भर्खरै :

जापानमा पनि भेटियो ओमिक्रोन

टोकियो, ३० नोभेम्बर (एएनआइ) । कोरोनाभाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ ।
जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो ।
त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ ।
कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन् भने कतिपयले लापरबाही गरेकाले उनीहरूका देशमा पनि भित्रिएको छ । जापानमा भने सतर्कता अपनाउँदा अपनाउँदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।
टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरूलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ । यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउँदै लगिने तयारी भएको थियो ।
“कोरोना भाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररूपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारूपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *