सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
(कोही मान्छे बिँडि सल्काउँछन् त कोही चुरोट सल्काउँछन्)
दोस्रो मान्छे : (नाक थुनेर)
चुरोट खानेहरू अलि पर जानुस् ।
धुवाँ आउँछ यहाँ टाढा बस्नुस् !
(चुरोट खाने मान्छे अलि पछाडि सर्दै)
लौ लौ अलि परै बसौँला
धींत नमरेसम्म चुरोट खाउँला,
चुरोटको अम्मल छोड्न सकिनँ
यस्तो होला भन्ने पहिले बुझिनँ ।
पिता– चुरोट खानु नराम्रो बानी
गर्दछ यसले शरीरलाई हानी,
बिस्तारै छोड्नु सजिलो होला
चित्तलाई कस्नु राम्रो होला !
(तेश्रो मान्छे जुरुक्क उठ्दै)
तेश्रो मान्छे– लौ हिडौँ अब ढिलो नगरौँ
आज पनि त बास बस्नै पर्ला,
बस्नै परेपछि त बास,
गतिलो ठाउँ रोज्नुपर्ला ।
पिता– (झोला बोक्दै)
हो, हो हिडौँ अब अबेर नगरौँ
कम्मर सबैले कस्नु होला,
बाटो मलाई सबै नै थाहा छ,
ढुक्क भएर मेरो साथ आउनुहोला !
पहिलो मान्छे– काकाले कसरी थाहा पाउनुभयो
पहिले पनि के त्यहाँ पुग्नुभयो ?
अनुभवीले जस्तै बताउन सक्ने
मार्गदर्शक हाम्रो हजुर हुनुभयो ।
पिता– होइन, होइन बाबू !
म पुगेको छैन,
मेरो बाले मलाई
लगेको होइन,
त्यो गाउँको कुरा
बताउनु मात्र भा’थ्यो
त्यही सम्झी सम्झी
बाउ–छोरा आएको
यात्रा मात्र दुईदिन भा’थ्यो ।
(सबै उठेर हिँड्न थाल्छन्)
पुत्र– धामको यात्रा किन गर्नुभएको
दुःखको बाटो किन रोज्नुभएको ?
पहिलो मान्छे– सुखी संसारको दुःखी मान्छे हामी
सुखी मान्छे कस्ता छन् हेर्नलाई आएको ।
पुत्र– हजुरको र हाम्रो एउटै रहेछ इच्छा
हामी जस्तै सबै दुःखी रहेछन् सच्चा,
आस्था र विश्वास मुटुमा सँगाली
गरौँ यात्रा हामी मिलिजुली ।
(हिँड्दाहिँड्दै यात्रीहरू गाउन थाल्छन्)
उठौँ मजदुर ! उठौँ किसान !
शुभ सन्देश बोकेर आयौँ
ताकेर शत्रुको निशाना …
कति सहौँ कति भोगौँ
सामन्तको मार
फ्याँकिदेऔँ कम्मर कसी
काँधको भार ।
बस्ने छैनौँ दबिएर
कहिल्यै जिन्दगीमा,
जुध्छौँ हामी धारसँग
हामै्र गण्डकीमा ।
मर्नुपर्छ एकदिन
खुट्टा तन्काएर
देशको निम्ति बस्ने किन
मर्न डराएर ।
(अत्यन्त जोसका साथ यात्रीहरू गाउँदै उकालो चढ्छन्)
Leave a Reply