भर्खरै :

नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी हो

नेपाल मजदुर किसान पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो । यो सिद्धान्तलाई देशको वस्तुगत परिस्थितिअनुसार लागु गर्ने नेमकिपाको मान्यता हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको आधार मानी नेमकिपाले राजनीतिक गतिविधि गरिरहेको हो । देशका शोषित पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिँदै आएको नेमकिपाले देशको स्वाधीनता, सार्वभौमिकता र भू–अखण्डताको निम्ति आवाज उठाउँदै आएको छ । नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी हो । सर्वहारा अन्तर्राष्ट्रवादी भावना आत्मसात गरी नेमकिपाले कुनै पनि विदेशी शक्ति राष्ट्रको थिचोमिचो, हस्तक्षेप र आक्रमणको विरोध गर्दै आइरहेको छ । नेमकिपा देशका मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकार, पेशाकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अवकाश प्राप्त कर्मचारी तथा श्रमजीवी वर्गको हकहितको निम्ति आन्दोलनरत छ ।
नेमकिपाले कहिले पनि जातिगत राजनीति गरेन, सङ्कीर्ण स्वार्थ राखेर काम गरेको छैन । यस पार्टीले सदनमा पनि कहिल्यै दलगत स्वार्थको निम्ति राजनीति गरेन । देश र जनताप्रति समर्पित भएरै, देश र जनताको सेवाकै निम्ति नेमकिपाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको हो । यसले समाजवादी प्रचार अभियानलाई जोड दिँदै छ । इमानदारी र निःस्वार्थपूर्वक काम गरिरहेकै कारण नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा लोकप्रिय भएको हो । नेमकिपाले झैँ अन्य कम्युनिस्ट पार्टीहरूले पनि इमानदारी र निःस्वार्थपूर्वक काम गरेका भए देश विकास र छिट्टै परिवर्तन हुने विचार राजनीतिक विश्लेषकहरूले उठाउनु स्वाभाविक हो ।
नेमकिपाले कहिले पनि भागबन्डाको राजनीति गरेन । वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरोध गर्न नेमकिपा पछि परेको छैन । कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार नमान्ने नक्कली कम्युनिस्ट पार्टीको विरोध पनि नेमकिपाले गरिरहेको छ । भ्रष्टाचार, अनियमितता र कमिसनखोरको विरोध गर्ने दल नेमकिपा नै हो । नेमकिपाले गाउँ, ठाउँका जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिक प्रशिक्षण दिइरहेको छ । भ्रष्टाचारविरोधी अभियान चलाइरहेको छ, भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्नुपर्ने माग गरिरहेको छ ।
पार्टीले नेता तथा कार्यकर्ताहरूलाई अनुशासित बनाउन र पदको दायित्व इमानदारीपूर्वक पालना गर्न जोड दिइरहेको छ । समाजमा विद्यमान रुढीवाद, अन्धविश्वास र कुरीतिको विरोध गर्दै समय अनुकूल अघि बढ्न र बढाउन पार्टीले बेलाबखत निर्देशन दिइरहेको छ । सादा जीवन बिताउन, शिष्ट व्यवहार गर्न र कार्यकर्ता र जनताबीच भिज्न पार्टीले मार्ग निर्देश गरिरहेको छ । यसरी नेमकिपाले आमूल परिवर्तनको निम्ति सैद्धान्तिक आधार तयार गरिरहेको छ । यो कम्युनिस्ट पार्टीको जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *