रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
(हाम्रो अमेरिकाका लागि बोलिभारियाली मोर्चा – जनताको व्यापार सम्झौता (अल्बा–टीसीपी) को बीसौँ शिखर सम्मेलन क्युवाको राजधानी हवानामा मङ्गलबार ४४ बुँदे घोषणा पारित गर्दै सम्पन्न भयो । शिखर सम्मेलनमा क्युवाली राष्ट्रपति मिग्वेल डायज कानेल बर्मुडेज, भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, निकारागुआका राष्ट्रपति डयानियल ओर्टेगा, बोलिभियाका राष्ट्रपति लुइस आर्सेलगायत नौ क्षेत्रीय देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उपस्थिति थियो ।
क्षेत्रीय सम्मेलनले क्षेत्रीय एकतामा जोड दिँदै साम्राज्यवादी हस्तक्षेपको विरोध र नवउदारवादको विरोधमा समाजवादी र समाजवादउन्मुख जनपक्षीय साझेदारी र सहयोगमा वृद्धि गर्दै जाने निर्णय गरेको छ । अल्बाको स्थापना तत्कालीन क्युवाली राष्ट्रपति फिडेल क्याष्ट्रो र भेनेजुयाली राष्ट्रपति ह्युगो चाभेजको पहलमा २००४ मा भएको थियो । स्थापनाकालदेखि अल्बा–टीसीपीले ल्याटिन अमेरिकामा शान्तिको रक्षा र ल्याटिन अमेरिका तथा क्यारिबियाली देशहरूको एकताको रक्षा गर्दै आएको छ । बीसौँ शिखर सम्मेलनले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको लागि वैकल्पिक प्रभुत्ववादविरोधी र सहभागितामूलक राजनीतिक रणनीतिक सङ्गठनको रूपमा विकास गर्दै जाने निर्णय लिएको छ ।
अल्बा–टीसीपीका सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घको बडापत्रका सिद्धान्तहरूको रक्षाको लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाने योजना पनि निर्माण गरेका छन् ।
क्युवाको राजधानी हवानामा मङ्गलबार सम्पन्न अमेरिकाका लागि बोलिभारियाली मोर्चा – जनताको व्यापार सम्झौता (अल्बा–टीसीपी) को बीसौँ शिखर सम्मेलनबाट पारित घोषणा पत्र – सं.)
१. अल्बा–टीसीपीका सदस्य देशहरू यस घोषणापत्रमा हस्ताक्षर गरेर ऐक्यबद्धता, सामाजिक न्याय, आपसी सहयोग र आर्थिक साझेदारीका सिद्धान्तहरूमा आधारित राजनीतिक सम्झौताको संयन्त्रलाई बलियो बनाउने आफ्नो कटिबद्धतालाई नवीकरण गरेका छन् ।
२. अल्बा–टीसीपीलाई मार्गनिर्देश गर्ने पवित्र सिद्धान्त कमान्डरहरू चाभेज र फिडेलले डिसेम्बर १४, २००४ मा जारी गरेको संयुक्त घोषणाअनुसारको हाम्रो अमेरिकी जनतामाझ व्यापक ऐक्यबद्धता भएकोमा हामी पुनः जोड दिन्छौँ ।
३. हामी ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको इमानदारीपूर्ण एकतामा पुनः जोड दिन्छौँ ।
४. हामी बहुध्रुवीयतावाद, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनले निर्दिष्ट उद्देश्य र सिद्धान्तमा आधारित पारदर्शी, प्रजातान्त्रिक र समतामूलक अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा वकालत गर्छौं ।
५.हामी विगत दुई वर्षको अवधिमा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्सले खेलेको उल्लेखनीय भूमिकाको उच्च मूल्याङ्कन गर्छौँ ।
६. हामी ल्याटिन अमेरिका र क्यारिबियालाई शान्ति क्षेत्र घोषणा गर्ने ल्याटिन अमेरिकी र क्यारिबियाली राज्यहरूको समुदाय – सेलाक (ऋभ्ीब्ऋ) को दोस्रो शिखर सम्मेलन (हवाना, डिसेम्बर २०१४) को घोषणाप्रति पूर्ण समर्थन गर्दै त्यसको वैधतालाई नवीकरण गर्छौँ ।
७. हामी हाम्रोसामु रहेका चुनौतीहरू सामना गर्नका लागि विविधतामा एकताको सिद्धान्तमा आधारित तथा राजनीतिक सम्झौता, सरसहयोग र क्षेत्रीय संवादको सुहाउँदो संयन्त्रको रूपमा ल्याटिन अमेरिकी र क्यारिबियाली राज्यहरूको समुदाय – सेलाक (ऋभ्ीब्ऋ) को निरन्तरता र सशक्तीकरणमा जोड दिन्छौँ ।
८. हामी शान्ति, स्थिरता, न्याय, प्रजातन्त्र र मानवअधिकारको सम्मान रहेको वातावरणमा हरेक राज्यको आफ्नै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली निर्माण गर्ने अधिकारलाई पुनः जोड दिन्छौँ ।
९. हामी त्यस्तो बृहत् संयन्त्रको स्थापनातिर अघि बढ्नुपर्नेमा आवश्यकतामा जोड दिन्छौँ, जसले विकासशील देशहरूलाई ऋणबाट मुक्त गरोस्, विश्वव्यापी स्तरमा बाह्य ऋण मिनाहा गरोस् वा पुनः वित्तीयकरण गरोस्, बृहत दृष्टिकोणका साथ आर्थिक रूपान्तरण गरोस् र अन्तर्राष्ट्रिय वित्तीय सङ्गठनहरूको प्रजातान्त्रिक रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरोस् ।
१०. हामी यस मोर्चामा सदस्य राष्ट्रहरूविरुद्ध थोपरिएका एकपक्षीय प्रतिबन्धका कारबाहीहरूको घोषणा र कार्यान्वयनप्रतिको कडा विरोधमा पुनः जोड दिन्छौँ ।
११. हामी संरा अमेरिकी सरकारले ६ दशकदेखि क्युवाविरुद्ध थोपर्दै आएको नरसंहारकारी तथा अवैध आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीप्रतिको घोर निन्दालाई पुनः दोहो¥याउँछौँ । साथै महामारीको स्थितिमा अवसरवादी ढङ्गले नाकाबन्दीलाई थप कडा पार्ने कदमको कडा विरोध गर्छौं ।
१२. हामी अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रका प्रावधान उल्लङ्घन हुने गरी र भनेजुयाली जनतामाथि सामूहिक दण्ड थोपरिने गरी संरा अमेरिकी सरकारले भेनेजुयलाका जनता र सरकारविरुद्ध लगाएका एकपक्षीय प्रतिबन्धका कारबाहीहरूप्रति पुनः कडा निन्दा गर्छौं ।
१३. हामी आधारहीनरूपमा र स्वेच्छाचारी ढङ्गले गणतन्त्र क्युवालाई आतङ्कवाद प्रयोजन गर्ने राष्ट्रको सूचीमा राख्ने अमेरिकी राज्य विभागको वाहियात र अन्यायपूर्ण कदमप्रति कडा असहमति जाहेर गर्छौं ।
१४. हामी अल्बा सदस्य राष्ट्रहरूको आन्तरिक मामिलामा अमेरिकी राज्य सङ्गठन–ओएएसका महासचिवले गर्दै आएका हस्तक्षेपकारी कदमहरूको कडा विरोध गर्छौं ।
१५. हामी यस क्षेत्रका प्रगतिशील सरकार र नेताहरूविरुद्ध भइरहेका गैरपरम्परागत हमला र युद्ध रणनीतिहरूको कडा निन्दा गर्छौँ ।
१६. सबैको मानव अधिकारको रक्षा गर्ने र बढावा दिने हाम्रो प्रतिबद्धतामा हामी जोड दिन्छौँ । साथै मानव अधिकारको विषयलाई राजनीतीकरण गर्ने तथा हस्तक्षेपकारी उद्देश्यका लागि दुरूपयोग गर्ने कदमको निन्दा गर्छौं ।
१७. हामी सबै किसिमका आतङ्कवाद र विध्वंसप्रति अल्बा –टीसीपीको कडा निन्दामा पुनः जोड दिन्छौँ ।
१८. हामी कोभिड–१९ महामारीको क्रममा परिवारका सदस्य गुमाएका यस क्षेत्र र विश्वका सबैमा हार्दिक समवेदना व्यक्त गर्छौं ।
१९. हामी कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अल्बा – टीसीपी राष्ट्रहरूबीच अनुभव र सफल अभ्यास आदानप्रदान तथा महामारी रोकथामका उपायहरूको निरन्तरतामा जोड दिन्छौँ ।

२०. हामी क्युवाले कोभिडविरुद्धको उच्च प्रभावकारी प्रमाणित भएका तीन थरी खोप तयार पारिसकेको र थप दुई थरी खोपले पनि यस क्षेत्रको महामारीविरुद्धको लडाइँमा योगदान गर्ने गरी प्राप्त गरेको उपलब्धिको उच्च मूल्याङ्कन गर्छौँ । त्यस्तै हामी क्युवाको हेनरी रीभ कन्टिजेन्टको मानवतावादी र सच्चा सेवाको तथा कोभिड–१९ महामारीविरुद्धको लडाइँमा विभिन्न देशमा पु¥याएको उल्लेखनीय योगदानको प्रशंसा गर्छौं ।
२१. हामी कोन्भियासा एअरलाइन्सको माध्यमले मानवतावादी हवाई सेतु स्थापना र सञ्चालन गर्न सकेकोमा यस मोर्चाका सदस्यहरू र संलग्न सबै देशप्रति बधाईज्ञापन गर्छौं । त्यसले गर्दा खोपहरू, चिकित्सा सामग्रीहरू, अरू नागरिककासाथै चिकित्सा जनशक्तिको आदानप्रदानमा सहजता थपेको छ र महामारीविरुद्धको लडाइँमा ठूलो मद्दत मिलेको छ ।
२२. हामी खोपको विकास, उपचार र चिकित्सा समग्रीहरूको आपूर्तिमा बाङ्को डेल अल्बा (अल्बा बैङ्क) ले अल्बा राष्ट्रका जनताको फाइदाका लागि गरेको कामलाई स्वागत गर्छौं । साथै हामी नयाँ सदस्यको रूपमा जून २०२१ मा ग्रेनाडाको प्रवेशलाई स्वागत गर्छौँ ।
२३. क्यारिबियाली देशका स्थानीय जनताको नरसंहार, दासताको विभत्सता र आन्ध्र्र वारपार दास व्यापारका लागि जिम्मेवार देशहरूबाट क्यारिबियाली देशहरूले उठाइरहेको क्षतिपूर्तिको मागमा हाम्रो पूर्ण समर्थन रहेकोमा पुनः जोड दिन्छौँ ।
२४. हामी क्यारिबियाली देशहरूको न्यायोचित, विशेष र भिन्न व्यवहार पाउनुपर्ने क्यारिबियाली देशहरूको अधिकारमा पुनः समर्थन जाहेर गर्छौं ।
२५.हामी भगिनी क्यारिबियाली राष्ट्रहरूविरुद्ध उनीहरूलाई असहयोगी क्षेत्र ठानेर धनी देशहरूले गरेको निषेधात्मक व्यवहारको कडा विरोध गर्छौं ।
२६. हामी बहुराष्ट्रिय राज्य बोलिभिया, त्यहाँका राष्ट्रपति लुइस अल्बर्टो आर्से काटाकोराप्रति पूर्ण समर्थन जाहेर गर्छौं र अन्तर्राष्ट्रिय समुदायसँग त्यस देशमा दक्षिणपन्थी र प्रतिक्रियावादीहरूले गरिरहेको अस्थिरता मच्चाउने दुष्प्रयासबारे सजग हुन आह्वान गर्दछौँ ।
२७. हामी भेनेजुयलामा राजनीतिक र सामाजिक सहअस्तित्वका लागि गरिएको वार्ता र व्यापक सम्झौताको प्रक्रियाको प्रगतिका लागि भेनेजुयाली सरकार र जनताप्रति बधाई ज्ञापन गर्दछौँ ।
२८.हामी नोभेम्बर २१, २०२१ का दिन सम्पन्न प्रादेशिक र नगरपालिका निर्वाचनमा भेनेजुयलाको एकीकृत समाजवादी पार्टी र बृहत् देशभक्त मोर्चाको अत्याधिक बहुमतका साथ विजयको लागि भेनेजुयाली जनतालाई बधाई ज्ञापन गर्दछौँ ।
२९. हामी हालै सम्पन्न निर्वाचनमा सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाको शानदार विजयका लागि निकारागुआली जनता, सान्डिनिस्टा सरकार र राष्ट्रपति डयानियल ओर्टेगाप्रति हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
३०.हामी होन्डुरसमा नोभेम्बर २८ का दिन सम्पन्न सफल निर्वाचन र त्यसको ऐतिहासिक परिणामका लागि होन्डुरन जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । उक्त निर्वाचनमा वामपन्थी उम्मेदवार कमरेड जियोमारा क्याष्ट्रो त्यस देशको पहिलो महिला राष्ट्रपतिका रूपमा विजयी हुनुभएको छ ।
३१. हामी जसलाई २६, २०२१ मा सम्पन्न सेन्ट लुसियाको शान्तिपूर्ण र प्रजातान्त्रिक तवरको सफल निर्वाचन र त्यहाँ प्रधानमन्त्री फिलिप जे पियरेको नेतृत्वमा रहेको सेन्ट लुसिया लेबोर पार्टी (एसएलपी) को विजयका लागि त्यहाँका जनता र सरकारलाई बधाई ज्ञापन गर्दछौँ ।
३२. हामी अल्बा–टीसीपीमा सेन्ट लुसियाको पुनरागमनको स्वागत गर्दछौँ ।
३३. हामी सेन्ट भिन्सेन्ट एन्ड ग्रेनेडाइन्समा ‘ला सोफ्री’ ज्वालामुखी विस्फोटनबाट निम्तिएको विपत्ति सामनामा यस मोर्चाका सदस्य राष्ट्रहरूले पु¥याएको सहयोगको उच्च मूल्याङ्कन गर्दछौँ ।
३४. हामी हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको जुलाई ७, २०२१ का दिन पोर्ट–ओ –प्रिन्समा भएको हत्याको कडा शब्दमा निन्दालाई पुनः दोहो¥याउँछौँ ।
३५.हामी विश्व जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप २६ ले विकासशील राष्ट्रहरूको अपेक्षाअनुसारको परिणाम दिन नसकेको ठहर गर्दछौँ ।
३६. हामी जलवायु परिवर्तनलाई मानव जातिकै लागि मुख्य खतरामध्ये एक भएकोमा जोड दिन्छौँ । त्यसबाट यस ग्रहमा असर परेका क्षेत्रहरूमध्ये ल्याटिन अमेरिका र क्यारिबिया पनि सबैभन्दा जोखिममा परेको क्षेत्र रहेकोमा सहमत छौँ ।
३७. हामी जलवायु परिवर्तनविरुद्धको लडाइँमा बालबालिकाको सकारात्मक भूमिका र युवाहरूको मूल्यवान र अन्वेषणात्मक कार्यको महत्वमा जोड दिन्छौँ र वातावरण सन्तुलन र समाधानको प्रतिकार्यमा नयाँ पुस्ताको सहभागितामा जोड दिन्छौँ ।
३८. हामी आमा पृथ्वीको उल्लङ्घन गर्न नहुने अधिकार र उसको मानव जातिसितको अन्तरसम्बन्ध तथा प्रकृतिसितको सामञ्जस्यतालाई मान्यता र बढावा दिने प्रतिबद्धतामा पुनः जोड दिन्छौँ ।
३९. हामी ल्याटिन अमेरिकी र क्यारिबियाली संस्कृति र यस क्षेत्रका मानिसहरूको पहिचानको रक्षा र प्रवद्र्धनको निम्ति प्रतिबद्धता व्यक्त गर्दछौँ ।
४०. हामी अनियमित आप्रवासलाई अपराधीकरण गर्ने कार्य, सबै किसिमका जातिवाद, वर्णभेद, जनताप्रतिको विद्वेष, घृणाको अभिव्यक्ति र अरू त्यसैसम्बन्धी भेदभाव तथा आप्रवासीविरुद्धको असहिष्णुताको कडा विरोध गर्दछौँ ।
४१. हामी आप्रवासीहरूको मानव अधिकारको रक्षाको प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै आप्रवासीसम्बन्धी सुशासनलाई प्रभावकारी र बलियो बनाउने बृहत् क्षेत्रीय प्रयासलाई बढावा दिन्छौँ ।
४२. हामी आपसी आदर र आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तको आधारमा अल्बा–टीसीपीको अरू अन्तर्राष्ट्रिय सङ्गठनहरू तथा क्षेत्र बाहिरका देशहरू र अन्य एकताका संयन्त्रहरूसितको सहयोगात्मक सम्बन्ध विकासमा जोड दिन्छौँ ।
४३. हामी अल्बा–टीसीपीलाई र शान्ति, प्रजातन्त्र, स्थिरता र हाम्रो अमेरिकाका जनताको हितको लागि यसले गरिरहेको कामलाई अझ बढी सशक्त बनाउनमा जोड दिन्छौँ ।
४४. हामी अल्बा–टीसीपी २०२२ महामारीपछिको कार्य योजनालाई स्वीकृत गर्छौँ र यस मोर्चालाई थप बलियो बनाउन अल्बा–टीसीपीको कार्यकारी सचिवालयलाई त्यसको कार्यान्वयन, सरसल्लाह र परिमार्जनको अधिकार हस्तान्तरण गर्छौं ।
हवाना, डिसेम्बर १४, २०२१
अनुवाद : प्रकाश
Leave a Reply