भर्खरै :

संरा अमेरिकाको मुटु छेड्न सक्षम छौं–प्रजग कोरिया

प्रजग कोरियाले अन्तरमहादेशीय बालास्टिक रकेट ह्वासोङ–१४ सफलतापूर्वक परीक्षण प्रक्षेपण गरेको सम्बन्धमा संरा अमेरिकाले गरेको भत्र्सनाबारे प्रजग कोरियाली परराष्ट्र मन्त्रालयका प्रवक्ताले एउटा वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण विवरण प्रस्तुत छः
जुलाई ४ का दिन प्रजग कोरियाले ह्वासोङ नामको अन्तरमहादेशीय बालास्टिक रकेटको सफलतापूर्वक परीक्षण प्रक्षेपण ग¥यो । सो परीक्षण प्रक्षेपण राज्यको आणविक शक्तिलाई पूर्णता दिने अन्तिम द्वार हो ।
ह्वासोङ–१४ ले एकै पटकको परीक्षण प्रक्षेपणमा सफलता पाउनु प्रजग कोरियाका सेना र जनताले आधा शताब्दीभन्दा लामो साम्राज्यवादविरोधी, संरा अमेरिकाविरोधी सङ्घर्ष र सहासिक कृतिले पाएको तेजस्वी विजय हो जसले कोरियाली प्रायःद्विप र सो क्षेत्रको शान्ति र स्थायित्वलाई भरपर्दो ढङ्गले सुनिश्चित गर्दछ ।
तर संरा अमेरिकाले प्रजग कोरियाको परीक्षण प्रक्षेपणलाई ‘विश्वव्यापी खतरा’ भनेर भत्र्सना ग¥यो । त्यही बहानामा संरा अमेरिकाले प्रजग कोरियामाथिको अन्तर्राष्ट्रिय नाकाबन्दी अझ कसिलो बनायो । प्रजग कोरियालाई अझ गहिरो खोँचमा धकेल्ने काम गरियो ।
प्रजग कोरियामाथि दशकौं दशकदेखि संरा अमेरिकाले थोपर्दै आएको निर्मम नीति र आणविक युद्धको धम्कीलाई पूर्णतः अन्त्य गरी आफ्नो प्रतिरक्षा गर्ने एउटै विकल्प अन्तरमहादेशीय बालास्टिक रकेटको विकास गर्नु हो भने कुरा पुनः प्रष्ट बनाएको छ ।
संसारमा आज धेरै देशसँग आणविक हतियार छ । तर संरा अमेरिका नै मात्र एउटा यस्तो देश हो जसले प्रजग कोरियामाथि लगातार आणविक धम्की थोपर्न आणविक हतियारको मुद्दालाई आफ्नो दिनचर्या बनाएको छ ।
प्रजग कोरियाको आणविक र बालास्टिक रकेटको विषय प्रजग कोरिया र संरा अमेरिकाबीच मात्र सीमित बन्दै आएको छ । प्रजग कोरियाले गरेको अन्तरमहादेशीय बालास्टिक रकेटको परीक्षण प्रक्षेपण यो पटक अरु कसैलाई होइन, संरा अमेरिकाका लागि ‘उपहार’ बनेको छ ।
अन्तरमहादेशीय बालास्टिक रकेटको परीक्षण प्रक्षेपण र विकासको विषयमा आणविक हतियारसम्पन्न कुनै पनि देश प्रजग कोरिया जति पारदर्शी छैनन् ।
प्रजग कोरियाले आधिकारिक रुपमै संरा अमेरिकाबाट आउने गरेको बढ्दो आणविक धम्कीको सामना गर्न आफ्नो लागि अन्तरमहादेशीय बालास्टिक रकेटको विकास निर्विकल्प उपायको भएको बताउँदै आएको छ । साथै प्रजग कोरियाले परीक्षणअन्तर्गत जलाउने प्रक्रिया र इन्जिनको स्थीर प्रक्षेपण परीक्षणका सबै प्रक्रिया सार्वजनिक गर्दै आएको छ । साथै रकेटको परीक्षण प्रक्षेपणका वास्तविक सत्य–तथ्य र रणनीतिक एवं प्राविधिक तथ्य र सुत्रजस्ता संवेदनशील सूचनासमेत सार्वजनिक गर्ने गरेको छ ।
त्यसो हुनुको कारण प्रजग कोरियाको अन्तरमहादेशीय बालास्टिक रकेट बिना सन्देह आणविक युद्ध हुनबाट जोगाउने परीक्षण हो । यो परीक्षण संरा अमेरिकाले हमलाकारी लडाईको लागि विकास गरेका सैनिक हात–हतियारभन्दा फरक छ । संरा अमेरिकाले बनाएका हात–हतियारको लक्ष्य अरु देशहरुमाथि अचानक हमला गरी संसारमा आफ्नो प्रभुत्व कायम राख्ने जङ्गली महत्वाकांक्षामा आधारित छ ।
तथापि प्रजग कोरियाले आत्मरक्षाको लागि चालेको वैधानिक र अधिकारपूर्ण कदमलाई ‘विश्वव्यापी खतरा’ को संज्ञा दिएको छ र त्यसविरुद्ध ‘विश्वव्यापी विरोध’ को आह्वान गरेको छ ।
यो प्रष्टतः ट्रम्पको ‘अमेरिका नै पहिलो’ नीतिको कार्यान्वयन हो । ट्रम्पको सो नीतिले आफ्नो हितको निम्ति अरुको बली दिन खोज्दछ ।

प्रजग कोरियाप्रति संरा अमेरिकाको रणनीतिक दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने यो सबभन्दा उपयुक्त समय हो र प्रजग कोरियाप्रति संरा अमेरिकाले बोक्दै आएको निर्मम नीति त्याग्नुपर्दछ । कति पनि विलम्ब नगरी संरा अमेरिकाले प्रजग कोरियामाथिको आणविक धम्की दिने र निषेध गर्ने क्रम रोक्नु पर्दछ । 

आफूले भनेको कुरा नमानेको हुनाले एउटा सार्वभौम देशमाथि सम्पूर्ण विश्वलाई उतार्ने लुटेरा सोच कदापि पनि सफल हुने छैन । कोही पनि संवेदनशील जनता र स्वाधीन देशहरुको लागि यस्तो नीति स्वीकार्य हुन सक्दैन ।
ह्वासोङ–१४ नामको अन्तरमहादेशीय बालास्टिक रकेटको परीक्षणमा हासिल भएको पूर्ण सफलताले प्रजग कोरियाली आणविक शक्तिलाई युद्ध रोक्ने शक्ति हो । तसर्थ कोरियाली प्रायःद्विपमा र वरपर शान्ति र सुरक्षा सुनिश्चित गर्ने सबभन्दा भरपर्दो शक्ति यही हो ।
आज प्रजग कोरियाले संरा अमेरिकाको मुटु नै छेड्न सक्ने क्षमता विकास गरेको छ । कुनै पनि तोकिएको समयभित्र त्यस्तो काम हुनसक्ने कुरा परीक्षणबाट प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा प्रजग कोरियामा माथि हमला गर्न संरा अमेरिकाले हिम्मत जुटाउन निकै  गाहो हुनेछ ।
निर्मम शक्तिहरुका लगातारको दबाब र नाकाबन्दीबीच दुई मोर्चाको एकै साथ विकास गर्ने नयाँ नीतिको जगमा प्रजग कोरियाले आणविक युद्ध रोक्ने शक्तिशाली हतियार विकास गर्न चालेको कदमले विश्व इतिहासमै महत्व राख्दछ ।
अनि यो नै आफूलाई रक्षा गर्ने र जङ्गली कानुन चलेको आजको निर्मम विश्वमा राष्ट्रको स्वाभिमान जोगाउन एक मात्र तरिका हो ।
प्रजग कोरियाप्रति संरा अमेरिकाको रणनीतिक दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने यो सबभन्दा उपयुक्त समय हो र प्रजग कोरियाप्रति संरा अमेरिकाले बोक्दै आएको निर्मम नीति त्याग्नुपर्दछ । कति पनि विलम्ब नगरी संरा अमेरिकाले प्रजग कोरियामाथिको आणविक धम्की दिने र निषेध गर्ने क्रम रोक्नु पर्दछ ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले घोषणा गरेजस्तै प्रजग कोरियाविरुद्ध संरा अमेरिकी निर्मम नीतिको अन्त्य र आणविक धम्की पूर्ण रुपमा अन्त्य नभएसम्म प्रजग कोरियाले न त आणविक र बालास्टिक हतियारको सम्बन्धमा वार्ताको टेबुलमा कुराकानी गर्न तयार हुनेछ न त आणविक शक्ति विकासको बाटोमा एक इन्च पनि पछाडि हट्नेछ ।
संरा अमेरिकाले अन्त्यहीन नाकाबन्दी थोपरेको प्रजग कोरियाबाट आगामी दिनमा अझ विभिन्न आकार–प्रकारका ‘उपहार’ हरु पाउँदै जानेछ । यदि संरा अमेरिकाले नाकाबन्दी र दबाबका माध्यमबाट प्रजग कोरियालाई ध्वस्त बनाउन कडा मिहिनेत गर्छ भने प्रजग कोरियाको सम्पूर्ण राष्ट्रिय शक्ति र रणनीतिक परिस्थितिलाई संरा अमेरिकाविरुद्ध उतारिनेछ ।
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *