भर्खरै :

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ४

(डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा कथित ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा पूर्वाग्रहवश रुस र चीनजस्ता देशहरू आमन्त्रित छैनन् । बरु संरा अमेरिकाले नै स्वीकार्दै आएको चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको छ । यसबाट संरा अमेरिकाले प्रजातन्त्रको नाममा संसारलाई अझ विभाजित र विशेषतः चीनको सन्दर्भमा आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्न उद्यत्त रहेको देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । यसमा प्रजातन्त्र, प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेका गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको छ । प्रस्तुत छ, सो आलेखको नेपाली अनुवाद–सम्पादक)
३) संरा अमेरिकी प्रजातन्त्रको ब्रान्ड निर्यातका ध्वंसात्मक परिणाम
संसारभरका देशहरूको भिन्न–भिन्न आर्थिक विकासको चरण र ऐतिहासिक एवम् सांस्कृतिक पृष्ठभूमिको ठुलो अन्तरलाई बेवास्ता गर्दै संरा अमेरिकाले अन्य देशहरूमा आफ्नो राजनीतिक प्रणाली र मूल्य थोपर्न खोज्यो । ती देशहरूमा संरा अमेरिकाले उसकै शब्दमा ‘प्रजातान्त्रिक रूपान्तरण’ गर्नुका साथै ‘रङ्गीन क्रान्ति’ थोपर्न खोज्यो ।
संरा अमेरिकाले मनपरी अन्य देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै ती देशका सरकार अपदस्थ गरेर ध्वंसात्मक परिणाम निम्त्यायो । अर्को शब्दमा भन्दा, संरा अमेरिकाले संसारका अन्य देशलाई पनि आफ्नै आकारमा ढाल्न खोज्नुका साथै प्रजातन्त्रको ब्रान्ड नै निर्यात गर्न चाह्यो । यस्तो प्रयास आफैमा अप्रजातान्त्रिक हो । प्रजातन्त्रका आधारभूत मूल्य मान्यताभन्दा विपरीत छ । अमेरिकी शैलीको प्रजातन्त्रको प्रत्यारोपणले अपेक्षित परिणाम दिन सकेन । त्यस अर्थमा त्यो ‘असफल प्रत्यारोपण’ पुष्टि भयो । जसले धेरै क्षेत्र र देशलाई अस्थिरता, द्वन्द्व र युद्धतिर धकेल्यो ।
क) ‘रङ्गीन क्रान्ति’ ले क्षेत्र र देशमा अस्थिरता निम्त्यायो
‘प्रजातन्त्र’ को नाममा अरू देशका आन्तरिक मामिलामा हस्तक्षेपमा गर्ने संरा अमेरिकाको नानीदेखि लागेको बानी हो । उसले संसारका अरू देशमा आफू पक्षधर सरकार स्थापना गर्न सत्ता परिवर्तन गर्न खोजिरहन्छ ।
संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभाग सीआईएका एकजना पूर्ववरिष्ठ अधिकारीले मानिसहरूलाई ‘हामीले उनीहरूलाई बनाउन चाहेजस्तो बनाउने’ र ‘हाम्रा निर्देशन मान्ने बनाउने’ कुरा गरेका थिए । उनले मानिसको दिमागलाई अलमल बनाएर, उनीहरूले बोकेका मूल्यमान्यता परिवर्तन गरेर र उनीहरूलाई नयाँ मूल्य मान्यताका सबै कुरा बुझ्न अघि नै त्यसमाथि विश्वास गर्न लगाउने सम्भावनाबारे चर्चा गरेका थिए ।
संरा अमेरिकाका पूर्वविदेश सचिव माइकल पम्पेओले खुलारूपमै स्वीकारेका छन्,“म सीआइएको पूर्वनिर्देशक थिएँ । त्यत्तिबेला हामी झूट बोल्थ्यौँ, झुक्याउँथ्यौँ र हामी चोरी पनि गथ्र्यौँ । हामीलाई त्यसको निम्ति तालिम दिइन्थ्यो । त्यो तालिमले अमेरिकी प्रयोगको गौरवको स्मरण गराउँथ्यो ।”
संरा अमेरिकाले ‘शान्तिपूर्ण विकासक्रम’ को रणनीति र कार्यनीतिको प्रणाली विकास गरेको छ । त्यो प्रणालीको सुरुवात कुनै पनि देशसँग ‘सांस्कृतिक सम्बन्ध’ र आर्थिक सहायताबाट हुन्छ । अनि त्यसपछि त्यो देशमा ‘रङ्गीन क्रान्ति’ को लागि उपयुक्त वातावरण बनाउन जनमत सिर्जना गरिन्छ । जनताको असन्तोष र सरकारविरोधी भावना पैmलाउन उसले त्यहाँको सरकारका गल्ती र कमजोरीलाई अतिरञ्जनापूर्ण ढङ्गले प्रचार गर्छ ।
त्यहीबीच उसले अमेरिकी मूल्यमान्यताको साबुनले त्यो देशका जनताको दिमाग धुन्छ । उनीहरूलाई अमेरिकी आर्थिक ढाँचा र राजनीतिक व्यवस्थाप्रति सकारात्मक बनाउँछ । अमेरिकाले आफ्ना पक्षधर गैरसरकारी संस्थालाई फैलिन दिन्छ । उसले निशाना बनाएको देशका विपक्षी दलका नेताहरूलाई सबै खालको तालिम दिन्छ । निशाना बनाएका सरकारलाई असफल बनाउन सडकबाट राजनीतिक गतिविधि गरी मुख्य चुनाव वा आपत्कालका अवसरलाई उसले मज्जाले छोप्छ ।
पछिल्लो इतिहास अध्ययन गर्दा संरा अमेरिकाले ‘प्रजातन्त्र प्रवद्र्धन’ को नाममा ल्याटिन अमेरिकामा नव मुनरो सिद्धान्त अघि सारेको छ । युरेसियाली क्षेत्रमा ‘रङ्गीन क्रान्ति’ उछालेको छ । पश्चिम एसिया र उत्तर अफ्रिकामा ‘अरब वसन्त’ चर्कायो । त्यस्ता कदमले धेरै देशमा अराजकता र सङ्कट निम्त्यायो । जसले विश्व शान्ति, स्थायित्व र विकासलाई ओझेलमा पा¥यो ।
ल्याटिन अमेरिका र क्यारिबिया क्षेत्रका जनतामा ‘अमेरिकी शैलीको प्रजातन्त्र’ प्रति भ्रममुक्त भएको लामो समय बितिसकेको छ । संरा अमेरिकी शैलीको कुनै पनि प्रजातन्त्रको ढाँचा प्रवद्र्धन गर्ने उसको प्रयास ती क्षेत्रमा पराजित र अपमानित हुने गरेको छ ।
सन् १८२३ मा संरा अमेरिकाले मुनरो सिद्धान्तको घोषणा ग¥यो । सो सिद्धान्तअन्तर्गत ‘अमेरिका अमेरिकीहरूको हुनुपर्ने’ भन्दै सिङ्गो अमेरिका एक हुनुपर्ने तर्क गरिएको छ ।
त्यसपछिका दशकहरूमा ‘प्रजातन्त्र फैलाउने’ नाममा संरा अमेरिकाले बारम्बार ल्याटिन अमेरिका र क्यारिबियाल क्षेत्रमा राजनीतिक हस्तक्षेप, सैनिक हमला र सरकारलाई अपदस्थ गर्ने काम गर्दै आएको छ ।
संरा अमेरिकाले बितेका झन्डै ६० वर्षदेखि समाजवादी देश क्युवामाथि निर्मम व्यवहार गर्नुका साथै नाकाबन्दी पनि थोपरेको छ । चिलीमा साल्भाडोर एयेन्डेको सरकारलाई संरा अमेरिकाको चाँजोपाँजोमा अपदस्थ गरियो । यी सबै प्रभुत्ववादका आक्रामक काम हुन् । ‘मेरो बाटो हिंड्ने भए नभए अर्को बाटो हिंड्न पाउँन्नौ ।’ संरा अमेरिकाको तर्क यही हो ।
सन् २००३ यता पूर्वी युरोप र मध्य एसियाअन्तर्गत जर्जियामा ‘गुलाब क्रान्ति’, युक्रेनमा ‘सुन्तला क्रान्ति’ र कीर्गिस्तानमा ‘घण्टी फुल (टुलिप) क्रान्ति’ देख्यो । संरा अमेरिकी विदेश विभागले ती सबै ‘सत्ता परिवर्तन’ मा आफ्नो ‘केन्द्रीय भूमिका’ खुलारूपमा स्वीकारेको छ ।
सन् २०२० को अक्टोबरमा रुसी वैदेशिक गुप्तचर सेवाले मोल्दोभामा ‘रङ्गीन क्रान्ति’ को षड्यन्त्र गर्ने संरा अमेरिकी योजनाको खुलासा ग¥यो ।
सन् २०१० मा सुरु भएको ‘अरब वसन्त’ ले सिङ्गो मध्यपूर्वमा भूकम्प निम्त्यायो । संरा अमेरिकाले पर्दा पछाडि बसेर त्यहाँका राजनीतिक परिवर्तनमा प्रमुख भूमिका खेल्यो । सन् २०११ मा ‘द न्यु योर्क टाइम्स’ ले संरा अमेरिकी सरकारको पैसाले चलाएका केही सङ्गठनहरूको एउटा सानो समूहले ‘तानाशाही’ अरब देशहरूमा प्रजातन्त्र प्रवद्र्धन गरिरहेको रहस्य खोल्यो । ‘अरब वसन्त’ मा प्रत्यक्ष रूपमा संलग्न केही समूह र व्यक्तिहरूले संरा अमेरिकाका अन्तर्राष्ट्रिय रिपब्लिकन प्रतिष्ठान, राष्ट्रिय प्रजातान्त्रिक प्रतिष्ठान र स्वतन्त्रता गृहजस्ता संरा अमेरिकी सङ्गठनबाट तालिम र पैसा पाएका थिए ।
इथियोपियाका अफ्रिका तथा अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञ मुस्ताफा अहमेदीले अहराम अनलाइनमा ‘वचनबद्ध भूमि’ शीर्षकको एउटा लेखका प्रकाशित गरेका थिए । त्यसमा उनले ओबामाको एउटा प्रसिद्ध वाक्य, ‘अहिले भनेको अहिले तत्कालै’ ले इजिप्टका आक्रोशित प्रदर्शनकारीहरूलाई मुबारकको सरकारको विरोधमा उठ्न ठूलो भूमिका खेलेको बताएका छन् । त्यो राजनीतिक परिवर्तनको इजिप्टका जनताले ठूलो मूल्य चुकाउनुपरेको थियो ।
संरा अमेरिकाका काम देखेर अरबका जनताले आफ्नो चाहनाको कुनै पर्वाह नै नगरी संरा अमेरिकाले आफ्नो देशमा पुरानो चल्ती ढाँचाको प्रजातन्त्र थोपर्न खोजेको बुझ्न थालेका छन् । संरा अमेरिकी मूल्य मान्यताको अन्धनक्कल गर्न बाध्य बनाइएका देशहरूमा साँचो प्रजातन्त्र, वास्तविक स्वतन्त्रता वा सही मानव अधिकारको कुनै सङ्केत पनि छैन । ती देशमा केही कुरा छोडिएको छ भने अहिले विद्यमान अराजकता, गतिरोध र मानवीय सङ्कटका दृश्यमात्र हुन् ।
संरा अमेरिकाले आफ्ना मूल्यमान्यताको निर्यातले मिचाइमा परेका देशहरूका सहज विकास प्रक्रिया बिथोलिएको छ, आफ्नो देशको परिस्थितिलाई सुहाउने विकासको बाटो खोज्ने काम रोकिएको छ, राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता निम्त्याएको छ र एकपछि अर्को गर्दै ती देशका जनताको सुन्दर मातृभूमि ध्वस्त भएका छन् । त्यस्ता अस्थिरताले आतङ्कवाद र अन्य दीर्घकालीन चुनौतीहरू जन्मायो । जसले क्षेत्रीय र अझ विश्वव्यापी सुरक्षालाई जोखिममा पार्नुका साथै भद्रगोल अवस्था निम्त्यायो ।
फ्रान्सको वेभसाइट ला ग्रान्ड सोएरले भनेजस्तै संरा अमेरिकाको लागि प्रजातन्त्र लामो समयदेखि भनेको फरक सोचाइ बोक्ने देशहरूमाथि हमला गर्ने आमविनाशकारी हतियार बन्दै आएको छ ।

अफगान युद्ध


संरा अमेरिकाले आफ्नो देश र अन्य देशमा प्रजातन्त्रको मूल्याङ्कन गर्न अलग अलग मापदण्ड प्रयोग गर्ने गरेको छ । उसले मनपराएकालाई हुरुक्कै भएर प्रशंसा गर्छ, अनि मन नपरेकोलाई भित्तो पुग्ने गरी खेदो खन्छ । सन् २०२१ को जनवरी ६ मा क्यापिटोलमा भएको हमलापछि एक जना अमेरिकी राजनीतिक नेताले त्यो घटनालाई ९÷११ को आतङ्कवादी हमलासँग तुलना गरे । उनले क्यापिटोलमाथिको हमलालाई संरा अमेरिका व्यवस्थापिका, संविधान र प्रजातन्त्रमाथिको ‘लज्जाजनक हमला’ को संज्ञा दिए । उही नेताले सन् २०१९ को जूनमा हङकङको व्यवस्थापिका भवनअघि भएको हिंसात्मक प्रदर्शनलाई ‘अनुकरणीय सुन्दर दृश्य’ भने र त्यो प्रदर्शनमा सहभागीहरूको ‘साहस’ को दर गरे । यो कस्तो नकच्चरो दोहोरो मापदण्ड !
ख) प्रजातन्त्रको ब्रान्ड थोपर्ने संरा अमेरिकी कदमले मानवीय सङ्कट निम्त्याएको छ
जबरजस्ती प्रजातन्त्रको ब्रान्ड निर्यात गर्ने संरा अमेरिकी कदमले संसारका धेरै देशमा मानवीय सङ्कट निम्त्याएको छ । अफगानिस्तानमा बीस वर्ष लामो संरा अमेरिकी युद्धले त्यो देशलाई ध्वस्त र विपन्न बनायो । त्यस अवधिमा ४७ हजार २४५ जना अफगानी नागरिक मारिए । ६६ हजारदेखि ६९ हजार अफगानी सिपाहीं र प्रहरीहरूको ज्यान गयो । उनीहरूको ९÷११ हमलासँग गोरु बेचेको साइनो पनि थिएन । १ करोड मानिसहरू विस्थापित भए । अफगान युद्धले त्यो देशको आर्थिक विकासको आधार ध्वस्त बनायो र अफगानीहरूलाई विपन्नताको रसातलमा धकेल्यो ।
सन् २००३ मा संरा अमेरिकाले इराकमाथि सैनिक हमला ग¥यो । इराकले आमविनाशकारी हतियार राखेको आरोपमा त्यो हमला गरिएको थियो । इराक युद्धमा २ लाखदेखि २ लाख ५० हजार सर्वसाधारणले ज्यान गुमाए । उनीहरूमध्ये १६ हजारभन्दा बढी मानिसलाई त अमेरिकी सेनाले प्रत्यक्ष हत्या गरेको थियो । दसौँ लाख मानिसले आफ्नो घरबार गुमाए । त्यसका साथै संरा अमेरिकाले अन्तर्राष्ट्रिय मानवीय सिद्धान्तको गम्भीर उल्लङ्घन ग¥यो । कैदीबन्दीमाथि बारम्बार भएका अमानवीय दुव्र्यवहारका घटनामार्फत संरा अमेरिकाले इराकमा अन्तर्राष्ट्रिय मानवीय सिद्धान्त उल्लङ्घनका घटना बाहिरिएका छन् । तर, संरा अमेरिकाले आजसम्म इराकमा आमविनाशकारी हतियार भएको कुनै पनि प्रमाण संसारलाई देखाउन सकेको छैन ।

इराक युद्ध


प्राप्त तथ्याङ्कअनुसार सन् २०१६ देखि २०१९ सम्म भएको सिरिया युद्ध र द्वन्द्वमा ३३ हजार ५८४ जना मानिस मारिए । उनीहरूमध्ये ३ हजार ८३३ जना मानिस संरा अमेरिका नेतृत्वको गठबन्धन सेनाको वमबारीमा मारिएका थिए । उनीहरूमध्ये आधा त महिला र बालबालिका थिए । सार्वजनिक प्रसारण सेवा (पीबीएस) ले सन् २०१८ को नोभेम्बर ९ मा प्रसारण गरेको समाचारअनुसार रक्का भन्ने ठाउँमा संरा अमेरिकी सेनाले गरेको ‘इतिहासमै सबभन्दा सही निशानाको हवाई हमला’ मा मात्र सिरियाका १६ सय मानिस मारिएका थिए ।
सन् २०१८ मा सिरियामा भएको संरा अमेरिकी हवाई हमलालाई फेरि पनि सिरिया सरकारलाई रासायनिक हतियार प्रयोग गर्नबाट रोक्न गरिएको बताइयो । तर, सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको भनी प्रचार गरिएका कथित ‘प्रमाण’ ह्वाइट हेलमेट नामको संस्थाले गरेका झूटा श्रव्यदृश्यको टुक्राटुक्रीमा आधारित भएको पुष्टि भयो । ह्वाइट हेलमेट नामको त्यो संस्था संरा अमेरिका र अन्य देशका गुप्तचर निकायको पैसाबाट चलेको सङ्गठन हो ।
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *