भर्खरै :

एमसीसी सम्झौता : अमेरिकी दस्तावेजअनुसार नै अमेरिकी सैन्य मोर्चा !

संरा अमेरिकाको रक्षा विभागको ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त ; साझा दृष्टिसहितको अगुवाइ— २०१९ जून ४’ को दस्तावेज प्रकाशित छ । सो दस्तावेजमा अमेरिकाले नेपाललाई पनि हिन्द–प्रशान्त रणनीतिको साझेदार उल्लेख गरेको छ ।
देशघाती एमसीसी सम्झौता सुरु गर्ने वा सम्झौतामा हस्ताक्षर गर्ने वा समर्थन गर्नेहरूसँग नेपाली जनताको प्रश्न छ– सो दस्तावेजको पृष्ठ ४ मा ‘तत्कालीन अमेरिकी विदेशमन्त्री माइकेल आर पोम्पेओले सन् २०१७ मा राष्ट्रपति ट्रम्पले हिन्द–प्रशान्त क्षेत्रमा हामी धेरै अगाडिदेखि सैन्य गठबन्धनमा भएको र आउने धेरै समयको लागि हाम्रो सैन्य गठबन्धन कायम हुने बताएको उल्लेख किन गरे ?
दस्तावेजको पृष्ठ ९ मा ‘सन् २०१९ सेप्टेम्बर २२ मा अमेरिकाको टेक्सासमा ज्यधमथ ःयमष् कार्यक्रममा सहभागी भएका भारतीय प्रम मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पको तस्बिर छापेर हिन्द—प्रशान्त दृष्टिका लागि भारत—अमेरिकाको बलियो साझेदार आवश्यक भएको र अमेरिका, अस्ट्रेलिया—भारत—जापानको चारपक्षीय छलफल (क्वाड) र सन् २०१९ सेप्टेम्बरमा क्वाडका मन्त्रीस्तरीय ऐतिहासिक बैठकसमेत सैन्य मोर्चा नै भएको’ किन उल्लेख गरियो ?
दस्तावेजको पृष्ठ ११ मा सन् २०१८ डिसेम्बर १८ मा अमेरिका पुगेका एमाले सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विदेशमन्त्री पोम्पेओको तस्बिर छापेर ‘नेपाल—अमेरिकाबीचको साझेदारी बलियो बनाउने’ किन उल्लेख गरियो ?
दस्तावेजको पृष्ठ १३ मा ‘ट्रम्प प्रशासनको आगमनसँगै हिन्द—प्रशान्त रणनीतिलाई बलियो बनाउन सयौँ मिलियन डलर एमसीसीलगायत संस्थाहरूले सहयोग गरेको र एमसीसीले सन् २००४ देखि हिन्द—प्रशान्त क्षेत्रका देशहरूलाई २.३ मिलियन सहयोग गरेको’ किन उल्लेख गरियो ? सोही पृष्ठमा ‘एमसीसीले मङ्गोलियालाई ३५० मिलियन डलर र श्रीलङ्कालाई ४८० मिलियन डलर सहयोग गर्ने’ उल्लेख किन गरियो ? श्रीलङ्काले एमसीसी सम्झौता अस्वीकार ग¥यो भने मङ्गोलियाले पनि अस्वीकार गर्ने स्थिति छ ।
दस्तावेजको पृष्ठ २१ मा ‘जनवादी गणतन्त्र चीनले सिन्च्याङको उइगुरका अल्पसङ्ख्यक मुसलमानमाथि हिंसात्मक दमन गरेको, तिब्बती धार्मिक नेता छनोटमा हस्तक्षेप गरेको, सन् १९८४ को बेलायत—चीन संयुक्त घोषणाअनुसार हङकङको स्वायत्तता तथा नागरिक स्वतन्त्रता कायम नगरेकोे’ चीनको आन्तरिक मामिलामा संरा अमेरिकाको हस्तक्षेप किन होइन ?
रक्षा विभागको अर्को दस्तावेज ‘हिन्द—प्रशान्त रणनीति प्रतिवेदन — २०१९’ को पृष्ठ २५ मा ‘उत्तर कोरियाको निःशस्त्रीकरणको लागि अमेरिका—दक्षिण कोरियाबीच प्रतिबद्धता गरिएको उल्लेख छ । विश्वमा सबभन्दा बढी हतियार उत्पादन गर्ने र बिक्री गर्ने देश संरा अमेरिका हो । दक्षिण कोरियामा तैनाथ गरिएको अमेरिकी सेना र हतियारको कारण कोरियाली प्रायःद्वीपमा तनाव भइरहेको हो । कोरियाली प्रायःद्वीप र बाँकी विश्वमा शान्ति कायम गर्न संरा अमेरिकाले बिनाबाहिरी हस्तक्षेप कोरिया पुनः एकीकरण गराउनुपर्ने प्रतिबद्धता किन गरेन ?
प्रतिवेदनको पृष्ठ २९ मा ‘हिन्द—प्रशान्त क्षेत्रको १३० ठाउँमा ‘कोब्रा गोल्ड’ नामका सैनिक अभ्यासमा अमेरिका संलग्न भएको’ किन उल्लेख गरियो ? अमेरिकाभित्र आदिवासी ताम्र वर्णका अमेरिकी, अफ्रिकी अमेरिकी, एसियाली अमेरिकीविरुद्ध विभेद छ । उनीहरूले कोभिड महामारीको बेला स्वास्थ्य बिमासमेत नपाएको सार्वजनिक भयो ।
प्रतिवेदनको पृष्ठ ३१ मा सन् २०१९ अप्रिल १० मा हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा मामिलामा अमेरिकी सहायक रक्षा सचिव रान्डालनी स्करिभरले चीनको अभिन्न अङ्ग थाइवानको प्रजातन्त्रबारे र पूर्व चीन सागरमा सैनिक अभ्यास बढेको विषय किन उल्लेख गरियो ? के यो चीनको आन्तरिक मामिला होइन ? अमेरिकामा एक प्रतिशत धनीमानीले चुनावमा निर्णय गर्छन् । यस्तो अमेरिका कसरी प्रजातन्त्रवादी हुन्छ ?
प्रतिवेदनको पृष्ठ ३६ मा ‘सन् २०१९ जनवरी १९ मा नेपाल आएका हिन्द—प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमान्डर आड्मिरल फिलिप डाभिड्सनको पाँचखाल सैनिक प्रशिक्षालयमा अध्ययन भ्रमणको तस्बिर छापेर सन् २०१८ मा प्रशान्त क्षेत्रमा नेतृत्व गर्ने अमेरिकी सैन्य अधिकारीले नेपालसँग वार्ता गरेको’ किन उल्लेख गरियो ? अमेरिकाले हिन्द—प्रशान्त क्षेत्रको लागि सैन्य कमान्डरको व्यवस्था गरी यस क्षेत्रमा स्थलगत अध्ययनमा खटाएको किन ? एमसीसी समर्थकहरूले नेपालको सेना र प्रहरीलाई अमेरिकी सैन्य कमान्डरअन्तर्गत राख्न चाहेको किन होइन ?
प्रतिवेदनको पृष्ठ ३८ मा ‘सन् २०१९ भित्र हिन्द—प्रशान्त क्षेत्रको सैन्य साझेदारीमा नेपाल र श्रीलङ्कासमेत १२ देश संलग्न हुने किन लेखियो ? श्रीलङ्काले एमसीसीसँगको सम्झौता र अनुदान अस्वीकार गरेकोबारे एमसीसी सम्झौताको समर्थन गर्ने नेपालीहरू किन सचेत छैनन् ?
प्रतिवेदनको पृष्ठ ४४ मा ‘उत्तर कोरिया’ विरुद्धको नाकाबन्दी कडा बनाउने, पूर्व चीन सागर र कोरियाली खाडीमा अवैध पानीजहाज सञ्चालन रोक्ने किन उल्लेख गरियो ? अमेरिकाले आफूसँग मतभेद राख्ने देशहरूविरुद्ध नाकाबन्दी, युद्धको धम्की र आक्रमणसमेत गरेको एमसीसी सम्झौता समर्थकहरू किन बुझ पचाउँछन् ?
संरा अमेरिकाको ‘हिन्द—प्रशान्त क्षेत्रको नयाँ रणनीति सन् २०२०’ मा ‘हिन्द–प्रशान्त क्षेत्रमै कैयौँ प्रजातन्त्रहरूको घर उल्लेख गर्दै, अस्टे«लिया अर्को महत्वपूर्ण सैन्य साझेदार, दक्षिण कोरिया एउटा प्रमुख सैन्य साझेदारजस्ता सैन्य गठबन्धनका विषय किन उल्लेख गरियो ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले यही डिसेम्बर १० र २१ तारिखमा ११० देशलाई निम्ता गरी आयोजना गरेको ‘प्रजातन्त्र शिखर सम्मेलन’ मा चीनको अभिन्न अङ्ग थाइवानसमेतलाई समावेश गरी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनलाई उत्तेजित पार्ने काम किन गरे ? बाइडेनको ‘प्रजातन्त्र शिखर सम्मेलन’ युद्धको तयारी किन होइन ?
एमसीसी सम्झौताको दफा ४.२ मा एमसीसीले अपरेसन विभागका उपाध्यक्षलाई एसिया, युरोप, प्यासिफिक र ल्याटिन अमेरिकाको अतिरिक्त प्रतिनिधि नियुक्ति गरेको र अनुसूची ५ (क) मा एमसीसीलाई चित्त बुझ्ने योजना नेपाल सरकारले पठाउने र त्यस्तो योजनामा भारत सरकारको समर्थन हुनुपर्ने उल्लेख गरिएको हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन किन होइन ?
अमेरिकाले हिन्द—प्रशान्त क्षेत्रको अमेरिकी सैन्य गठबन्धनलाई बलियो बनाउन गएको सेप्टेम्बरमा अमेरिका, बेलायत—अस्टे«लिया संलग्न ‘अकस’ सैन्य मोर्चा गठन गरेको हो । यसकारण, एमसीसी सम्झौता सुरु गर्ने र हस्ताक्षर गर्ने वा समर्थन गर्ने ‘नेता’ र ‘अधिकारी’ हरू देशद्रोही किन होइनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *