०–६० वर्षको बीचमा गोल्छा परिवार नेपालको उद्योग–वाणिज्य सङ्घदेखि सरकारसम्म पुग्यो । ती भारतीय व्यापारीहरूसँग तलदेखि माथिसम्मका सयौँ कर्मचारीहरूको सम्पर्क हुनु स्वाभाविक छ ।
गाउँ र जिल्लाका सामन्त र शोषकहरू सिंहदरबार, शीतल निवास र बालुवाटार पुगेपछि विदेशी पाहुनाहरूको भ्रमण र आगमनमा मात्र वा ‘दिवस’ हरूमा मात्रै राजधानीको श्रृङ्गारपटारमा करोेडौँ खर्च गर्न थाले । त्यसमध्ये आधा भ्रष्टाचारमै जान्छ । तर, राजधानीलाई स्थायी सुन्दर बनाउनतिर तिनीहरू किन लाग्दैनन् ?
ती व्यापारीहरू मनमोहन अधिकारीको पालादेखि राणाका दरबारबाट हाकाहाकी सिंहदरबारमा पुगे, जसको सम्बन्ध टर्कीबाट वासिङ्टनसम्म पुग्थ्यो । सुरुमा कम्प्युटर र इन्टरनेट प्रयोग गर्ने विदेशी व्यापारी कमै थिए । तिनीहरूलाई नेपालमा नागरिकता लिन लाममा बस्नै पर्दैनथ्यो, जो आजसम्म चालु छ । त्यस्तै, व्यापारीहरूले आज नेपालको संसद्लाई एमसीसी पारित गर्न दबाब दिँदै छन् । राणा परिवार र कोइराला परिवारसँगको व्यापारिक सम्बन्ध आज हरेक शासक राजनैतिक दलहरूसम्म पुग्यो । यसकारण, शासक राजनैतिक पार्टीहरूले आफ्नो व्यापारिक छविमाथि ‘सेतो पोत्न’ आ–आफ्ना पार्टीको स्थापना दिवस, सम्मेलन, चिया पार्टी र महाधिवेशनलाई श्रृङ्गार पटार गर्दै मनको मैलो र आन्तरिक कलुषित रूप एवम् भावनामाथि पर्दा हाल्नु व्यावहारिक प्रचलन र सरल नेपालीहरूको मन जित्ने उपाय हो । हिमाल, पहाड र तराईका सीधासाधा जनतालाई ‘पशुपति’ दर्शन गराएर प्रभाव पार्ने कार्य शासकहरूको पुरानै परम्परा हो ।
संरा अमेरिकाजस्तो विज्ञान, प्रविधि र औद्योगिक देशमा ट्रम्पको शासनकालको अन्ततिर जर्ज फ्लोयडको घटनाको आँधी–बेहरीमा बाइबल बोकेर टीभी क्यामराको सामुन्ने उभिएर धर्मभिरु जनतालाई धर्मको जलप लगाएर आक्रोश शान्त गराइयो । नेपाल र भारतजस्तो विकासशील देशमा बागमती, विष्णुमती र नारायणीको किनारामा ‘स्नान गराउनु’ र पूजा–पाठ गराउनु कुनै नौलो विषय हो र ! भारतका जनता गङ्गा– यमुनाजस्तै अनेकौँ ‘पवित्र’ स्थलहरूमा वैज्ञानिक र पर्यावरणविद्हरूले खबरदारी गर्दागर्दै ‘फोहोर’, ‘गन्हाउने’ पानीमा स्नान गर्दै र ‘जल पिउँदै’ हरेक वर्ष हुने हुल–दङ्गा वा किचिएर वा कुल्चिएर महिला र केटाकेटी मर्ने कुम्भ मेलामा ‘स्वर्गको टिकट’ लिन पुग्छन् र शासक दलहरूलाई मत पनि दिन्छन्– बस, रेल र हवाईजहाजको टिकट पाएर !
गाउँ र जिल्लाका सामन्त र शोषकहरू सिंहदरबार, शीतल निवास र बालुवाटार पुगेपछि विदेशी पाहुनाहरूको भ्रमण र आगमनमा मात्र वा ‘दिवस’ हरूमा मात्रै राजधानीको श्रृङ्गारपटारमा करोेडौँ खर्च गर्न थाले । त्यसमध्ये आधा भ्रष्टाचारमै जान्छ । तर, राजधानीलाई स्थायी सुन्दर बनाउनतिर तिनीहरू किन लाग्दैनन् ? किनभने, तिनीहरूमा स्थायी सुन्दरता हेर्ने सांस्कृतिक संस्कार नै छैन ।
आशा गरौँ, केन्द्र सरकारहरूले यो कुरा नबुझे पनि प्रदेश सरकार र नगरपालिकाहरूले बुझून् र बुझ्नेछन् । ढलको बन्दोबस्त, उपचार पोखरी, बसपार्कहरूको निर्माण र नागरिक भावनाको प्रचार गरेर सम्बन्धित निर्वाचित सदस्यहरू र नागरिकहरूलाई पनि शिक्षित गर्नेछन् ।
हाम्रा नगरहरूलाई सुन्दर नगरहरूमा परिणत गर्नसके देखावटी झिलिमिली गर्नुपर्ने थिएन । सुन्दर परिवेशले राजनैतिक दल र नेताहरूको मन–मस्तिष्क पनि निर्मल हुनेछ । महाअधिवेशनमा ‘कुम्भ मेला’, ‘आरोप–प्रत्यारोप’, ‘चरित्र हत्या’, ‘हिलो–छ्यापाछ्याप’ हुनेछैन र राजनीति एक आदर्श समाज बनाउने यात्रा बन्नेछ । आदर्श समाजमा आजको बाहिरी झिलिमिली आवश्यक हुनेछैन । कृत्रिमतालाई बिदा दिने समय आउनेछ ।
Leave a Reply