विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
देशको अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक दिशातिर बढ्दै गएको छ । न देशमा औद्योगीकरणमा कुनै गति छ, न कृषि क्षेत्र नै आत्मनिर्भर हुन सकेको छ । व्यापार घाटा चुलिँदो छ । खरबौँ रुपैयाँको वस्तु आयात भइरहँदा मुश्किलले केही अरब रुपैयाँको वस्तु निर्यात भइरहेको छ । देशको अर्थतन्त्र विप्रेषण, सवारी साधन आयातमा लाग्दै आएको भन्सार शुल्क, चुरोट, मदिरा आदिमा लाग्दै आएको अन्तः शुल्क र स्वदेश तथा विदेशबाट लिइँदै आएको राष्ट्र ऋणमा टिकेको छ । देशको अर्थतन्त्र गम्भीर सङ्कट आउने गरी ओरालो लागेको छ । देशको बागडोर सम्हाल्ने मौका पटक–पटक पाएका शासक दलका नेताहरूमा देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लाने र देशलाई आत्मनिर्भरतातिर लाने सोच पटक्कै देखिएको छैन । उनीहरू भगवान भरोसे देशको सत्ता र अर्थतन्त्र चलाइरहेका छन् । विज्ञहरूको संलग्नता रहेको राष्ट्रिय योजना आयोगसमेत देशलाई सही दिशा दिने संस्था बन्न सकेको छैन बरू नेता र सांसदहरूको मागअनुसारको जुनसुकै योजना रातो किताबमा लेख्ने कारिन्दा अफिसमात्र हुन पुगेको छ । अवसर हुँदा र सरकारमा छँदा केही नगर्ने र चुनावमा राम्रो राम्रो र ठूलो ठूलो योजनाको कुरा गर्ने शासक दलका नेताहरू जनता ठग्ने चतुरेमात्र हुन् भनी जनताले बुझ्न ढिलो भइसकेको छ ।
Leave a Reply