भर्खरै :

भक्तपुरको फोहोरमैला ब्यवस्थापनमा केही सुझाब

– मदन काफ्ले
भक्तपुरले बिकास र निर्माणको काममा गरेको उल्लेख्य र ज्वलन्त उदाहरण धेरै छन मुख्यतः पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, नमुना बाटो इत्यादी। एउटा कुरामा भक्तपुर पछि छ खानेपानीको बिकासमा, सायद अहिले निर्बाचित पदाधिकारीले अवस्यपनि यो समस्या समाधन गर्नेछन् होला। जनताले दिएको मतलाई भक्तपुर ले अक्षरस पालना गर्न सके अन्तरास्ट्रिय स्थरमै यसले प्रसिद्धि कमाउन सक्छ किनकि भक्तपुरभित्र धेरै कुराहरुको सम्भाब्यता लुकेको छ।
भक्तपुरले पहिले देखीनै फोहोरमैला ब्यबस्थापन गर्दै आइरहेको छ जुन नेपालका कमै ठाउँमा देख्न पाइन्छ बेलैमा स्थानीय निकायको चुनाब नहुदा सुन्दर भक्तपुर नगरी केहिमात्रामा कुरुप पन्न पुग्यो त्यसमा भक्तपुरले केही गर्न असक्ने अवस्था थियो। तर अहिले फेरि यसलाई सुन्दर बनाउन सक्ने उर्जा मिलेको छ जसलाई फोहोरमैला ब्यबस्थापनको सिडिबाट अगाडि बढ्न सके साच्चिकैमा यसको मुहार फेरिन सक्छ।
फोहोरमैलाको बैज्ञानिक र उचित ब्यबस्थापनको लागि सबैभन्दा पहिले प्रत्येक वडाका प्रमुखहरूलाई ब्यबस्थापकिय सुपरभाइजर बनाएर जनताको श्रमदान दिने बाताबरण तयार गराई उनिहरुको प्रत्यक्ष सहभागीतामा ब्यबस्थापनमा लाग्नु पर्छ किनकी उनिहरुको सहभागीतामा गरिने बिकासमा आफ्नोपनको आभास मात्र होइन माया पनि हुन्छ। आफ्नो वडाको मुख्य मुख्य स्थानमा सिसिटिभी सहितको फोहोर फ्याँक्ने कम्तिमा पनि चारवटा कन्टेनर राखिनु पर्छ किनकी मुख्यतः युरोपका सबै देशले यस्ता कन्टेनर समान किसिमले लागु गरेका छन जुन असाध्यै उपयोगि छन। चार रङ्गमा बिभाजित कन्टेनरहरु खासगरी हरियोमा कुहिने र सडेको, निलोमा प्लास्टिक, अन्यमा काच-सिसा र कागजलाई संबंधितस्थानमा फ्याँक्नुपर्ने हुन्छ अन्यथा कसैले त्यसबाहेकको कन्टेनरमा फ्याकेमा नियमपुर्बक जरिवाना तिर्नु पर्ने हुन्छ कतिपय कन्टेनरसंगै सिसिटिभि पनि जडान गरिएका हुन्छन जसको प्रभामा मान्छेहरु सचेत भइ संबंधित कन्टेनरमा मात्र फोहोर फाल्दछन जसले उनिहरुमा सम्यम र संस्कारी बनाएको छ उक्त स्थानमा जडित सिसिटिभिले जनधनको सुरक्षामा पनि सहयोग गर्नेगर्दछ यस्तो खालको सम्भाब्यता भक्तपुरमा अझ बढी छ किनकी भक्तपुरका जनप्रतिनिधिहरुले गर्न सक्छन्।
अर्को कुरा भक्तपुरको हनुमन्ते खोलालाई ढलबिहिन मात्रहोइन भक्तपुरको विद्युत उत्पादनमा पनि उपयोग गर्न सकिन्छ उदाहरणको रुपमा पोर्चुगलको उत्तरी भुभागमा रहेको पोर्तो सिटि जुन पहिलेको पोर्चुगलको राजधानी पनि हो त्यहाँ अवस्थित ग्युमाराइस नदिलाई यहाँको सरकारले बैज्ञानिक ढङ्गले उपयोग गरेको छ जसको मुहान नजिकै ठुला ठुला उध्योग र कलकारखाना छन प्रत्येकबाट निस्कने ढल खोलामा मिसिन्छ तर उक्त ढलको बैज्ञानिक ब्यबस्थापन गरिएको छ केहि किलोमीटरको दुरीमा उक्त खोला असाध्यै फोहोर छ त्यसपछी विभिन्न ठाउँमा ठुलो बाध बनाइएको छ उक्त बाधमा फोहोरहरु छनिने र विद्युत निर्माण गरिन्छ करिब पन्ध्र किलोमीटरको दुरीमा फैलिएको उक्त नदिको बीच-बीचमा विभिन्न बाधहरु छन उक्त बाधहरुमा फोहोर छान्ने जालीहरु राखिएको छन र नदिलाई यल आकारमा अर्थात झरनाको संरचनामा रुपान्तरण गरिएको छ र अन्तिम स्थानमा एउटा ठुलो डम्पिङ साइट छ जहाँ हरेक बाधमा संकलित र सहरको फोहोरहरुलाई छनोट गरिन्छ तत्त्पस्चातको नदिमा पानी छनोटका पिधिहरु पुर्णरुपमा उपयोग गरि शुद्धिकरण गरिएको छ उक्त नदि सहरको पर्यटनको मुख्य केन्द्र बनेको छ। नदिको किनारमा जालीहरु लगाइएको छ जसमा जाली नाघ्न निषेध गरिएको छ र किनारासंगै रेलको लिगपनि हुनाले नदि अझ सुरक्षित छ। अन्ततः उक्त नदि र भक्तपुरको हनुमन्ते खोलाबिच खासै कुनै भिन्नता छैन। उक्त नदिमा लागू गरिएको सिद्धान्तलाई हनुमन्ते खोलामा लागुगर्न सके भक्तपुरले सफा खोलामात्र होइन विद्युतपनि प्राप्त गर्न सक्थ्यो तसर्थ भक्तपुरको एउटा सुभेक्छुक भएको नाताले मेरो कलमलाई रोक्न सकिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *