प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
सा¥है कम समयमा समाजको आमूल परिवर्तन गर्ने क्रान्ति – सन् १९१७ को बोल्सेभिक क्रान्ति हो । क्रान्तिको निम्ति रूसको बोल्सेभिक पार्टीको सङ्कठन र कार्यशैलीबाट सिक्नु महत्वपूर्ण हुन्छ । ती हुन्–
“नेतृत्वदायी पार्टी कार्यकर्ताहरूको एक गुप्त समूह आवश्यक छ । कार्यकर्ताहरू पेशेवर हुन्छन्, उनीहरू अन्य पेशामा लागेका हुँदैनन् । तिनीहरूसँग निम्नतम सैद्धान्तिक ज्ञान, राजनैतिक अनुभव, सङ्कठनात्मक व्यवहार तथा सरकारका प्रशासन अर्थात् प्रहरीसँग वा शत्रुसँग सङ्घर्ष गर्ने बल हुन्छ । शत्रुलाई छल्न र छकाउन जानेका हुन्छन् कार्यकर्ताहरूले ।”
“स्थानीय पार्टी सङ्कठनको ठूलो सञ्जाल (सङ्कठनहरू) र पार्टी सदस्यहरूको ठूलो सङ्ख्याले समर्थन गरेको र सयौँ – हजारौँ कामदार जनताको समर्थन भएको हुन्छ ।”
इतिहासको निर्माणबारे पनि फरक दृष्टिकोण थियो – “वीरहरूले इतिहास बनाउने होइन, इतिहासले वीरहरू बनाउँछ, परिणाममा वीरहरूले जनता बनाउने होइन, बरु जनताले वीरहरू निर्माण गर्छन् र इतिहासलाई अगाडि बढाउँछन् ।” सारमा क्रान्तिकारी जनताले नै क्रान्तिकारी वीरहरू जन्माउँछन् र क्रान्तिलाई लक्ष्यसम्म पु¥याउँछन् ।
“वीरहरू वा ठूल्ठूला मानिसले जीवनको एक महत्वपूर्ण समयमा समाजको विकास र परिवर्तनको निम्ति राम्रोसँग बुझेर सही ढङ्कले काम गरेका हुन्छन् । तर, तिनीहरूले समाजको विकासको परिस्थितिलाई राम्रोसँग बुझ्न नसके वा बुझ्न असफल भएमा तिनीहरू वा ठूलाबडा व्यक्तिहरू असफल भई हास्यास्पद हुनेछन् । तिनीहरू समाजको ऐतिहासिक आवश्यकताको विरोधमा, आफूलाई इतिहासका निर्माता भनी अहङ्कारी भई विश्वास गरे कामै नलाग्ने गरी असफल र हास्यास्पद साबित हुनेछन् ।” संसारमा सेनाको बलबाट उथल–पुथल ल्याएका नेपोलियन, मुसोलिनी, हिटलर आदि यसका उदाहरण हुन् । ट्रम्प र अन्य अमेरिकी नेताहरू त्यही बाटोमा छन् ।
“शान्तिपूर्ण ढङ्कले पुँजीपतिहरूको सम्पत्तिलाई जनताको सम्पत्तिमा फेर्न र पुँजीको शक्तिमाथि विजय पाउन असम्भव हुन्छ । कामदार वर्गले सर्वहारा वर्गको हुकुम कायम गरेर शोषकहरूको अस्तित्वलाई ध्वस्त पारेर मात्र एक नयाँ वर्गविहीन साम्यवादी समाज स्थापना गर्न सक्नेछ ।”
बोल्सेभिकहरूको सम्पत्तिसम्बन्धी दृष्टिकोण यस्तो थियो–
शोषकहरूको अस्तित्व समाप्त पार्नु भनेको भौतिकरूपले तिनीहरूमाथि आक्रमण गर्नु वा व्यक्तिहत्या गर्नु होइन बरु तिनीहरूले आफ्नो नाममा पारेका सार्वजनिक जग्गा–जमिन, धार्मिक संस्था, सतल, पाटी–पौवा, भूमि आदिलाई समाज, सरकार वा देशकै सम्पत्ति बनाउनु हो । अनिमात्र, ती शोषकहरूको अस्तित्व समाप्त हुनेछ । जमिनदारहरू अरू जनताजस्तै एक नागरिकको रूपमा रहनेछन्, ठेकेदार रहने छैनन्, ठूल्ठूला पुँजीपति वर्ग, कारखानाका मालिक नभई व्यवस्थापक रहनेछन् र आफ्नो कर्तव्य पूरा गर्नेछन्, त्यसैमा उनीहरूको इज्जत रहनेछ । घर–जग्गा, तस्कर, वन विनाश गर्ने सबै यस्तै स्तरमा आउनेछन् । देश र जनताको विरोधमा गएमा तिनीहरू जनताबाटै तिरष्कृत हुनेछन् ।
जालसाजी नगरी आफ्नै मिहिनेतले कमाएको सम्पत्ति व्यक्तिकै हुन्छ । उसले आफ्नो योगदानको रूपमा समाजलाई सहयोग गरेमा जनताले स्वीकार गर्नेछन् । डाक्टर, इन्जिनियर, वैज्ञानिक, वकिल, लेखक, कवि, कलाकार, बुद्धिजीवी समाजकै अङ्क हुनेछन्, जनताका आँखाका नानी हुनेछन् ।
पुँजीवादी राजनैतिक दलहरूको नाम प्रजातान्त्रिक, समाजवादी वा साम्यवादी जे भए पनि तिनीहरूको सिद्धान्त, आदर्श, नीति र व्यवहार पुँजीपति वर्गकै हितमा हुनेछ । संविधान र ऐन–कानुन पनि तिनीहरूकै हितमा बन्नेछन् र तिनीहरूकै हितमा बनेका संविधान र ऐन–कानुनअनुसार न्यायपालिका वा अदालतहरूले ती शोषक वर्गकै हितमा निर्णय गर्नेछन् ।
यसरी पुँजीवादी व्यवस्थामा पुँजीवादी राजनैतिक दलहरूकै प्रतिनिधिहरू नै विधानपालिका वा संसद्मा पुग्छन् र शासन गर्ने कार्यपालिका वा मन्त्रीमण्डलले प्रधानमन्त्रीको नेतृत्वमा पुँजीपति वर्ग अर्थात् शोषक वर्ग, कालाबजारिया, ठेकेदारहरू, गिटी–बालुवाका व्यापारीहरू, घर–जग्गाका व्यवसायीहरू, गुन्डा, डन र माफिया (अपराधीहरू) एवम् सबै प्रकारका तस्करहरूको हितमा काम गर्छन् । तिनीहरू विदेशी पुँजीका पक्षपाति हुने हुनाले विदेशी वा साम्राज्यवादीहरूको दबाबमा काम गर्छन् । एमसीसी एक उदाहरण हो ।
यसकारण प्रशासन, सेना, प्रहरी, गुप्तचर विभाग, परराष्ट्र मन्त्रालयका सबै अङ्क र विश्वविद्यालय एवम् कलेजहरूमा समेत राज्यसम्बन्धी यथार्थ जानकारी दिने शिक्षा व्यवस्था लागु नगरेसम्म सबै क्षेत्रमा अन्योल कायम रहनेछ ।
समाजको व्यापक क्षेत्रमा आमूल परिर्वतनकारी कामदार जनताले भविष्यको निम्ति नयाँ पुस्ता तयार नगरेसम्म समाजमा क्रान्ति हुनेछैन । यसबारे सारा नेपाली जनता गम्भीर हुनुपर्ने हाम्रो विचार छ ।
Leave a Reply